बुढाशुव्वामा धरान आउट,खार्साङ इन

  • माघ २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बुधरान । धरानमा जारीे  अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता. अन्तर्गत दोस्रो दिन भएको प्रतियोगिताबाट आयोजक धरान पहिलो चरणबाट बाहिरिएको छ ।
धरान १६ रंगशालामा भएको प्रतियागिता अवधिभर दुवै टिमबाट एक÷एक बराबरीमा टुंगिएपछि युनाइटेड खार्साङ फुटबल क्लबले धरान फुटबल क्लबलाई सडनडेथको आधारमा पराजित गरेको हो ।खेल शुरु भएको १७ औ मिनेटमा खार्साङका खेलाडी खेमराज भुजेलले वीरन प्रधानको पासमा एक गोल गर्दै आफ्ना् टिमको खाता खोलेका थिए ।

तर खेलको ४४ औं मिनेटमा धरानका विनोद राईले वान भर्सेस वानमा १ गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यसयता दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा धकेलिएको थियो ।टाइबेकरमा समेत दुवै टिमबाट ५÷५ गोल भएपछि खेल सडन डेटमा पुगेको थियो सडन डेथमा धरानका तर्फबाट राजलाल थापाले गोल गरेका थिए भने मनोज राईले हानेको गोल गोल रक्षकले बचाएका थिए । यता खर्साङका तर्फबाट प्रविन राई र हेमराज भुलले हानेको प्रहार गोलमा परिणत भएका थियो ।
आजको दोस्रो खेलको म्यान अफ द म्याच खर्साङका हेमराज घोषित हुदै नगर १० हजार, ट्रफी र प्रमाणपत्र हात पारे । भोलिको खेल तेस्रो क्वाटरफाइनल खेल राजा क्लब इटहरी र भुटानको आरटिसीएफटी बीच हुने आयोजकले जनाएको छ ।पाँच÷पाँच पटक बुढासुब्बा गोल्डकपमा पुगेर पनि हार व्यहोर्दै आएको आयोजक धरान फुटबल क्लबले तीन जना विदेशी खेलाडीहरुलाई क्लबबाट खेलाए पनि २५ औ संकरणमा पहिलो खेलबाटै बाहिरिएको छ ।

घरेलु मैदानमा समेत पटक पटक हार व्यहोर्नुलाई खेल कमजोर नभई भाग्यले साथ नदिएको क्लबका अध्यक्ष प्रताव तामाङले जानकारी दिनुभयो ।

 

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved