इलाम/ ‘शशिकला स्मृति पुरस्कार’ २०८० बाट इलामका कोशीपत्र संवादाता भगिरथ भण्डारी सहित दुईजना पत्रकार पुरस्कृत भएका छन् । शहिद स्मृति प्रतिष्ठान इलामले शसिकला अधिकारी आर्चाय शर्माको स्मृतिमा स्थापना गरेकोे पुरस्कारबाट भण्डारी सहित नाटक क्षेत्रमा कलम चलाउने चेतन आङथुपोलाई पुरस्कार प्रदान गरेको हो । संविधान दिवसको अवसरमा इलाम सदरमुकाममा आयोजित कार्यक्रममा इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दोसल्ला र सम्मान–पत्रले सम्मान गरे । विगत १० वर्ष देखि इलामलाई कार्यक्षेत्र बनाई स्थानीय तथा राष्ट्रिय विभिन्न पत्रिका, अनलाइन र टेलिभिजनमा आवद्ध छन ।
धरान/ नेपालले सितोरियो करातेमा गरेको प्रगतिसँगै यस खेलप्रति रुचि राख्नेहरुको संख्या समेत बढ्दै गएको छ । यो खेल नेपालको लागि लोकप्रिय भएसँगै साना उमेरका बालबालिका तथा किशोर किशोरी समेत खेलतर्फ आकर्षित हुदै गएका हुन् । सितेरियो कराते खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा धेरै प्रगति गरेको पाइएको छ । यसको प्रतिनिधित्वको धरानबाट धेरै भएको पाइएको छ । पछिल्लो समय यो खेल लोकप्रिय खेलको रुपमा लिन सकिन्छ । अहिले धरानमा विद्यालय अध्ययन गर्ने बालबालिकादेखि किशोर किशोरीहरु समेत आकर्षित बन्दै गएका हुन् । यस खेलको विकासका लागि नेपाल सितेरियो करातेसँघ गठन भएको छ भने सरकार
विराटनगर/ लागु पदार्थ सेवन गरेर सिटी, टेम्पो र मोटरसाइकल चलाउने सवारी चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध ब्युरोको टोलीले गत मंगलबार गरेको लापसे चेकजाँचको क्रममा ८ जनालाई नियन्त्रणमा मोरङका ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । विराटनगर–१६ रानी क्षेत्रमा सवारी चालकहरूले परीक्षण गर्दा ८ जनाले लापसे गरेको पाइएको उनले बताए । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सह–चालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसेसम्बन्धी चेकजाँच अभियान तीव्ररूपमा अगाडि बढाएको छ ।
धरान/ सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा स्थानीय तहका विद्यालय बन्द भएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितीद्वारा घोषणा गरिएको काठमाण्डौं केन्द्रित आन्दोलनमा स्थानीय तहका शिक्षकहरु सहभागि हुन गए पछि विद्यालय बन्द भएका हुन् । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । आन्दोलनकै कारण सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यार्थीहरु विद्यालय पुगेर फर्किएका छन् । संसदमा गत भदौ २७ गते विद्यालय शिक्षा विधेयक २०८० दर्ता भएपछि त्यसको विरोधमा शिक्षकहरु आन्दोलित भएका हुन् सरोकारवालासँग छलफल नै
मोरङ / मुलुकका राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकास समेत प्रभावित भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । उनले सवै क्षेत्रको सहयोगमा कृषि र पर्यटन क्षेत्रलाई अघि बढाउनु पर्ने बताए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा कृषि क्षेत्रका विभिन्न उपक्षेत्रहरुलाई लगानी बढाउँदै लैजानका लागि प्रदेश सरकार सवैसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए । त्यसका प्रदेश लगानी प्राधिकरणले समेत आवश्यक अध्ययन गरिरहेको जानकारी दिंदै कृषि क्षेत्रको विकासका लागि उपयुक्त नीति र कार्यन्वयनको विधी निर्माण गर्न प्रदेश सरकार सकारात्मक रहेको प्रतिवद्धता जनाए । हिमाल
मोरङ/ सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ ।
ताप्लेजुङ । फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामकरण फुङफुङ्गे भएको बताइन्छ । ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङ्गे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो । यो सुन्दर झरनामा झरेको पानी मेवा खोलामा मिसिन्छ । नेपाल सरकारले पर्यटकीय प्रवल सम्भावना भएका सय स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ । &nbs
इलाम/ नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख दिवंगत सुवासचन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङले बुुबाको सपना पूरा गर्ने सकेमात्र उहाँ प्रती श्रदाञ्जली हुने बताए । इलाममा आयोजित श्रद्धाञ्जली सभामा सुहाङले समृद्ध नेपाल निर्माण नै बुबाको सपना भएको र बुबाको सपना पुरा गर्न आफू लाग्ने बताएका हुन । ‘संविधानबाट सञ्चालित विधिको शासनको परिकल्पना भएको र मानवअधिकार, सामाजिक सुनिश्चिता भएको समृद्ध नेपाल बुबाको सपना थियो,’ उनले भने, ‘यो सपना पूरा गर्नसके मात्र उहाँप्रतिको श्रद्धाञ्जली पूरा हुनेछ ।’ कानुन व्यवसायीसमेत रहेका उनले यसका लागि आफू स
धरान/ बजार क्षेत्रमै अत्यन्तै व्यस्त र सवारी साधनहरुको चाप हुने सडकमा पर्छ धरान उपमहानगरपालिकाको वडा नम्बर ९ को सिद्धि विनायक पथ सवारी साधनको बढी चहलपहल हुने मार्ग निर्माण भएको ४ महिनामै भत्किन थालेको छ । गत वैशाख महिनामा कालोपत्रे गरिएको सडक भत्कन थाले पछि खाल्डाखुल्डी पर्न थालेका छन् भने सडकमा लगाएका गिट्टी निस्कन थालेको छ । सडकका ठाउँठाउँमा खाल्डो पर्ने, धुलो र गिट्टि निस्कन थाले पछि आवागमनमा असहज भएको स्थानीय सुमिप श्रेष्ठ बताउँछन् । सिद्धि विनायक पथ बाटो पुतली लाईन र आचार्य लाईनलाई जोड्ने मुख्य सडक हो । कालोपत्रे भएको सडक ४ महीनामै भत्किन थाले पनि यात्रुहरुलाई पनि असहज बन्द
धरानः चित्रकलाको माध्यमबाट विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकल विद्यालय नगर समितिले विद्यार्थीहरु सामेल गराएर चित्रकला प्रदर्शनीको आयोजना गरेको छ । यो समितिले समय समयमा यस्ता क्षमता भएका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ । पछिल्लो समय यो समितिले विद्यार्थीहरुलाई सहभागी गराई चित्रकला प्रदर्शनको आयोजना गरेको छ । विद्यार्थीहरुको क्षमता अपार हुने र बालबालिकाको क्षमतालाई चित्रमार्फत प्रदर्शन गर्न सहयोग पु¥याउन पनि चित्रकला प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक सुदा सोनीले बताइन्। प्रतिष्पर्धामा धरान उपमनगरपालिकाभित्र रहेका