धरानकाे श्रमसंस्कृति पार्क पर्यटक लोभ्याउदै

  • मंसिर ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे । पार्क निकै कलात्मक र आकर्षक लागेको उनले बताए । पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ ।

“केही वर्ष अगाडि यहाँ चारैतिर जङ्गल, झाडी अनि खोला थियो । श्रमदान गर्दै गरेको देख्दा यो ठाउँ यस्तो राम्रो बन्न सक्छ जस्तो चाहीँ लागेको थिएन”, उनले भने, “अहिले यस्तो राम्रो बनिसकेछ, चारैतिर फूलले ढाकेको देख्दा मनै रोमाञ्चित भयो ।”

उदयपुर गाईघाटका हरी राई पनि श्रम सँस्कृति पार्कमा भेटिए । उनले भने, “सामाजिक सञ्जालमा मात्र देखेको यस ठाउँमा आइपुग्दा धरानमा आकर्षक गन्तव्य थपिएको रहेछ भन्ने लाग्यो ।” भानुचोकबाट छ किलोमीटर माथि निर्मित उक्त पार्क नजिकै श्रमदानबाट बनाइएका ‘एसडिबी’, ‘रकगार्डेन’, ‘चिल्ड्रेन पार्क’लगायतका संरचना छन् ।

हरियाली वातावरणमा ढकमक्क फूलले ढाकेको यहाँ आन्तरिक र बाह्य पर्यटक दिनहुँ आउने गरेका छन् । ‘श्रम संस्कृति पार्क’ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।

हाल पार्क आसपासमा होटल सञ्चालित छन् । दिनमा एक हजारदेखि एक हजार पाँच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय होटल व्यवसायी सुरज गुरुङले बताए । होटल व्यवसाय गर्दै आएकी सविता राईले भनिन्, “पछिल्लो समय यस ठाउँमा पाँचथर, तेह्रथुम, धनकुटा, इटहरी, मोरङ, झापागायत विदेशबाट पर्यटक घुम्न आउने गरेका छन् ।”

श्रम सस्कृति पार्कसँगैको ओशो पार्क, बिपी पार्क छन् । श्रमदानबाट श्रम संस्कृति पार्कसँगै अन्य पार्कहरु निर्माण गरिएका छन् । यस क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्य अनुसार सबै पार्कलाई एकीकृत गरी प्रवर्द्धन गरिनुपर्ने (पुर्व)प्रतिनिधिसभा सदस्य जयकुमार राईले बताए।

धरान उपमहानगरपालिका–१३ फुस्रे चोकबाट ओशो पार्कसम्म पुग्ने बाटो पहिले कच्ची थियो ।

प्रदेश सरकारको रु ४० लाख बजेटमा एक किलोमिटर सडक कालोपत्र भएपछि यहाँ आउने पर्यटकलाई सहज भएको भएको उक्त वडाका वडाध्यक्ष नेत्र काफ्लेले बताए । यस पार्क क्षेत्रलाई थप व्यवस्थित बनाउँदै पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतको सुझाव रहेकाे खबर राससले प्रकाशन गरेकाे छ। 

बुढीगंगामा स्मृति बो ...

विराटनगर/ असार १५ लाई धान दिवसको रूपमा मनाउने परम् ...

मोरङमा सात वर्षीया ब ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका&n ...

शैक्षिक गौरवको प्रती ...

धरान/  धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित ...

पाकिस्तानमा आत्मघाती ...

काठमाडौँ/ पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved