विराटनगर/ विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बुधबार ६ बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने थ्रीस्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ । थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको छ । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले न
इटहरी/लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान सञ्चालन गर्दै आएको छ । ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको यो अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुनसरीबाट सुरु भएको दुर्व्यसनविरुद्धको अभियान हाल कोशी प्रदेशमा विस्तारित हुँदै छ। अभियानको परिकल्पना सुनसरी प्रहरी प्रमुखका रूपमा कार्यरत रहेका बेला
सुनसरी/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजित ‘राष्ट्र शक्ति शिखर सम्मेलन’ मा नेपालकी चर्चित गायिका मिलन नेवारलाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ द्वारा सम्मानित गरिएको छ। नेपाल र भारतको संगीत क्षेत्रमा पुर्याएको उनको योगदानलाई कदर गर्दै सम्पर्क क्रान्ति परिवार द्वारा आयोजित भव्य कार्यक्रममा यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो। सम्मानप्रति गायिका मिलन नेवारको प्रतिक्रिया सम्मान ग्रहण गर्दै मिलन नेवारले यो उपलब्धिलाई सम्पूर्ण नेपाल र नेपाली संगीत क्षेत्रकै सम्मान भएको बताइन्। उनले भनिन्,"यो सम्
इलाम/ मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ ले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनमा उल्लेखित कसुर मध्ये दफा ३ र ४ को उपÞदफा (१) को खण्ड (क) र (ग) मा उल्लेखित कसुर गर्ने कसुरदारलाई सोही ऐनको दफा १५ को उपÞदफा (१) को खण्ड (क) र (ग) मा निश्चित अवधिको कैद, जरिवाना तथा कैदको सजाय हुने व्यवस्था छ । तर पनि मानव तस्करहरूले व्यापार वा घुमफिरका नाममा महिला र बालबालिकालाई भारतीय कोठी र खाडी मुलुकमा लैजाने गरेको पाइन्छ । विशेष गरी महिला तथा किशोरीलाई मानव तस्करले विभिन्न प्रलोभन पारेर नेपालका विभिन्न नाकाबाट भारततर्फ लैजाने गरेका हुन ।खुला सीमाको फाइदा उठाएर वैदेशिक रोजगारी,
विराटनगर/ सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७० औं मिनेटमा गोल गरेका थिए । जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधबार थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उ
धरान/ धरान १ स्थित छाताचौकको पुरानो अस्पतालमा ग्रामीण भिडियो एक्स-रे सेवा सुरु भएको छ। नगर अस्पतालको अवधारणा अनुरुप प्रसूति गृहमा भर्खरै सञ्चालनमा ल्याइएको यो सेवा गर्भवती महिलाहरूका लागि उपयोगी हुने बताइएको छ। यसअघि भिडियो एक्स-रे नहुँदा गर्भवती महिलाहरू अन्यत्र जान बाध्य थिए। तर, अब यही अस्पतालमै सेवा उपलब्ध भएपछि उनीहरूलाई सहज भएको छ। उक्त भिडियो एक्स-रे धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले उद्घाटन गरेका हुन्। जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका पूर्व प्रमुख डा. श्रीराम शाहले व्यक्तिगत लगानीमा १२ लाख रुपैयाँको भिडियो एक्स-रे मेसिन प्रदान गरेका हुन्। अस्पतालले अनमी स
हाम्रो देशमा सुशासन छैन । हरेक क्षेत्रमा अराजकता र उद्दण्डता छ । आर्थिक अनुशासन नहुनु र ठुल्ठुला भ्रष्टाचार हुनु पनि हाम्रा समस्या हुन् तर कानुनकै अभावमा यस्ता समस्या देखिएका भने होइनन् । कतिपय ऐन–कानुनमा समयसापेक्ष संशोधनको आवश्यकता नभएको होइन । समयानुकूल कतिपय नयाँ कानुन पनि बनाउनु आवश्यक हुन्छ तर सुशासन र कानुनी राज्यका लागि अहिले भएकै कानुन पनि अपर्याप्त भने छैनन् । मुख्य विषय त कानुनको पालना हो । हामीकहाँ सामान्य ट्राफिक नियमको पालना गर्न र हेलमेट लगाएर मोटरसाइकल कुदाउन पनि ट्राफिक प्रहरीको उपस्थिति अनिवार्य हुन्छ । आप्mनै सुरक्षाका लागि पनि कसैले डण्डा चलाउनुपर्ने नागरिकहरूले बस
विराटनगर/ थ्रीस्टार क्लब ९औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टारले उपाधि नजिकको यात्रा तय गरेको हो। थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गर्दै टिमलाई जित दिलाए। खेलको पहिलो मिनेटमै दिपेश घलेको क्रस पासलाई प्रशान्त लिम्बुले जाली चुमाए। खेलको २८औं मिनेटमा आशिष चापागाईंको पासलाई दिपेशले गोलमा परिणत गरे। ८१औं मिनेटमा नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे। आर्मीका लागि कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले स
धरान / बाम आन्दोलनका ऐतिहासिक केन्द्रहरूमध्ये एक बलाहामा नेकपा (एमाले) को सदस्यता नवीकरण अभियानलाई तिव्रता दिइएको छ। यसै क्रममा, ८० वर्षीय अग्रज चरा विज्ञ जीवनाथ पोखरेल र ९२ वर्षीय वरिष्ठ नेता भवानी पोखरेलले आफ्नो सदस्यता नवीकरण गर्नुभएको छ। नेकपा (एमाले) इनरुवा नगरपालिका–५ वडा कमिटीले सञ्चालन गरेको वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रममा उहाँहरूले सदस्यता नवीकरण गर्नुभएको हो। त्यस्तै, ७८ वर्षीय अच्युत खतिवडा, ७४ वर्षीय बुद्धकुमार नेपाल, ७३ वर्षीय गणेश निरौला, ७० वर्षीय मननारायण श्रेष्ठलगायत अग्रजहरूले पनि आफ्नो सदस्यता नवीकरण गरेका छन्। नवीन सदस्यताका रूपमा ३० वर्षीय सबिस पोखर
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं ५ विजयी भएको छ। आइतवार सम्पन्न खेलमा वडा नं ५ ले वडा नं ९ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। अब उपाधिका लागि वडा नं ५ ले वडा नं २ सँग प्रतिस्पर्धा गर्नेछ। वडा नं २ ले सेमिफाइनलमा वडा नं १० लाई हराउँदै फाइनल यात्रा तय गरिसकेको छ। प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ। सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ५ का दिपेन कार्की म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँ सहित ट्रफी प्राप्त गरे। ते