विराटनगर/ विराटनगरमा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ आयोजना हुने भएको छ । मोरङ व्यापार संघको आयोजनामा अन्तराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गरिने तय भएको हो । ‘नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तर प्रादेशिक व्यापार संभावना उत्पादन र सेवाहरुको अन्तराष्ट्रिय बजार विस्तारको लक्ष्य राखिएको छ’ एक्स्पो आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘आर्थिक गतिविधि शिथिल भईरहेको बेला एउटा उर्जा दिने अपेक्षा राखेका छौं, स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढा
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतिबद्धता विपरित बजेट ल्याएको भन्दै सोमबारको प्रदेश सभामा चर्को विरोध भएको छ । गत शनिबार कार्कीले प्रदेशसभामा पेश गरेको आर्थिक विधेयक आइतबार सर्वसम्मत पारित भएको पनि विनियोजन विधेयक माथि भने चर्को विरोध गरेका हुन् । मुख्यमन्त्रीले मनमौजी रुपमा आफ्नो निर्वाचन क्षेत्र र निकट सांसदको क्षेत्रमा मात्र बजेट हालेको र अन्य क्षेत्रको बजेट कटौती गरेको भन्दै सांसदहरुले विरोध गरेका थिए । प्रदेशसभामा बोलेका १५ जना सांसदहरु सबैले विनियोजन विधेयकको विरोध गरेका थिए । आर्थिक मामिला मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले कुनै स्रो
धरान/ बालबालिकालाई स्वस्थ्य राख्न तथा भविष्यमा लाग्न सक्ने रोगबाट बचाउन नेपाल सरकारले निःशुल्क खोपको व्यवस्था गरिएको छ । विगतमा हस्पताल गएर हैरानीपूर्वक आफ्ना बच्चाहरुलाई खोप लगाउने गरे पनि संघीयतासँगै भएको स्थानीय सरकारले वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर सहज रुपमा उपलब्ध गरेपछि भने विगतको झन्झट व्यहोर्नुपर्ने अवस्था भने छैन । संघीयता पछिको स्थानीय सरकारले सर्वसाधारणको सहुलियतका लागि धेरै कामहरु गरेका छन् । यी मध्ये स्वास्थ्य सेवा पनि पर्दछ । वडा वडामै आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर वडाबाटै धेरै सेवाहरु प्रदान गर्दै आइरहेको छ । यस्ता सेवामध्ये बालबालिकालाई लाउनै प
धरान/ पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश घरेलु उद्योगमा पुगेको उद्योमीहरुले गुनासो गरेका छन् । नवौ उद्योग दिवसको अवसरमा घरेलु उद्योग तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगमीहरुले साना उद्योग बन्दै हुदै गएको प्रति चिन्ता व्यक्त गरेका हुन् । आयातित वस्तुसँग प्रतिष्र्धा गर्न नसक्दा प्रविधि तथा बजारको पहुचबाट टाँढा हुदा यस्तो समस्या आएको उनीहरुको गुनासो छ । ढाकाटोपी उद्यमी रविजाल लिम्बुले केही अगाडिसम्म ढाका टोपीको राम्रो कारोबार हुने गरेपनि अहिले हुन छाडेको बताएका छन् । लागत महँगो पर्ने भएकोले सस्तोमा विक्री गर्न नसकिएकाले पेशाबाटै विस्थापित हुने
धरान/ नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई कोशी प्रदेशभीत्र प्रभावकारी बनाउन नेकपा (एमाले) कोशी प्रदेशले तयारी थालेकोछ । बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्ये पहाडी लोकमार्गमा अभियान मार्फत आर्थिक, सामाजिक विकास र रुपान्तरणका पक्षमा हुनेगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको अगुवाईका अभियान सञ्चालन हुँदैछ । अभियान अन्तर्गत मंसिर २६ गते अभियान टोलीलाई स्वागत सहित उदयपुरको घुर्मीमा जनसभा हुनेछ । त्यस्तै मंसिरको २८ गते तेह्रथुमको बसन्तपुर र मंसिर ३० गते पाँथरको फिदिममा विशाल जनसहभागीतामा सभा हुनेछन् । घुर्मि, बसन्तपुर र फिदि
