पूर्ण राई एण्ड द दाजुभाइहरुको स्पर्श संगीत सार्वजनिक

  • असार २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पूर्ण राई एण्ड द दाजुभाइहरु ब्यान्डले नयाँ गीत आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेको छ ।

ब्यान्डले हिजो शनिबार ब्यान्डकै शब्द संगीतमा रहेको स्पर्श संगीत गित सार्वजनिक गरेको हो । पूर्ण राई को शब्द संगीतमा रहेको उक्त गीत उनले आफ्नै ब्याण्डमार्फत सार्वजनिक गरेका हुन्।

भिडियोमा आमा र छोरा बीचको माया सद्भावलाई देखाइएको छ साथै धरानमा भएका युवाहरूका गतिविधिलाई भिडियोमा देखाइएको छ ।

धरानमा भएका युवाहरू कसरी कुलतमा फस्छन्, कसरी लागूदुर्वेसनमा फस्छन् भन्ने कुरालाई समेत झल्काइएको छ ।

उक्त गीतसंगीतको ड्रममा सुमेक योन्जन गितारमा सुसन कार्की बेस गितारमा दिगोस राई रहेका छन् ।

पूर्ण राई एण्ड द दाजुभाईहरू ब्यान्ड धरानकै ब्यान्ड हो। उक्त ब्यान्ड अहिलेको युवा पुस्ताहरूमाझ एकदमै लोकप्रिय ब्यान्ड रहेको छ ।

ब्यान्डले धरान सँगसँगै धरानभन्दा बाहिर विभिन्न ठाउँ तथा देशहरूमा समेत धरानलाई चिनाउँदै कार्यक्रमहरू गर्दै आइरहेको छ ।

-सन्देश तिमल्सिना

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved