१० बर्षमा विश्वकप खेलाउने एन्फाको महत्वकांक्षी योजना एन्फा एकाडेमी धरान सञ्चालनको लागि आर्थिक समस्या

  • मंसिर ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt -गोविन्द बस्नेत

धरान/ २५ बर्ष अगाडिदेखि सञ्चालनमा आएको धरान एकाडेमीले एकाडेमीबाट उत्पादन भएका खेलाडीहरुलाई आगामी १० बर्षभित्रमा विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेको छ ।

२०५७ सालदेखि सञ्चालनमा आएको यो एकाडेमी अहिले चौथौ व्याचको प्रशिक्षण सञ्चालन भइरहेको छ ।

एकाडेमीले आगामी १० भित्रमा खेलाडीहरुलाई विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेसँगै यो योजनालाई अगाडि बढाउन तीनै तहको सरकारले सहयोग पु¥याउन एकाडेमीले आग्रह समेत गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मार्फत सञ्चालित एन्फा एकाडेमी धरानमा सञ्चालित एकाडेमीमा बार्षिक १ करोड १० लाख रुपैया खर्च हुने भएकोले सञ्चालनमा समस्या भएको जनाएको छ ।

एन्फा एकाडेमी सञ्चालन समितिका अध्यक्ष, प्रदेश फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका मानार्थ उपाध्यक्ष किशोर राईले कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीसमक्ष न्यून बजेटका बाबजुद पनि एकाडेमी सञ्चालनमा आएको वृतान्त सुनाएका थिए ।

उनले एन्फाबाट २६ लाख सहयोग प्राप्त हुने र बाँकी स्थानीय सरकार, खेलकुदको विकासमा चासो राख्नेहरुसँग सहयोग जुटाउँदै सञ्चालनमा गर्दै आएको मुख्यमन्त्री कार्कीसमक्ष राखे । उनले स्थानीय सरकार तथा कोशी प्रदेश सरकारले सहयोग गर्दै आएको बजेट घट्दै गएको गुनासो पाखे ।

उनले आगामी १० बर्षभित्रमा यहाँबाट उत्पादन भएका खेलाडीहरुलाई विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेका कारण प्रदेश सरकारले यो योजनालाई अगाडि बढाउन सहयोग पुग्ने गरी बजेट सुनिश्चिता गर्न मुख्यमन्त्री कार्कीसमक्ष माग गरे ।

विद्यार्थी खेलाडीहरुलाई खेलकुद सामाग्री वितरणका लागि धरान १७ एन्फा एकाडेमीको हलमा पुग्नु भएका मुख्यमन्त्री कार्कीसमक्ष सो कुरा राखिसकेपछि मुख्यमन्त्री कार्कीले यसलाई सरकारात्मक रुपमा लिएका थिए ।

उनले सरकारले खेलकुद क्षेत्रमा बजेट अन्त्यन्तै न्यून छुट्याएको बताउदै आगामी दिनमा बजेट बढाउने कुरामा पहल गर्ने बताए ।

उनले एन्फा एकाडेमीले बनाएको १० बर्षे कार्ययोजना प्रदेश सरकारसमक्ष लिखित रुपमा बुझाउन आग्रह गर्दै यसमा कोशी प्रदेश सरकारले खुलेर सहयोग गर्ने प्रतिबदता जनाए ।

अहिले एकाडेमीमा ३० जना विद्यार्थीहरु फुटबलको प्रशिक्षण लिँदै आएका छन् । खेलाडी कोशी प्रदेशका १६ जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरु यस एकाडेमीमा प्रशिक्षण लिँदै आएका छन् ।

सानै उमेरदेखि प्रशिक्षण दिई राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ एकाडेमीसँगै ग्रास रुटदेखि नै फुटबल प्रतियोगिता गर्दै आएको एन्फाले एकाडेमी गरे पनि बजेट अभावले सञ्चालनमा समस्या उत्पादन हुदै आएको छ ।

तर कोशी प्रदेश सरकारले १० बर्षे सम्झौता नै गरेर बजेट सुनिश्चता गरेर एकाडेमी सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै एमाडेमीको १० बर्षै योजनालाई सहयोग पुग्ने अपेक्षा एन्फा एकाडेमी सञ्चालन समितिले राखेको छ ।

 

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved