समाचार

    Showing 221-230 of 10,268 items.
  • यातायात मजदुर व्यवसायीले बसपार्क सफा गरे

    काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ४७ वर्ष पुरा गरेको छ । २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जंगलमा भूमिगत रुपमा स्थापना भएको यातायात श्रमिकहरुको देशकै पुरानो संगठन हो । स्थापना दिवसको अवसरमा सोमबार यातायात मजदुर तथा व्यवसायीहरुले संयुक्त रुपमा बसपार्क सरसफाइ गरेको छ । “हाम्रो बसपार्क, स्वच्छ बसपार्क” नाराका संगठनले गोंगवु स्थीत नयाँ बसपार्क सरसफाइ गरेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी गराउनुभयो । संगठनको आह्वानमा भएको सरसफाइ कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, प्रमुख सल्लाहकार विजयबहादुर स्वाँ

    • प्रकाशित मितिः असार ८, २०८३
    • 851 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्त​कोशीबाट १६८ केजी गाँजा बरामद

    धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी किनारबाट प्रहरीले १६८ किलोग्राम गाँजा बरामद गरेको छ। ​विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी टोली र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले उक्त परिमाणको गाँजा फेला पारेको हो। ​आज सोमबार बिहान करिब ३:१० बजे गस्ती गर्दै जाने क्रममा नदी किनारमा ट्युबमाथि बाँसमा बाँधेर राखेको अवस्थामा ९ वटा प्लास्टिकको बोरामा लुकाइ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। ​बरामद गरिएको लागूऔषध गाँजालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा

    • प्रकाशित मितिः असार ८, २०८३
    • 195 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीलेआइतबार राति करिब ११:१० बजे धरान–१३ निवासी ३२ वर्षीय राजकुमार तामाङ (माकुने) लाई पक्राउ गरेको हो। प्रहरीले तामाङको शरीर तथा साथमा रहेको सामान चेकजाँच गर्दा १.२० ग्राम ब्राउन सुगर फेला पारेको जनाएको छ। बरामद लागूऔषधसहित तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरान मा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार ८, २०८३
    • 1,037 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्र बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाको तयारीमा

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसिर २७ गते भित्र नगरलाई बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाको तयारीमा लागि परेको छ । बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र विकासलाई प्राथमिकता दिँदै बालमैत्री नीति, कार्यक्रम र सेवाहरू प्रभावकारी रूपमा लागू गर्ने लक्ष्य सहित नगरलाई बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाकालागि नगरपालिका लागि परेको हो । यसै संन्दर्भमा आइतबार बालमैत्री स्थानीय शासनयुक्त नगरका सूचकहरू बालबालिकाको हित सुनिश्चित गर्न पूरा गर्नुपर्ने मापदण्डहरू मध्य बालमैत्री स्थानीय शासनको सुचकको मापनयोग्य स्थानीयकरण तथा बालमैत्री आचार संहिता तयारीको बिषयमा कार्यशाला कार्यक

    • प्रकाशित मितिः असार ७, २०८३
    • 528 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ब्याडमिन्टन प्रतियोगिताबाट १ लाख ५९ हजार बचत

    धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ‘धरान खुल्ला तथा राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३’ को प्रतिवेदन तथा आय–व्यय विवरण आइतबार सार्वजनिक गरेको छ। धरानस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा प्रतियोगिताको आर्थिक तथा प्राविधिक प्रतिवेदन सार्वजनिक गरिएको हो। क्लबका अनुसार प्रतियोगिताबाट स्थानीय तथा खुल्ला विधाको दर्ता शुल्क, विभिन्न संघ–संस्था, स्थानीय तह, वडा कार्यालय, प्रायोजक, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिहरूबाट प्राप्त सहयोगसहित कुल १७ लाख ४० हजार ९ सय रुपैयाँ आम्दानी भएको थियो। आर्थिक संयोजक खगेन्द्रकुम

    • प्रकाशित मितिः असार ७, २०८३
    • 624 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नयाँ शिक्षा प्रणालीको नेतृत्व गर्दै नवोदय, कक्षा ९ का विद्यार्थीलाई ऐतिहासिक स्वागत

    धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक संरचनालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै धरान १६मा अवस्थित नवोदय विद्यामन्दिर बोर्डिङ स्कुलले कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीहरूलाइ भव्य स्वागत, सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष ज्ञानेश्वर झाले कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीहरूका लागि यो दिनलाई “ऐतिहासिक मोड” को रूपमा व्याख्या गरे। उनले आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को नयाँ संरचनालाई आत्मसात गर्दै नवोदय विद्यामन्दिर धरानमै मात्र होइन, सम्भवतः नेपालकै अग्रणी शैक्षिक संस्थ

    • प्रकाशित मितिः असार ७, २०८३
    • 1,704 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्घोषणकला तालिम सम्पन्न, महिलाको उल्लेख्य सहभागिता

    धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँच दिने “उद्घोषणकला तथा सञ्चार सीप विकास तालिम” शनिबार रामपुर बजारस्थित सिटी हलमा सम्पन्न भएको छ। करिब ४० जना सहभागी रहेको तालिममा अधिकांश महिला सहभागी थिए। तालिमले सहभागीहरूको बोल्ने कला, सञ्चार क्षमता, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। समापन कार्यक्रममा अशोक कार्की ले तालिममा सहभागी सबैलाई बधाई दिँदै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो। उहाँले यस्ता सीपमूलक तालिमले व्यक्तित्व विकाससँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्

    • प्रकाशित मितिः असार ६, २०८३
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयनमा कक्षा १२ को शतप्रतिशत नतिजा

    धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ। कलेजले यस वर्ष पनि उत्कृष्ट शैक्षिक नतिजा कायम राख्दै विद्यार्थी, अभिभावक तथा शैक्षिक समुदायको विश्वासलाई थप मजबुत बनाएको जनाएको छ। कलेजका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा १३ जना विद्यार्थीले A+ग्रेड प्राप्त गरेका छन्। जसमध्ये विज्ञान संकायका ९ जना, व्यवस्थापन संकायका ३ जना र होटल म्यानेजमेन्ट संकायका १ जना विद्यार्थी रहेका छन्। त्यसैगरी १५६ जना विद्यार्थीले A ग्रेड प्राप्त गरेका छन् भने २४१ जना विद्यार्थीले B+ र B ग्रेड हासिल गरेका छन्। संकायगत नतिज

    • प्रकाशित मितिः असार ६, २०८३
    • 1,820 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीलाई रडले घोचेपछि तीनतलाबाट हाम्फालेका वृद्धको मृत्यु

    बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा घरायसी विवादपछि श्रीमतीलाई फलामको रडले घाइते बनाएका एक वृद्धको तीनतलाबाट हाम्फाल्दा मृत्यु भएको छ। शुक्रबार बिहान करिब ५:३० बजे ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरी घाइते बनाएका थिए। घाइते गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। उनको पेटमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। श्रीमतीलाई घाइते बनाएलगत्तै घिरेन राजवंशी घरको तेस्रो तलामा पुगेका थिए। त्यहाँबाट हाम्फाल्दा उनको टाउको,

    • प्रकाशित मितिः असार ५, २०८३
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु

    झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडक खण्डमा खेत जोतेर सडकमा निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे।४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे।१त ७४०४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र ५ वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगि

    • प्रकाशित मितिः असार ५, २०८३
    • 263 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved