मेघा कलेजमा हस्पिटालिटी तालिम सुरु

  • असार २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा हस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी एक महिने तालिम आइतबार सुरु भएको छ ।

कलेजले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएको हो ।

‘स्वीस कन्ट्याक्ट प्रोग्राम’ अन्तर्गत नेदरल्यान्डबाट आएका सिनियर हस्पिटालिटी एक्स्पर्ट मार्क थोमस केरनले तालिमको सहजीकरण गरिरहेको कलेजका होटल म्यानेजमेन्ट (एचएम) विभागीय प्रमुख पोषण श्रेष्ठले जानकारी दिए ।

केरनले मेघा कलेजमा होटल म्यानेजमेन्ट विषय अध्ययन गरिरहेका विद्यार्थी र शिक्षकहरूलाई समेत तालिम दिइरहेका छन् ।

स्वीस कन्ट्याक्ट प्रोग्रामअन्तर्गत कलेजका शिक्षक र विद्यार्थीहरूलाई हरेक वर्ष होटल म्यानेजमेन्ट र होस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी तालिम प्रदान गरिने विभागीय प्रमुख श्रेष्ठले जनाए ।

यस क्रममा कलेजका अभिभावक र धरानका विभिन्न होटल व्यवसायीलाई समेत तालिम प्रदान गरिने मेघा कलेजका प्रिन्सिपल भाष्कर पौडेलले जानकारी दिए ।  

यो तालिमले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पु¥याउने सहजकर्ता मार्क थोमस केरेनले बताए ।

हस्पिटालिटी इन्डस्ट्रीमा २५ वर्षको अनुभव हासिल गरिसकेका केरेनले विश्वका ४९ देशहरूमा तालिम दिइसकेका छन् ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved