तेस्रो धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवलको उपाधी आयोजक धरान मेघा कलेजलाइ 

  • पुस ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt -विकास चाम्लिङ राई

सुनसरी /धरान मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको उपाधी आयोजक धरान मेघाले चुमेको छ ।

अत्यन्तै प्रतिश्प्रधात्मक भएको फाइनल खेलमा आयोजक धरान मेघा कलेजले होलिल्याण्ड इन्टरनेसनल स्कुललाइ थप समयमा ६२-५९ अंकको अन्तरले पराजित गर्दै उपाधी चुमेको हो ।

निर्धारित समय सम्ममा दुवै टिमले ५५-५५ बरावर अंक जोडे पछि चार मिनट समय थप गरिएको थियो ।

थप समयमा धरान मेघाले ७-४ अंगको अग्रता लिदै उपाधी जितेको हो । निर्धारित समयको प्रत्येक क्वाटरमा धरान मेघा र होलिल्याण्ड्ले १६-८, ४-८, २०-१९ र १५-१० अंक जोडेका थिए ।

फाइनल खेलमा धरान मेघाका प्रशान्त तामाङले उत्कृष्ट प्रदशन गर्दै ब्यक्तिगत ३३ अंक जोडेका थिए ।

उपाधी सङ्गै धरान मेघा कलेजले नगद पच्चिस हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

उपबिजेता होलिल्याण्ड स्कुलले नगद १२ हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्ल्यरको (एमभिपी) उपाधी आयोजक धरान मेघाका प्रशान्त तामाङ घोषित भए । उनले नगद दुई हजार ५ सय, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुइ ओटा फ्री कुपन प्राप्त गरे ।

प्रतियोगिताको उदयिमान खेलाडी राइजिङ प्लेयरको उपाधी मेघा अलेजका सिजन गुरुङ्ले प्राप्त गरे उनले नगद १ हजार, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुइओटा फ्री कुपन प्राप्त गरेका छन ।

बिजेता तथा उपबिजेताहरुलाइ कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, प्रमुख अतिथी धरान उपमहानगरपालिका उपमेयर अइन्द्र बिक्रम बेघा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, रेवाहाङ रुछेन्बुङ स्मृती प्रतिष्ठानका अध्यक्ष रेवतिरमन राई, धरान १८ वडा सदाय जमुना त्रीखत्री मोक्तान लगायतले पुरस्कार बितरण गरेका थिए । 

 १२ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको थियो ।

प्रतियोगितामा सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको सहयोग रहेको थियो ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved