झापामा बेवारिसे अवस्थामा भन्सार छलिका लाखौँका कपडा बरामद

  • जेठ ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/  झापाको बिर्तामोड नगरपालिका–८ कटहरबारीस्थित सडक छेउबाट भन्सार छलि नेपाल भित्र्याइएका लाखौँ रुपैयाँ बराबरका कपडा बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ।

नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मिति २०८३ जेठ ११ गते दिउँसो करिब २ बजे उक्त स्थानमा शंकास्पद रूपमा छाडिएका कपडाहरू फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद सामग्रीमा १ हजार थान सेतो सेन्डो भेष्ट, ३७ थान एडिडास हाफपेन्ट, ६ थान धारी हाफपेन्ट, २९ थान सादा हाफपेन्ट, १४ थान जिन्स पेन्ट, ३६ थान कटन पेन्ट, २७ थान साडी, ७१ थान बक्सर हाफपेन्ट, ३२४ थान पेन्टी तथा ११ थान सर्ट रहेका छन्।

प्रहरीका अनुसार बरामद गरिएका कपडाको अनुमानित मूल्य रु। २ लाख ५९ हजार ९ सय रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved