समाचार

    Showing 2,221-2,230 of 10,129 items.
  • सरस्वती पूजाः बालबालिकालाई निःशुल्क स्वास्थ्य परिक्षण

    धरान। धरान १६ स्थित सिटि चिल्डेन हाउस मन्टेश्वरीमा सोमबार बालबालिकालाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण ७० जना बालबालिकाले गरेका मन्टेश्वरीकी निर्देशक ओमु राईले बताइन् । प्राविधिक सहयोग विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेका थिए । सरस्वती पुजाको अवसरमा बालबालिकाको अक्षाराम्भका अतिरिक्त धरानका विद्यालयले अन्य रचनात्मक क्रियाक्लाप गरेका छन्। 

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 537 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान केराबारी यामाहा माइलेज च्यालेन्ज,कस्ले जित्यो ?

    धरान । यामहा रे जेड आर १२५ हाइब्रिड माइलेज च्यालेन्ज सम्पन्न गरेको छ । यामाहको आधिकारिक विक्रेता धरान ८ स्थित शो रुमले उक्त च्यालेन्चको आयोजना गरेको हो । यामाहका प्रबन्ध निर्देशक प्रभाब खतिवडाका अनुसार धरानबाट मोरंगको केराबारी स्थित भ्यु रिसोर्ट सम्म २३ किलोमीटर स्कुटर रेस गरिएको हो । उक्त रेसमा देब बहादुर काकी प्रथम , प्रेसिका निरौला द्धितिय र सीताराम पौडेल तृतीय भए । यामाहको स्कुटरले कति माइलेन्ज दिन्छ भन्ने पुष्टि गर्न उक्त च्यालेन्जको आयोजना गरिएको खतिवडाले बताए ।

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 464 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘नो केबलकार’ पक्ष को बार्ता समिति गठन,वार्ता जारी

    काठमाडौं । ताप्लेजुङको पाथीभरा  क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेका आन्दोलनकारीहरूले पनि सरकारसँग वार्ता गर्न समिति गठन गरेका छन् । सरकारले आइतबार गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेपछि आन्दोलनकारीका तर्फबाट ‘मुक्कुमलुङ संरक्षक संस्थाका तर्फबाट वार्ता समिति गठन गरेको विज्ञप्ति मार्फत् जानकारी दिइएको छ ।अमर तुम्याहाङको संयोजकत्वमा गठित वार्ता टोलीमा राम मादेन, सरु सिंघक र शंकर सुब्बा सदस्य छन् । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद र आन्दोलन चर्किएको छ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको काम अघि बढेप

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 786 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बामा भुटान सेमिफाइनलमा छिर्यो

    धरान । इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ । भुटानले खेलको सातौ मिनेटमा नै अग्रता लिएको थियो । नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । दोस्रो ह

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 763 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • “नो केबलकार” अशान्त दमक,जनजीवन प्रभावित

    धरान । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ भने झापाको दमक दिउँसो तनाब ग्रस्त भयो । बन्दकर्ता र प्रहरीबीच पटकपटक झडप भयो । आइतबार दिउँसोदेखि शुरु भएको झडपका क्रममा एक जनालाई टाउकोमा चोट लागेको छ ।आन्दोलनकारीहरुले साना ठुला गरि तीन वटा सवारीमा तोडफोड गरेका छ्न । बन्द गराउने समुहका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।आइतबार दमकबाट पक्राउ परेका आन्दोलनकारीहरुमा पदम बेघा, धनकुमार योङ्हाङ, शु

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 641 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढाशुव्वामा धरान आउट,खार्साङ इन

    बुधरान । धरानमा जारीे  अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता. अन्तर्गत दोस्रो दिन भएको प्रतियोगिताबाट आयोजक धरान पहिलो चरणबाट बाहिरिएको छ ।धरान १६ रंगशालामा भएको प्रतियागिता अवधिभर दुवै टिमबाट एक÷एक बराबरीमा टुंगिएपछि युनाइटेड खार्साङ फुटबल क्लबले धरान फुटबल क्लबलाई सडनडेथको आधारमा पराजित गरेको हो ।खेल शुरु भएको १७ औ मिनेटमा खार्साङका खेलाडी खेमराज भुजेलले वीरन प्रधानको पासमा एक गोल गर्दै आफ्ना् टिमको खाता खोलेका थिए । तर खेलको ४४ औं मिनेटमा धरानका विनोद राईले वान भर्सेस वानमा १ गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यसयता दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा धकेल

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 730 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हरेक दिन सातजनाको सडक दुर्घटनामा मृत्यु,४० जना घाइते

    धरान । धरानका यातायात मजदुरहरुलाई आइतबार सडक दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । सडक दुर्घटनामा ज्यान गुमाउने र कारागार जाने चालकहरुको संख्या बढीरहेकाले बन्दकाबीच सवारीका चालकहरुलाई सडक सुरक्षा सचेतना गराइएको हो । विषय प्रस्तुत गर्नुहुँदै मजदुर नेता भीमज्वाला राईले नेपालको सार्वजनिक यातायात विकल्पहिन साधन भएपनि असुरक्षित रहेको तथ्य प्रस्तुत गर्नुभयो । प्रत्येक दिन न्युनतम सातजनाको ज्यान सडक दुर्घटनामा गइरहेको र न्युनतम ४० जना नागरिक घाइते भइरहेको बताउनु भयो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष रहनुभएका राईले सडक दुर्घटना हुनुमा भौतिक कारण, मानवीय कार

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 784 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रको धार्मिक स्थलको स्वरुप फेरिँदै

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका धार्मिक क्षेत्रको रुपमा प्रसिद्ध क्षेत्र हो । ऐतिहासिक , पुरात्वविक तथा पौराणिक महत्व बोकेका धार्मिक सम्पदाहरु रहेको नगरपालिकामा दैनिक रुपमा देश बिदेशवाट हजारौ मानिसहरु पर्यटकको रुपमा आउने गर्दछन् । भारतको विहार प्रदेशसंग नजिकको दुरीमा र पउजमा रहेको वराहक्षेत्रमा त्यहाँबाट उल्लेखनिय रुपमा मानिसहरु तिर्थालु, ब्रतालु तथा धार्मिक पर्यटकको रुपमा वराहक्षेत्र आउने गर्दछन् । वराहक्षेत्र नगरपालिकामा रहेको औलिया मठ क्षेत्र , वराहक्षेत्र मन्दिर र चतरा स्थित प्राचीन हरिद्वार चतराधा कुम्भ मेला क्षेत्र धार्मिक पर्यटकहरुको मुख्य आकर्षणको केन्द्रको रुपमा रह

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकप,सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड

    धरान । २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौे सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजकालागी सन्तोष खत्रीले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए । खत्रीले एन्ड्रीउ इबो यामाहाको पासमा गोल गरे । खत्री खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतिष्पर्धात्मक खेलमा पुलिसले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित भयो । पहिलो हाफ बराब

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 540 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान एन्फा कप फुटबलको उपाधी पूर्वाञ्चल र क्रिकेटमा बिश्वआदर्श च्याम्पियन

    सुनसरी– हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल कलेजले जितेको छ । इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुस्मा कलेजमाथी १–० गोलको जीत निकाल्दै पूर्वाञ्चलले उपाधी जितेको हो । पूर्वाञ्चललाई उपाधी जिताउन सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । उपाधीसंगै पूर्वाञ्चलले नगद ३० हजार रुपैया र शिल्ड हात पारेको छ । उपबिजेता बनेको सुस्मा कलेजले १५ हजार रुपैया पाएको छ । फाइनल खेलको म्यानअफद म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद १ हजार रुपैया पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोल

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 457 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved