समाचार

    Showing 2,401-2,410 of 10,005 items.
  • टेम्केमैयुङमा दलित छात्रबृतिको लागि एक लाख बढीको अक्षयकोष

    धरान । भोजपुरको टेम्केमैयुङ ८ गोगनेको श्री विद्येश्वर माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । धरानका लालबहादुर विक÷रेणुका विकले उक्त विद्यालयमा दलित छात्रबृति अक्षयकोष –२०८१ स्थापना गरेका हुन् ।विद्यालयको ८४ औं वार्षिकोत्सवमा मङ्सिर ८ गते विद्यालय पुगेका विकले एक लाख एक हजार एक सय एक रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन। ‘मङ्गल÷शुभद्रा÷लाल ब। विश्वकर्मा दलित छात्रवृत्ति अक्षयकोष–२०८१’ भनेर स्थापना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घमानसिंह राईलाई अक्षयकोषको रकम हस्तान्तरण गरिएको छ । विद्यालयमा विगत सञ्चालित ‘मङ्गलसिंह

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • 915 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा अन्तराष्ट्रिय आमन्त्रण महिला गोल्ड कप हुने

    इलाम/ ओएसीस क्लब इलामको आयोजनामा आगामी माघ पाँच गतेदेखि इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो महिला गोल्ड कप २०८१ हुने भएको छ । ठुलो टुँडिखेलमा माघ पाँच देखि १२ गते सम्म हुने प्रतियोगितामा नेपाल र भारतका टिम सहभागी हुने आयोजकले जनाएको छ । नेपाल र भारत सहितका आठ टिम सहभागी रहने प्रतियोगितामा नेपालका ए डिभिजन फुटबल क्लब उतार्ने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका विभागीय टिम एपिएफ, त्रिभुवन आर्मी क्लब, पुलिस, ओएसीस फुटबल क्लब (आयोजक), गढीमाई एपसी धनगढी, बागमती फुटबल क्लब छन् भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र सी एप सी फुटबल क्लब भारत, र गरी आठ टिमको सहभागिता रहने आयोजकको भनाई छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • 482 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरेलु हिंसा रोकिएन: समाधानको बाटो खोजिदै

    मोरङ/  प्रदेश घरेलु हिंसासम्बन्धी ऐन २०७५ लाई प्रभावकारी कार्यान्वयन गर्न त्यसमा भएको अधिकांश प्रावधान संशोधन गर्नुपर्ने सरोकारवालाहरुको निष्कर्ष छ । घरेलु हिंसाका अधिकांश घटनाहरु मिलापत्रबाट समाधान गर्ने प्रयत्न गरिने भएकोले पटकपटक हिंसाका घटना दोहोरिने समस्या समाजमा देखिएको र उजुरी गर्ने निकायको स्पष्ट व्यवस्था नभएको आदि कारणले ऐन संशोधन गर्नै पर्नेमा सरोकारवालाहरु सहमत भएका हुन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको उक्त ऐन पुनरावलोकन तथा प्रस्तुतीकरण कार्यक्रममा कानुनविद तथा अधिवक्ता कोषराज न्यौपानेले ऐनलाई प्रभावकारी बनाउन संशोधन गर्नुपर्ने विषयहरु प्रस्त

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • 348 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मधुमेह रोग दिनप्रतिदि बढ्दै: खानपिन र जीवन शैली मुख्य कारण–चिकित्सक

    धरान/  अहिले नेपालमा समेत मधुमेह विरामीको संख्यामा बृद्धि हुँदै गएको पाइएको छ । सन्तुलित भोजन र शारीरिक व्यायामको अभावका कारण बृद्धबृद्धामात्र हैन सबै उमेर समूहका विरामीहरुलाई मधुमेह भएको पाइएको हो । धरानमा समेत लायन्स क्लब अफ धरान ग्लोरी र धरान उपमहानगरपालिकाले धरानको भानुचौकमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशमा मधुमेह रोगका विरामी भेटिएका छन् । धरानको भानुचौकमा गरिएको निःशुल्क स्वास्थ्यशिविरमा चेकजाँच गर्ने अधिकांशमा मधुमेह रोग पाइएको थियो । लायन्स क्लब अफ धरान ग्लोरी र धरान उपमहानगरपालिकाको संयुक्त आयोजनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसि

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • 477 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनावश्यक संरचना कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गर्नु पर्ने बताएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भने,अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्छ । उनले एकै प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस्तो रोक्नुपर्ने बताए ।राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै उनले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • 404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँच दिनदेखि राहदानी वितरण ठप्प,सञ्चालनमा आउन अझै दुई साता लाग्ने

    काठमाडौं/ गएको बुधबारदेखि नै प्राविधिक गडबढीका कारण रोकिएको राहदानी वितरण आइतबार पनि ठप्प छ । यसका कारण पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन पाएका छैनन् । आइतबार विभागमा पुगेका सेवाग्राही राहदानी बनाउन नपाएपछि आक्रोशित भएका छन् । आइतबार राहदानी विभाग पुगेका सेवाग्राहीले नाराबाजी गर्दै राहदानीको माग गरेका छन् । सरकारको कमजोरीले गर्दा आफूहरूको अत्यावश्यक काम रोकिएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् । आइतबारदेखि सेवा पुनः सुरु गर्ने दाबी गरेको राहदानी विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतीय तरकारीले नेपाली किसान समस्यामा

    सुनसरी/ सुनसरी देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले रु ५० हजारको लागतमा तरकारी खेती गरे । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारी भन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय क

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • 351 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज गुरु लाफयङ देवबहादुर तुम्बापोको ८१ औं जन्मजयन्ति मनाइदै

    धरान/  इलामको चुलाचुलीमा मंसिर १० गते(आज) नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दका तेश्रो धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सव मनाईदै छ । फल्गुनन्द नोमाङ्गेना सेवा संघ चुलाचुली–१ मा ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सवको यसपालीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सोमबारका दिन फल्गुनन्द लाफयङ बहुभाषिक पाठाशालाको ९ वार्षिकोत्सव एकसाथ भव्यरूपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको फल्गुनन्द सेवा सङ्घका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनले भने,‘भाषा हराए लिपी हराउँछ,

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • 494 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उप निर्वाचनः संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको उम्मेद्धवार घोषणा

    धरान ।आगामी २०८१ साल मंसिर १६ गते हुनगई रहेको स्थानीय उपनिर्वाचनमा,संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको तर्फबाट ३ जिल्लामा उम्मेदवारी दिएको छ । उक्त पार्टी निर्वाचनमा सुनसरी गढी गाउँ पालिकाको उम्मेदवार राजो देवी ऋषि देव,ताप्लेजुङ सिरिजङ्गा ३ सिकैचाका उम्मेदवार राजेन्द्र लिम्बु र झापा कन्काइ ६ का उम्मेदवार दल बहादुर श्रेष्ठ रहेका छन् । उम्मेदवारहरुलाइ, कसरी बिजय गराउने भन्ने बारे,पार्टीको केन्द्रिय अध्यक्ष ,कुमार लिङ्देन(मिराक)को  प्रमुख आतिथ्य ,महासचिव ,सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावती(हाङ्ग)को सभापतिमा भएको  बैठकबाट उम्मेद्धवारको टुंगो गरेको हो । उक्त बैठकलाई सम्बोधन गर्नु हु

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • 434 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेस कोषाध्यक्षमा उमेश मनोनित,बल्ल पार्टीले पुर्णता पायो

     काठमाडौं । नेपाली कांग्रेस पार्टीले पार्टीका केन्द्रिय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गरेको छ । पार्टी सभापति सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई उक्त पदका लागि मनोनित गरेको बताइएको छ । श्रेष्ठलाई कांग्रेस केन्द्रीय पार्टी कार्यालय सचिवालयले कोषाध्यक्षमा मनोनीत गरेको पत्र पठाइसकेको छ । मनोनीत श्रेष्ठले पनि सभापतिले निर्णय गरेको पुष्टि गरेका छन् । उनी पूर्वराज्यमन्त्री समेत हुन् ।गत निर्वाचनमा श्रेष्ठ चितवन(२ मा पराजित भएका थिए ।अपुर्ण रहेको कोषाध्यक्ष पद उमेश श्रेष्ठको मनोनित पछि बल्ल पदाधिकारीले पूर्णता पाएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • 506 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved