समाचार

    Showing 291-300 of 10,268 items.
  • सभाहलमै संसद : विद्यालय शिक्षा विधेयक पारित गर्दै ए.ई.ई. स्पिकर-६ सम्पन्न

    धरान/ धरानका विद्यार्थीहरूले मंगलबार भाषण मात्रै दिएनन्, संसद् पनि चलाए। धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहल केही घण्टाका लागि वास्तविक संसद् जस्तै बनेको थियो, जहाँ विद्यार्थीहरूले शिक्षा नीतिमाथि बहस गरे, नियमापत्ति उठाए, मन्त्रीले जवाफ दिए र अन्ततः “विद्यालय शिक्षा विधेयक–२०८३” बहुमतले पारित समेत भयो। यही फरक र रचनात्मक अवधारणासहित आयोजित धरान उप–महानगरव्यापी “एस.ई.ई स्पिकर–२०८३, सिजन–६” को फाइनल मंगलबार सम्पन्न भएको हो। प्रतियोगिताको आयोजना र्‍याडिकल लाईट नेपाल प्रा.लि.धरानले गरेको थियो। प्रतियोगितामा पब्लिक हाईस्क

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 968 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिकटकमा ‘हातहतियार’ देखाउँदै पोस्ट गर्ने दुई किशोर प्रहरी फन्दामा

    धरान/  सामाजिक सञ्जाल टिकटकमा हातहतियार प्रदर्शन गर्दै पोस्ट गरिएको घटनापछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियाे । सोही आधारमा खोजतलास गर्दै जाँदा मिति २०८३।०२।११ गते साँझ १८:५० बजेको समयमा जिल्ला सुनसरीको देवानगञ्ज गाउँपालिका–०२ बाट दुई जना किशोरलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका वर्ष १७ र वर्ष १५ का ती किशोरहरूको साथबाट फलामबाट बनेको घरेलु हतियार, कटुवा पेस्तोल जस्तो देखिने वस्तु समेत बरामद भएको प्रहरीले जनाएको छ। बरामद हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। प्रहरीले सामाजिक सञ्जालमा यस्ता गतिविधि नगर्न

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पार्किङको छाना उड्दा दुई बसको अगाडिको सिसा चकनाचुर

    झापा/ साेमबार राति चलेको शक्तिशाली हावाहुरीका कारण झापाको मेचीनगर नगरपालिका–८, ईटाभट्टास्थित सुर्योदय कम्पनी को पार्किङ स्थलमा क्षति पुगेको छ। हावाहुरीले पार्किङ स्थलको भवनको जस्ताको छाना उडाउँदा सोही स्थानमा पार्किङ गरेर राखिएका मे १ ख २५२६ र मे १ क २७९३ नम्बरका दुईवटा बसमा ठोक्किन पुगेको थियो। घटनामा दुवै बसको अगाडिको सिसा फुटेर क्षति भएको जनाइएको छ।

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 235 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुढामै बसिरहेका वृद्ध अचानक लडे, उपचारका क्रममा मृत्यु

    झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ अमरबस्तीमा एक वृद्धको अचानक लडेर मृत्यु भएको छ। साेमबार राति करिब ९:०० बजे स्थानीय ६७ वर्षीय खेम बहादुर राना मगर आफ्नै घरमा मुढामाथि बसिरहेको अवस्थामा अचानक लडेर बेहोस भएका थिए। तत्काल उपचारका लागि भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल पुर्‍याइए पनि चिकित्सकले राति ९:५६ बजे मृत घोषणा गरेका हुन्। भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारी बाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहे

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 148 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौथो धरान भेट्रान कप : धरान भेट्रानको शानदार जित

    धरान/ चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा हाम्रो धरान भेट्रान फुटबल क्लब ले बेलका भेट्रान उदयपुर माथि ५–१ को प्रभावशाली जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ। खेलको पहिलो हाफमै धरानले आक्रामक खेल प्रदर्शन गर्दै जीवन लिम्बूको २ तथा पदम राईको २ गोलमार्फत ४–० को मजबुत अग्रता बनाएको थियो। दोस्रो हाफमा टिम कप्तान अशोक राईले थप एक गोल गर्दै स्कोर ५–० पुर्‍याए। खेलको अन्त्यतिर बेलका भेट्रानले पेनाल्टीको अवसर पाएको थियो, जसलाई केशर राईले सफलतापूर्वक गोलमा परिणत गर्दै अन्तर ५–१ मा झारे। तर त्यो गोल बेलकालाई खेलमा फर

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 1,057 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा बेवारिसे अवस्थामा भन्सार छलिका लाखौँका कपडा बरामद

    झापा/  झापाको बिर्तामोड नगरपालिका–८ कटहरबारीस्थित सडक छेउबाट भन्सार छलि नेपाल भित्र्याइएका लाखौँ रुपैयाँ बराबरका कपडा बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ। नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मिति २०८३ जेठ ११ गते दिउँसो करिब २ बजे उक्त स्थानमा शंकास्पद रूपमा छाडिएका कपडाहरू फेला पारी नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा १ हजार थान सेतो सेन्डो भेष्ट, ३७ थान एडिडास हाफपेन्ट, ६ थान धारी हाफपेन्ट, २९ थान सादा हाफपेन्ट, १४ थान जिन्स पेन्ट, ३६ थान कटन पेन्ट, २७ थान साडी, ७१ थान बक्सर हाफपेन्ट, ३२४ थान पेन्टी तथा ११ थान सर्ट रहेका छन्। प

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 141 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा ब्राउन सुगर कारोबार गर्ने दुई पक्राउ

    दमक/ झापाको दमक नगरपालिका–५ मा अवैध लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक–५ निवासी २३ वर्षीय तुलसी माझी र ३० वर्षीय राज माझी रहेका छन्। विशेष सूचनाका आधारमा  खटिएको प्रहरी टोलीले आइतबार राति करिब १० बजे तुलसी माझीको डेरा कोठामा छापा मार्दा प्लाष्टिकमा स–साना पोका बनाएर राखिएको ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट नगद नेपाली रु. ५६ हजार ६ सय, भारतीय रु. १ हजार १ सय तथा दुई थान मोबाइल समेत बरामद गरेको जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा तुलसीले लागूऔषध बिक्रीमा राज माझीको समेत

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुसुरोको दाल खाँदा एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

    उदयपुर/  उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् भने एक जनाको अवस्था गम्भीर बनेको छ। स्थानीयका अनुसार २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी तथा नन्दहरू १४ वर्षीया यशोदा र ९ वर्षीया यासिका बुढाथोकी शनिबार राति घरमा पकाइएको मुसुरोको दालसहितको खाना खाएपछि अचानक बिरामी परेका हुन्। खाना खाएलगत्तै उनीहरूमा बान्ता हुने र बेहोस हुनेजस्ता लक्षण देखिएपछि आफन्त र छिमेकीले तत्काल जिल्ला अस्पताल उदयपुर पुर्‍याएका थिए। अस्पतालका अनुसार तीन जना उपचारपछि घर फर्किएका छन् भने हेमा बुढाथोकीको अवस्था चि

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 677 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित नेता चयन

    धरान/ धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा विद्यार्थीहरूले आफ्नो नेता चयन गरेकाछन् । स्कुलले प्रजातन्त्रको अभ्यास तथा आफ्ना मताधिकारप्रति चेतना अभिवृद्धि गराउने उद्देश्यले चार सदनको निर्वाचन प्रकृया मार्फत नेता चयन गरेका हुन । निर्वाचन समितिका अनुसार विद्यालय क्याप्टेनमा चेसुङ लिम्बू कक्षा १० तथा उप–विद्यालय क्याप्टेनमा जोयमाओ लिम्बू कक्षा ७ विजयी घोषित भएका छन् । त्यसैगरी सदनगत परिणाम अनुसार रातो सदनबाट कप्तान तुफान मगर कक्षा १० तथा उपकप्तान प्रणिल लिम्बू कक्षा ८ विजयी छन भने निलो सदनबाट कप्तानमा कक्षा ९का याङसाब राई तथा उपकप्तानमा कक्षा १० का इजोन कार्की विजयी भए। यता

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 1,346 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुटमिरोको रुखबाट लड्दा ५५ वर्षीय मैतबहादुर लिम्बुको मृत्यु

    झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ। विहीबार दिउँसो कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक रुखबाट लड्दा उनी गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै छातीभित्र पनि आन्तरिक चोट लागेको प्रहरीले जनाएको छ। घाइते लिम्बुलाई तत्काल उपचारका लागि B & C Hospital मा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा मिति २०८३।०२।१० गते १६:०० बजेको समयमा निज मैत बहादुर लिम्बुको मृत्यू भएको  अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 158 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved