लागुऔषध सेवनकै लागि दैनिक सयौँ युवा भारत जान्छन–प्रहरी

  • पुस ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ पछिल्लो समय विराटनगर क्षेत्रका युवा लागुऔषध सेवन गर्न भारतको जोगबनी पुग्ने गरेको प्रहरीले जनाएको छ ।

‘लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक’ भिडियो सार्वजनिक कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उक्त जानकारी दिएको छ ।
दैनिकजसो लागुऔषध सहित प्रहरीले मानिस पक्राउ गरिहेकै हुन्छन् । त्यहीपनि नियन्त्रणमा भने आउन सकेको छैन।

लागुऔषध सेवन गर्नकै लागि दैनिक ६ सय देखि ७ सयसम्म नेपाल भारतको सीमा नाका जोगबनी पुग्ने गरेको कोशी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए ।

उनका अनुसार लागुऔषध नियन्त्रणका लागि चारवटा जिल्लामा लागुऔषध निगरानी कक्ष समेत खडा गरिएको छ ।

कोशी प्रदेशका मोरङको रानी नाका, इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा र सुनसरीको भण्टाबारी रहेको उनको भनाइ छ ।

लागुऔषध भर्खरै शुरुवाती गर्नेलाई अभिभावक बोलाएर काउन्सिलिङ गरेर पठाइने र प्रयोगकर्तासँगै व्यवसाय पनि गर्नेलाई कानुनी कारबाही समेत प्रहरीले गर्दै आइरहेको उनले जानकारी दिए ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved