एस.ई.ई.स्पिकर–२०८१ मा ममता बिजेता

  • असार १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान र्‍याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर–२०८१ को उपाधी धरान–६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट एस.ई.ई.दिएकी छात्रा ममता तामाङले जितेकी छिन।

धरान–८ स्थित सहिद स्मृति मा.बि. को सभाहलमा भएको प्रतियोगीतामा १५ प्रतिष्पर्धीहरु मध्ये १४ जनालाई पछि पार्दै ममताले उपाधी चुमेकी हुन। उपाधी जिते सङ्गै ममताले २० हजार रुपैया नगद , प्रमाणपत्र र प्लस टु अध्ययनका लागि शत प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन।

चतरा स्थित हिमालयन बोर्डिङ स्कुलकी दीया राई फष्ट रनर अप भईन। यश सङ्गै दीयाले १५ हजार रुपैया नगद , प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रबृत्ती प्राप्त गरेकी छिन।

यसैगरी धरान–१८ स्थित जेम आवासिय मा.बि.कि क्याथरिन योन्जनले सेकेन्ड रनर अपको उपाधी सङ्गै १० हजार नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ६० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन।

इटहरी–२० तरहरा स्थित जनसहयोग मा.बि. कि रेशिका शर्माले थर्ड रनर अपको उपाधी सङ्गै ५ हजर नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन।

सब टाईटल तर्फ सहिद स्मृति मा.बि. का जेलिशा पौडेल र झरना राईले क्रमशःबेस्ट प्रेजेन्टर र मस्ट ओबिडियन्टको उपाधी प्राप्त गरेका छन।

धरान–१५ स्थित हिबिस्कस इङ्लिश बोर्डिङका जनक शाह र चिल्ड्रेन एकाडेमिका सेनिता लिम्बुले क्रमशः बेस्ट प्रननसियसन र मस्ट पङ्चुअलको उपाधी जितेका छन।धरान–६ स्थित सरस्वती मा.बि.का जेनिशा सुनाम र एभरेस्ट चिल्ड्रेन होम बोर्डिङकी स्मृती लिम्बुले क्रमशः मस्ट एक्टिभ र मस्ट सिन्सियरको उपाधी हासिल गरे।धरान–१० स्थित यु.एन. स्कुलका प्रेम बिश्वकर्माले मस्ट कोअपरेटिभको उपाधी जिते।

धरान–३ स्थित भानु स्मृति मा.बि. कि निशा बराईलीले मस्ट फ्लुएन्टको उपाधी जितिन भने धरान–१६ स्थित सियोन स्कुलकी सोनिया नेपालीले मस्ट सोसियलको उपाधी हासिल गरिन।यसैगरी बराहक्षेत्र कालाबन्जार स्थित ज.डे.ज.मा.बि. कि कन्चन पौडेलले पब्लिक चोइसको उपाधी जितिन ।

धरान–१७ पट्नाली स्थित ज्वालामुखी मा.बि. कि बिबिका राईले मस्ट डिसिप्लिनको उपाधी जितिन।सब टाईटलको उपाधी जित्मे बिद्यार्थीहरुले १-१ हजार नगद, प्रमाणपत्र र प्लस टु अध्यनका लागि ३० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन।
प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पस का उप–प्राध्यापक राजेस बिद्रोही र शिक्षा सदन मा.बि. का शिक्षक अशोक पोख्रेल थिए।

२०८० सालको एस.ई.ई. दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै बोल्ने क्षमताको बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानजारी दिए।

प्रा.लि. का प्रबन्ध निर्देशक हिमाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेस योजना आयोगका सदस्य भवानी बराल प्रमुख अतिथि थिए।राष्ट्रिय राजनीतिमा बहस गर्नुपर्ने बिषयबस्तुमा एस.ई.ई. स्पिकरका सहभागिहरुले बोल्नु अत्यन्तै राम्रो भएको प्रमुख अतिथि बरालले बताए।कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेसका सचिव देबेन्द्र कार्की, सहिद स्मृति मा.बि.का प्रधानाध्यापक राम बिष्ट,एस.ई.ई.स्पिकर –२०८० कि बिजेता एन्जिला कार्की लगायतले मन्तब्य राखे।

कार्यक्रममा सुमेधा एजुकेसन कन्सल्टेन्सी प्रा.लि.का अध्यक्ष सुरेन्द्र घिमिरे, शिक्षा सन्देस बोर्डिङ्का प्रीन्सिपल बिद्या भूषण गुप्ता, यु.एन.नबोदय कलेजका पब्लिक रिलेसन अफिसर राम लिम्ब सुनाखरी एकेडमीका प्रीन्सिपल मिलन कुमार राई लगायतको उपस्थिति थियो।

एस.ई.ई.स्पिकरको पहिलो अडिसनमा कोशी प्रदेसका विभिन्न जिल्लाका १७३ बिद्यार्थीहरु सहभागी भएको आयोजकले जनाएको छ।

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved