विजयपुर / धरान इटहरी सडक खण्डको सेउती पुल छेउमा रहेको रौता कन्ट्रक्सनले गैरकानुनी रुपले कार्य गरेको भेटिएको छ । धरान इटहरीको बन क्षेत्रमा अबैध काम भईरहेको र वातावरण समेत प्रदुषित भएको भन्दै गुनासो आएपछि धरान १० का वडाध्यक्ष विवेक राई लगायत कार्यपालिका सदस्य दिनेश गजमेर युवा संघका प्रतिनिधि सहित नेकपा एमाले धरान वन वातावरण विभागका प्रमुख राजकुमार राई (तिलक) उप प्रमुख कुमार भारती,उपभोक्ता हित संम्रक्षण विभाग प्रमुख कमल भट्टराई,युवा सघं नेपाल धरानका उपाध्यक्ष रोगेन्द्र राई सहितको टिम ले स्थलगत अनुगमन गर्दा गैरकानुनी कन्ट्रक्सन चलाएको भेटिए पछि उक्त कार्य बन्द गराएको थियो । रौता कन्टक्सनले अबैधर
धरान / धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको नेपाली विभागले प्रकाशन गरेको अनुसन्धनात्मक जर्नल ‘ज्ञानदीप’ को विमोचन गरिएको छ । क्याम्पसकै सभाकक्षमा शुक्रबार आयोजित कार्यक्रममा जर्नल विमोचन गरिएको हो । प्राडा गोपालप्रसाद भण्डारी प्रधान सम्पादक र प्राडा रमेश घिमिरे सम्पादक रहेको सो जर्नलमा १३ वटा अनुसन्धानात्मक लेखहरू समेटिएका छन् । सो जर्नलमा र्अना सापकोटा, इन्दिरा राई, गुरुप्रसाद पोखरेल, डा टङ्कप्रसाद पन्थ, डा दीपकप्रसाद न्यौपाने, डा प्रेमप्रसाद तिवारी, राजेश विद्रोही, लक्ष्मीकृष्ण श्रेष्ठ र रमेशकुमार श्रेष्ठ, शक्तिराज नेपाल, डा शङ्करप्रसाद गैरे, डा शालिकरा
विजयपुर : नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान नगर इन्चार्ज जगदिस कुसियैतले दलबहादुर छायाँ (भुजेल) सादा जिवनका उदाहरणीय ब्यक्तित्व भएको बताएका छन् । सादा जीवन र उच्च विचारका नमुनाका रुपमा दलबहादुर छायाँलाई लिन सकिने उनले बताए । शनिबार नेकपा एमाले धरानले दल बहादुर छायाको स्मृतीमा आयोजना गरेको स्मृतीसभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । दलबहादुर छाँया नेकपा एमाले धरानका संस्थाप नेतापनि हुन् । उनलाई धरानको बामपन्थी आन्दोलनका अगुको रुपमा समेत सम्मान गरिदै आएको छ । कुसियैतले छायाँका विषयमा थप प्रष्ट पार्दै भने मिजासिला कुशल, निस्वार्थ भाव, साधारण जिवन शैलि, उच्च विचारका ए
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर – १० मा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु हुनुको साथै २ जना घाईते भएका छन् । शनिबार साझ करिब ९ः ३० बजेको समयमा प्रदेश १ – ०२– ०४४ प ८८९३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घट्ना हुदा घाईते भएका मोटरसाईकल पछाडि सवार त्रियुगा वडा नम्बर –६ जलजले का २५ बर्षीय सुदिप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको छ । भने मोटरसाईकल चालक त्रियुगा नगरपालिका वडा नम्बर – ६ का २२ बर्षीय पंकज चौधरी र सोहि स्थान बस्ने २७ बर्षीय मुकेश चौधरीलाई थप उपचारका लागि बिराटनगर लगिएको छ । घटना सम्बन्धमा जिल्ला प्रहर
बिराटनगर / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन । शनिबार साँझ ७ : ३० बजे झापा गाउँपालिका वडा नम्बर ४ बाट प्रहरी चौकी टाघनडुब्बाबाट खटिएका प्रहरी टोलीले भारत देखि नेपाल तर्फ आउदै गरेका साईकलयात्री चेकजाँच गर्दा प्रकाउ परेका हुन । पक्राउ पर्नेमा इलाम मङसेबुङ गाउँपालिका वडा नम्बर ९ का ३० बर्षीय युवराज लिम्बु रहेका छन । लिम्बुले साईकलको ह्यन्डल भित्र लुकाई राखेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । त्यस्तै गरी बिराटनगर महानरपालिका वडा नम्बर १६ बाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएका प्रहरी टोलीले चेक
संखुवासभा/ गत असारमा संखुवासभामा बाढी पहिरोबाट मृत्यु भएका तथा पहिरोमा परेका बेपत्ता भएका परिवारलाई संखुवासभा घर भई कतारमा काम गदैै आएकाहरुले ५ घर परिवारलाई आर्थिक सहयोग गरेको छ । संखुवासभा समाज कतार गठन गरेर विगतदेखि नै पीडितलाई सहयोग पुर्याउदै आएका उनीहरुले गत असार २ गते राति आएको बाढीबाट मृत्यु भएका तथा बेपत्ता भएका ५ परिवारलाई सहयोग गरेका हुन् । उनीहरुले पीडित ५ परिवारलाई नगद २ लाख १५ हजार रुपैयाँ संखुवासभा समाज कतारका सचिव अशोक न्यौपानेले लगायतको टोलीले हस्तान्तरण गरेका थिए । त्यसबेला बाढीमा बेपत्ता तथा मृत्यु भएका पाँचखपनका दीपक मगर, सन्तोष राई, सुहाङ राई, भुवानसिंह तामाङ र
धरान/ साउन ६ गतेदेखि सञ्चालनहुंदै आएको ग्रीन एण्ड क्लीन धरानअभियानमा नेपालीकांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना र सुनसरी जिल्ला सभापति तथा ईनरुवानगर प्रमुख केदार भण्डारी समेत सहभागीभएका छन् । नेपालीकांग्रेस, सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको एक महिने ग्रीन एण्ड क्लीन धरानअभियान धरान ८ मापुग्दा ढुंगाना र भण्डारी सहभागीहुनआएकाहुन् । नेपालीकांग्रेसकाकेन्द्रीय सदस्य राजीव ढुंगानाले सरसफाई र स्वच्छ वातावरण मानवकालागिअतिआवश्यक रहेकाले क्षेत्रीयकार्यसमितिले धरानमाल्याएको एक घर एक विरुवा रोपौं, सरफाई गरौं, डेङ्गो नष्ट गरौंअभियानअत्यन्त सान्दर्भिक रहेको बताएका छन् । त्यसैगरी ईनरुवानगर प्
धरान/ केही समय अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी धरान नगर कमिटीले धरानमा ज्वरो, आँखा पाक्ने लगायतका रोगहरु अत्याधिक भएपछि पार्टीका सचिव सुमन श्रेष्ठले इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा परिक्षण गराउनुभयो । परीक्षण गराउँदा धरानका सतहबाट ल्याएको पानीमा कोलिफर्म भेटियो । धरानका अधिकांश पानी पिउन योग्य नभएपछि धरान १५ का सर्वसाधारणले समेत अनुगमन गर्न वडा समितिलाई आग्रह गरे । सोही अनुरुप अनुगमन गर्दा पानीको मुहान खुल्ला ठाउँ, नजिकै गाउँबस्ती धेरै भएकोेले नुहाउने, फोहोर गर्ने गर्दा पानी दुषित भएको पाइएको थियो । धरानमा पानीको अभाव पुरा गर्न मेयर हर्कराज राई साम्पाङ निर्वाचित भए सगै ला
विजयपुर / धरान मेगा कलेज धरान १२ ले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्न आएका विधार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कजेजमा अध्ययनरत दोस्रो बर्षका विध्यार्थीहरुले पहिलो बर्ष अध्ययन गर्न आएका नयाँ विध्यार्थीहरुलाई स्वागत कार्यक्रम शनिबार धुलिखेल समाजको सभाहलमा सम्पन गरेको थियो । उक्त कार्यक्रमको स्वागत मन्तव्य कजेका संचालक दिपक घिमिरेले राखेका थिए भने कलेजका विधार्थीहरुले समेत सांगितीक कार्यक्रम गरि नृत्य प्रस्तुती गरेका थिए । सो कार्यक्रम कलेजका चेयरमेन कैलाश आङदाङबेको सभापतित्वमा सम्पन भएको थियो । कलेजले हरेक बर्ष आउने नयाँ विधार्थीहरुलाई स्वागत तथा कलेजको अध्ययन सकेका पुराना विधार्थीहरुला
धरान । धरानमा पानीको अभाव पुरा गर्न मेयर हर्कराज राई साङपाङ निर्वाचित भए सगै लागि परे । श्रमदानवाटै पानी ल्याउने उद्घोष गर्दे धरान आपसपासका खोला खोल्सीमा पुग्नुभयो मेयर साङपाङ । उनले केही स्थानवाट बर्षायाममा पानी ल्याएर ट्यांकीमा हाल्नु पनि भयो तर पानीको समस्या समाधान भएन । उनले पानी संकलन गरे पनि परिक्षण गरेनन् । धरानमा अहिले सतहवाट ल्याएको सोही पानीमा ‘फिकल कोलिफर्म’ भेटिएको छ । धरानको खानेपानी समस्या समाधान गर्ने भन्दै निर्वाचित भएसगै धरानका मेयर हर्कराज राई (हर्क साङपाङ) खोला खोल्सी धाए । उनले धरान आपसपासका भालु खोला, पकुवा खोला, सर्दूखोला, कोकाहा खोला लगायतका खोलाबाट पानी पनि