विराटनगरको प्यारागनमा अभिभाबक सन्तुष्ट, नतिजा उत्कृष्ट

  • असार १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगर महानगरपालिकाको प्यारागन सेकेण्डरी एकेडेमी स्कुलमा बिद्यार्थी र अभिभावकको रोजाईमा परेको छ ।

विराटनगर वडा नम्बर ३ मा रहेको प्यारागन मार्गमा रहेको उक्त स्कुलको गुणस्तरीय शिक्षा र पठनपाठनमा बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याएपछि अहिले अभिभावक र बिद्यार्थीहरु खोजी खोजी स्कुलमा पुग्ने गरेका छन् ।

प्यारागन यो बर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर सत प्रतिशत विद्यार्थी उतीण हुन सफल भएको छ । प्यारागनमा नर्सरीदेखि प्लस टु सम्मको पढाई हुने गरेको छ ।

गुणस्तरीय शिक्षाको साथै विद्यार्थीलाई ब्यवहारिक र सरल शैलीले पठनपाठन हुने गरेकाले हरेक बर्ष परीक्षाको नतिजा उत्कृष्ट भएको प्यारागनका प्रिन्सीपल शंकर काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार यो वर्षको एसइई परीक्षामा विद्यार्थी सत प्रतिशत उत्कृष्ट नतिजा ल्याएका छन् । ८० प्रतिशत विद्यार्थीले ए प्लस र २० प्रतिशत बिद्यार्थीले ए ग्रेड ल्याएको बताएको उनले बताए ।

‘यो नतिजा उत्कृष्ट नतिजा हो,विद्यार्थीलाई परीक्षामा राम्रो नतिजा ल्याएर उतीर्ण गराउन विशेष प्राथमिकता दिएका हुन्छौ,छुट्टै पुर्व तयारी कक्षा नै सन्चालन गर्दै आएका छौ,जस्ले गर्दा बिद्यार्थीको ज्ञान अझै बढेर जानेछ र परीक्षामा राम्रो नतिजा ल्याउन सफल हुन्छन’ उनले भने ।

हामी किताबमा मात्र हैन अतिरिक्त कृयाकलापलाई पनि प्राथमिकतामा राख्ने गर्दछौं उनले भने ।

यो बर्षदेखि कक्षा ११ र १२ को पढाई हुने

अभिभावक र बिद्यार्थीको चाप दिनानु दिन बढ्दै गएपछि अव यो बर्षदेखि स्कुलले भने कक्षा ११ र १२ को कक्षा पनि शुरु गर्ने तयारी गरेको छ ।

त्यसका लागि भर्ना अभियान पनि शुरु भएको छ ।

अभिभावक र विद्यार्थीको मागलाई मध्यनजर गर्दै कक्षा थप गरेको स्कुलले जनाएको छ ।

एसइई दिएका विद्यार्थी र अन्य विद्यार्थीलाई सहज होस् भनेर कक्षा ११ र ११ को कक्षा सन्चालन गर्ने तयारी गरेको प्रिन्सीपल काफ्लेको भनाई छ ।

कानुनलाई बिशेष प्राथमिकता

अहिले विशेष गरी चिकित्कस ,प्राविधिक शिक्षा र अन्य विषयमा मात्रै विद्यार्थीको आकर्षण बढिरहेका बेला जुन अति आवस्यकीय रहेको छ ,कानुनको विषयमा त्यति खासै रुची र चासो पढेको पाईदैन ।

तर मानव जीवनको लागि कानुनको पाटो जानकार हुन नसक्दा पाइला पाइलामा अप्ठयारो परिस्थिती सामना गर्नु परेको छ । घरमा आफ्ना छोरा छोरी पढे लेखेका त हुन्छन तर कानुनको विषयमा भने अरुसँग साहारा लिनु पर्छ ।

यही कुरालाई मध्यनजर गरेर प्यारागन एकेडेमीले कानुनको विषयलाई पहिलो प्राथमिकतामा राखेर विद्यार्थीलाई अध्ययन गराउने भएको छ ।

कानुनको नमुना विद्यालय बनाउने उद्धेश्य रहेको छ । सैद्धान्तिक पक्ष र व्यवहारिक पक्ष दुवै नै विद्यार्थीलाई गराइने प्रिन्सिपल काफ्लले बताए ।

उनले भने,‘हामी स्कुलमा सैद्धान्तिक पक्ष पढाउँछौ र अदालत लगेर प्रयोगात्मक शिक्षाको लागि लैजानेछौ,जस्ले गर्दा विद्यार्थीलाई दुवै कुराको ज्ञान होस् ।’

कानुन पठेपछि व्यवहारिक फाइदा र जीविकोपार्जनमा समेत त्यो विद्यार्थी भविष्यमा अगाडि बढ्ने छ ।

यसैगरि कानुनलाई पहिलो प्राथमिकता दिर्दै म्यानेजमेण्ट र एजुकेशन विषयमा पनि प्यारागनले अध्ययन गराउने भएको छ ।

दक्ष शिक्षक शिक्षिका, व्यवहारिक शिक्षा र प्रविधी मैत्री वातावरणमा सुविधा सम्पन्न भवनमा विद्यार्थीहरुले अध्ययन गर्न पाउने छन् ।

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved