धरान / केन्द्रीय स्तरीय नेताको पहुँच धरानमा नभएकै कारण संघीय बजेट निर्माण हुदा धरान जहिल्यै उपेक्षित हुने गर्छ । हुन सुनसरी क्षेत्र नं. १ बाट दिग्ग्ज नेताहरुले निर्वाचित जित्छन् र महत्वपूर्ण महत्वपूर्ण मन्त्रालयको जिम्मेवार पाउँछन् तर बजेटमा धरान जहिल्यै उपेक्षित हुन्छ । यस क्षेत्रबाट स्व. मनमोहन अधिकारी, स्व. गिरिजाप्रसाद कोइराला जस्ता हस्ती निर्वाचित भएर प्रधानमन्त्री भए, अहिले ०७९ को संघीय निर्वाचनमा जसपाका नेता अशोक राई मन्त्री बनेका छन् । विगतमा प्रधानमन्त्री भएकाले पनि यस क्षेत्रको विकासमा कुनै बजेट छुट्याएकै कारण आगामी संघीय बजेटमा धरानलाई प्राथमिकतामा राख्न स्थानीय राजनीतिक दलका नेताह
धरान /युवा संघ इटहरीले धरान उपमहानगरपालिकाले पानी पियामा राखेको सीमा प्राम्भको बोर्ड फालिदिएको छ ।कोशी राजमार्ग अन्तर्गत तरहरादेखि माथि पानी पियामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको टोली पुगेर आइतबार सीमा प्रारम्भ बोर्ड राखेको थियो । तर बोर्ड राख्नसाथ नेकपा एमालेको भातृ संगन राष्ट्रिय युवा संघ इटहरीले उखेलेर फालिदिएपछि मेयर हर्क साम्पाङ सीमानाका विषयमा कानूनी लडाइ लड्ने बताएका छन् । उनले हर्क हर्क साम्पाङ ए रेभुलेसन फेसबुक पेजबाट यसरी कानुनी लडाइ लड्ने बताएका हुन् । उनले सामाजिक सञ्चालमा सोमबार पाँच घण्टा अगाडि ‘हाम्रो साँध सिमानामा घेराबारा गर्ने काम हाम्रो अधिकार हो ! यो अधि
धरान / शिक्षा स्थानीय तह मातहतमा आइसकेपछि यसको सुधारका लागि स्थानीय तहहरुले विभिन्न खालका कामहरु अगाडि बढाउन थालेका छन् । विद्यालयको शैक्षिक गुणस्तर के कस्तो छ भन्ने विषयमा स्थानीय सरकार मातहतको वडा कार्यालयलेहरुले अनुगमन गर्ने गरेका छन् । पछिल्लो समय धरान उपमहानगरपालिका वडा नं. १६ ले पनि आफ्नो वडामा रहेका सामुदायिक विद्यालयको अनुगमन गरेको छ ।वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै अभिभावकहरुलाई सामुदायिक विद्यालयमै पढाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न १६ नं. वडा समितिले सम्बन्धित पक्षसँग मिलेर अनुगमन गरेको हो । स्थानीय तह मातहतमा शैक्षिक संस्थाहरु आएपछि सामुदायिक वि
इटहरी / कार्यक्रममा अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको थियो । सो अवसरमा सेवाको अनुमतिपत्र प्राप्त, सेवा प्रदायकहरुले अनुमतिपत्रका शर्तहरु, दूरसंचार सम्बन्धमा भएका कानूनी ब्यवस्था लगायत तोकिएको मापदण्ड बमोजिम सेवा प्रदान गर्नुपर्ने छ । उपभोक्ताको हकहितको संरक्षण गर्ने कसरी गर्ने भन्ने कुराको बृहत चर्चाका विषयमा कार्यक्रमको सहकार्य गरेको पि आर मल्टिपल सोलुसनका प्रबन्धक एवम संचार बिज्ञ सिबी खड्काले बताएका थिए । ईन्टरनेट सेवा प्रदायकहरुसँग भएको अनुमतिपत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधि विज्ञ अमोद पुडासैनीले कार्यपत्र प्रस्तुत गरेका थिए
धरान / नेपाल सरकार गृहमन्त्रालयको निर्णय अनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका निमित्त कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले आइतबार पदभारग्रहण गरेका छन् । नेपाल सरकार गृहमन्त्रालयको वैसाख ६ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा वास्तोला पदोन्नति भएका थिए । उनलाई आझै दज्र्यानी चिन्ह समेत प्रदा गरिएको थियो । सो अवसरमा बोल्दै कोशी प्रदेश प्रहरी प्रमुख वास्तोलाले अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्न निर्देशन दिएका थिए ।पद बहाली पश्चात भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका थिए ।
मोरङ । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–१२ स्थित सामुदायिक भवनमा बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत १ हजार २ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले बताए । महानगरका सबै वडाबाट नियन्त्रणमा लिइएका कुकुर सम्पर्क कार्यालयमा लगेर बन्ध्याकरण गरिनेछ । केन्द्रमा पशु विशेषज्ञबाट छाउरा र छाउरी कुकुरको बन्ध्याकरण गरिने उनले बताए । सालिन नेप
मोरङ/विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर–४ को पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, ५ को विराट कोशेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी सहकारी संस्थाको दर्ता खारेजी गरिएको छ । यसैगरी विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण
धरान । एम्स एकेडेमीले शनिबार आयोजना गरेको ‘एम्स आइडल’ को छैठौँ संस्करणमा गायनतर्पm सुपिल उदास र नृत्यतर्फ पुष्पा विश्वकर्माले उपाधि हात पारेका छन् । एम्स एकेडेमीमा अध्ययनरत् विद्यार्थीहरूबीच हरेक वर्ष गराइने सो प्रतियोगितामा गायनतर्फ दोस्रो प्रनोज राई भएका छन् भने प्रतीक्षा शाक्य तेस्रो हुन सफल भएकी छन् । यसैगरी, नृत्यतर्फदोस्रो र तेस्रो क्रमशः अनिषा मगर र सुवज्ञा बस्नेत भएका छन् । सोही कार्यक्रमको अवसरमा आइडलका विजेताहरूलाई ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि हिसानका केन्द्रीय सदस्य मुकुन्द घिमिरे, हिसानकै सुनसरी अध्यक्ष सागर भट्टराई, एम्स प्रालिका अध्यक्ष प्रकाश
धरान /धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ ।शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएका छन् । केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो । शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो ।प्रधानाध्यापक विष्टका अनुसार यसै शैक्षिक सत्रबाट कक्षा
धरान / प्रतिमा खतिवडा निरौलाले सम्पादन गरेको कृति ‘जीवन र जीवनी’ शनिबार यहाँ लोकार्पण गरिएको छ। पूर्वप्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङ,वरिष्ठ समालोचक दधिराम सुवेदी, प्राडा गोपाल भण्डारी,अग्रज कवि बम देवानलगायतले कृति लोकार्पण गरेका थिए । सो कृतिमा भाषा–साहित्य, शिक्षा तथा समाजका अन्य क्षेत्रमा लामो समय बिताएका ३० जना अग्रजहरूको आत्मवृत्तान्त सङ्कलित छन्। आत्मसंस्मरणात्मक रचनाहरूमा सम्बन्धित व्यक्तित्वहरूले आफना बाल्यकालीन,भोगाइ, सङ्घर्ष र अनुभवहरू आफैले प्रस्तुत गरेका छन् । डा रमेश घिमिरे उपप्राध्यापक राजेश विद्रोही र रामप्रसाद खरेलले पुस्तक