धरान/ धरानकै उत्कृष्ट बिद्यालय विष्णु मेमोरियल माध्यमिक विद्यालयले एसईईमा परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद एक लाखसहित सम्मान गर्ने भएको छ ।
विद्यालयका अध्यक्ष बेनिन्द्र कटवालले एक लाख रासी सहित सम्मान गर्ने घोषणा गरेका हुन् ।
उनले भने,“विद्यार्थीको मनोबल उच्च बनाउन नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो’एसईईमा ४ जीपीए ल्याउनेलाई थप लगनशील बनाउन यस्तो निर्णयले थप उर्जा मिल्छ भन्ने विश्वास लिइएको छ ।’
यो बर्षको एसईई उत्तीर्ण भएका विद्यार्थीलाई विद्यालयले सम्मान पनि गरेको छ ।
विद्यार्थी र अभिभावक र शिक्षक सहित सम्मान गरिएको छ । यो बर्षको एसईई परीक्षामा ४ जीपीए ल्याएर सर्बोत्कृष्ट नजिता ल्याउने गृष्मा लुइँटेल सहित एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको अध्यक्ष कटवालले बताएका छन् ।
४ जिपिए ल्याउने छात्रा गृष्मा लुइँटेल इतिहासमै पहिलोपल्ट ल्याउन सफल भएको जनाइएको छ ।
देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा गृष्मा पनि परेकी हुन् ।
विद्यालयका अनुसार यो बर्ष १४२ जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट ३.६१–४.०० जीपीए 'ए प्लस' सहित ९० जना, ३.२१–३.६ जीपीए 'ए' सहित ४५ जना र २.८१–३.२ जीपीए 'बि प्लस' सहित ६ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
धरान ९ आचार्यमा रहेको विष्णु बिद्यालय धरानमा बिद्यार्थी र अभिभावकको रोजाईमा पर्ने गरेको विद्यालय हो ।