इलाम । इलामको धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा (कात्तिके पूर्णीमा) मेला लाग्न थालेको छ । कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो । मेलाको पहिलो दिन बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल बढेको छ । धाम आसपासमा हस्थायी टहराहरु निर्माण गरी ससाना होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् । गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको चहलपहल सुरु भएको छ । धाममा इभाङ्ग, तोभाङ, नाङरुङ, जीतपुर, धुसेनी एकतप्पा लगायतको बाटो हुँदै आउनेहरुको क्रम सुरु भएको छ । मेलाको अवसरमा आयोजित गजुर
विराटनगर/ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कार्यकारिणी सदस्य राजन श्रेष्ठको सभापतित्वमा स्वास्थ्य तथा सिप विकास समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति राजन श्रेष्ठको उपस्थितिमा महासंघमा स्वास्थ्य तथा सिप विकाशका लागि छुट्टै समिति विस्तार गरेको हो । समितिका सदस्यहरुमा डा. फरवाड सिलवाल, डा. शिव अधिकारी, विकास अधिकारी, कुमार खतिवडा, बाबुराम खतिवडा, योगेन्द्र प्रसाद मेहेता र आभाष श्रेष्ठ रहेका छन् । समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दे महासंघ अध्यक्ष राजेन्द्र राउतले अहिलेको अवस्थामा समितिले स्वास्थ्य र सिप विकासमा कार्य गरी प्रदेशको स्वा
विराटनगर/ कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले ल्याएको बजेट प्रतिस्थापन विधेयक कोशी प्रदेश सभाबाट पास भएको छ । कार्कीले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न शनिवार कोशी प्रदेश सभामा बजेट प्रतिस्थापन विधेयक पेस गरेका थिए । उनले पेस गरेको विधेयक आइतबार छलफल पछि सर्वसम्मतले पारित भएको हो । विधेयक पास गर्न एमालेले समेत सहयोग गरेको छ । एमालेले समेत बिधेयकमा समर्थन गर्दै पास गरेको हो । कार्कीले ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट अनुमान गर्दै बजेट प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेका थि
विराटनगर/ संखुवासभाको पाँचखपन नगरपालिकामा २०६८ सालसम्म बाटोको सुविधा थिएन । सदरमुकाम खाँदबारीसँग जोड्न भर्खरै बाटोको ट्र्याक खुल्दै थियो । ट्र्याक पनि पालिकासम्म पुगेको थिएन । पालिकाको वडा नम्बर ४ र ५ मा खानेपानीको हाहाकार थियो । टिमुरे भञ्ज्याङ, खानी, अर्चलेलगायतका गाउँमा खानेपानीको समस्याका कारण गाउँ छाडेर जानेको सङ्ख्या अधिक थियो । पालिकामा उच्च शिक्षा पढाइ हुने विद्यालय थिएन । इन्टरनेट त कल्पनाभन्दा बाहिरको कुरा थियो । २०६८ बाट २०७८ सम्म आइपुग्दा पाँचखपन नगरपालिकाका सबै वडा र टोलमा बाटोको ट्र्याक खुल्यो । हिउँद र बर्खा १२ महिनै सदरमुकामसम्म जान गाडी चल्छ । हिउँदमा सबै वडाका ट
धरान/ “लैङिगक हिंसाको अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता”को मूल नारा सहित धरान महिला सञ्जाल समितीले १६ दिने अभियान शुरु गरेको छ । शनिबार धरानको भानुचौक स्थित घण्टाघरको प्राङगणमा व्यानर र प्लेकार्ड प्रर्दशन सहित सो अभियानको घोषणा गरको हो । १६ दिने अभियानको शुरुवातको सफलताको लागि इलाका प्रहरी कार्यलय धरानले पनि “लैङिगक हिंसाको अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सवैको ऐक्यबद्धता”को मूल नारा सहित महिला प्रहरीको उल्लेख्य सहभागितामा प्रभात फेरी गर्दै साझेदारी, सहकार्य र ऐक्यबद्धता प्रकट गरेको महिला सञ्जाल धरान समितीकि सचिव ईन्द्रकला राई