धनकुटामा गाँजा खेति नष्ट अभियान सञ्चालन

  • मंसिर ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

गोविन्द बस्नेत

धरान । जिल्ला प्रहरी कार्यालय धनकुटाले गाँजा खेति नष्ट गर्ने अभियानलाई तिब्रता दिएको छ । कार्यालयले गाँजा खेति गरिने स्थानको पहिचान गरी धनकुटाका विभिन्न स्थानमा त्यहाँका स्थानीय तहसँग समन्वय गरेर फडानीलाई तिब्रता दिएको हो ।

हुन त यो अभियान विगत केही बर्ष अगाडिको नै हो । प्रहरीले चलाएको अभियानले खासै सार्थकता पाएको भने छैन । तर यस बर्ष भने जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँगै समन्वय गरेर आफ्ना मातहतका प्रहरी परिचालन गरी गाँजा खेति नष्ट गर्न थालेको हो ।

अभियान अन्तर्गत प्रहरीले सहीदभूमि गाउँपालिकाको आँखीसल्लाह, आँखुटार, त्रिवेणी, साँगुरीगढी गाउँपालिकाको मुक्तेन, आहाले, चाँदीबजार, गोलखाँडी लगायतका क्षेत्रमा गरिएका गाँजा खेति नष्ट गर्ने काम गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिए ।

अभियान अन्तर्गत प्रहरीले यही आर्थिक बर्षको श्रावण महिनामा मात्रै ५८ रोपनी जग्गामा गरिएको १ लाख ८७ हजार गाजाको बोट नष्ट गरेको थियो । सो अवधिमा ६५ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

जस अनुसार श्रावण १३ गते धनकुटामा रहेका विभिन्न ठाउँमा १५ रोपनी जग्गामा लगाइएको २५ हजार ७ सय गाँजाको बोट नष्ट गरेको थियो । नष्ट गर्ने काममा सो बेला १८ जना प्रहरी खटाइएको थियो ।

यसैगरि श्रावण १४ गते ८ रोपनी जग्गामा लगाइएको २६ हजार बोट प्रहरीले नष्ट गरेको थियो । सो बेला १७ प्रहरी जवान खटाइएको थियो । यसैगरि श्रावण १७ गते २५ रोपनी जग्गमा लगाइको ४० हजार गाँजा नष्ट गरिएको थियो ।

यस बेला १५ पहरी परिचालन गरिएकौ थियो भने श्रावण १८ गते १० रोपनी जग्गामा लगाइएको १७ हजार गाँजाको बोट नष्ट गरिएको थियो । सो बेला १५ जना प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी सोही बर्षको असोज महिनामा समेत प्रहरीको अभियान अन्तर्गत उल्लेख्य रुपमा गाजाको बोट नष्ट गरेको थियो । जिल्ला प्रहरी कार्यालय धननकुटाका अनुसार असोज महिनामा ३९.५ रोपनी जग्गामा लगाइएको २३ हजार ९ सय ८० वटा गाँजाको बोट नष्ट गरेको थियो । नष्ट गर्ने क्रममा ६५ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार असोज २१ गते १६.५ रोपनीमा लगाएको ९ हजार ९ सय गाँजाको बोट नष्ट गरिएको थियो ।सो बेला ३३ जना प्रहरी परिचालन गरिएको थियो । यस्तै असोज २२ गते २३ रोपनीमा लगाइएको १४ हजार ८० वटा गाँजाको बोट नष्ट गरिएको थियो । सो बेला ३० जना प्रहरी परिचालन गरिएको थियो ।

पहरीले अभियानलाई तिब्रता दिएसँगै कार्तिक महिनामा भने सबैभन्दा बढी गाँजाको बोट नष्ट गर्न सफल भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार कार्तिक महिनामा धनकुटाका विभिन्न स्थानमा १सय २९ रोपनी जग्गामा लगाइएको ९७ हजार ७ सय ५० वटा गाँजाका बोट नष्ट गरिएको थियो ।

यसमा ८६जना प्रहरी परिचालन गरिएको थियो । जस अनुसार कार्तिक ८ गते ३ रोपनी जग्गामा लगाइएको ७ हजार गाँजाको बोट ४ जना प्रहरीबाट गरिएको थियो ।

यस्तै कार्तिक २१ गते १६ रोपनीमा लगाइएको ४ हजार ५ सय गाँजाको बोट ७ जना प्रहरीद्वारा नष्ट गरिएको थियो । त्यसैगरि कार्तिक २२ गते ७ रोपनी जग्गमा लगाइएको १५ हजार बोट, २३ गते २६ रोपनी जग्गामा लगाइएको २४ हजार ४ सय बोट

, कार्तिक २५ गते ३२ रोपनीमा लगाइएको १३ हजार १ सय बोट, २६ गते ३० रोपनी जग्गामा लगाइएको १४ हजार ६ सय बोट र २७ गते १ रोपनी जग्गामा लगाइएको १ सय ५० बोट नष्ट गरिएको थियो ।

।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved