हिसान एन्फा कप फुटबलको उपाधी पूर्वाञ्चल र क्रिकेटमा बिश्वआदर्श च्याम्पियन धरान मेघा हिमालयन र धरान उच्च मावि हिसान बास्केटवल च्याम्पियन

  • माघ १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी– हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल कलेजले जितेको छ ।
इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुस्मा कलेजमाथी १–० गोलको जीत निकाल्दै पूर्वाञ्चलले उपाधी जितेको हो ।

पूर्वाञ्चललाई उपाधी जिताउन सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । उपाधीसंगै पूर्वाञ्चलले नगद ३० हजार रुपैया र शिल्ड हात पारेको छ । उपबिजेता बनेको सुस्मा कलेजले १५ हजार रुपैया पाएको छ । फाइनल खेलको म्यानअफद म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद १ हजार रुपैया पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता पूर्वाञ्चलका सिजल राई घोषिता भए । उनले सर्वोत्कृष्ट भए बापत नगद ५ हजार र उच्च गोलकर्ताको ३ हजार सहित ८ हजार पुरस्कार पाए । पूर्वाञ्चलकै सुमित राई बेस्ट गोलकिपर, सकक्षम प्रधान बेस्ट मिडफिल्डर र सजिवन राई बेस्ट प्रशिक्षक घोषित भए । सुस्मा कलेजका देबराज श्रेष्ठ बेस्ट फरवार्ड र युसन राई बेस्ट डिफेन्स घोषित भए । उनीहरुले जनही नगद २–२ हजार रुपैया पाए ।

बिजेता तथा उपबिजेता खेलाडीहरुलाई प्रमुख अतिथी हिसान केन्द्रिय सल्लाहकार लेखनाथ घिमिरे, सुनसरी अध्यक्ष सागर भटराई, सचिव सुभाष लुईटेल, एन्फा सुनसरी बरिष्ठ उपाध्यक्ष भेषराज कार्की, महासचिव कोबिदजंग कार्की, सदस्य प्रकाश कोइराला लगायतले पुरस्कार बितरण गरे ।

अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी र उच्च माध्यमिक शिक्षालय संघ हिसान सुनसरीको संयुक्त आयोजनामा माघ १२ गतेदेखी भएको प्रतियोगितामा सुनसरीका २३ वटा उच्च माबिहरुको सहभागीता रहेको सुनसरी जिल्ला फुटबल संघका महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।
क्रिकेटको उपाधी बिश्वआदर्शलाई
हिसान सुनसरीको स्पोर्ट मिट अन्तर्गत क्रिकेट प्रतियोगिताको उपाधी बिश्वआदर्श कलेजले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा बिश्वआदर्शले स्मलहेभन कलेजलाई ५ बिकेटले पराजित गर्दै उपाधी जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको स्मल हेभनले निर्धारित १२ ओभरको खेलमा ५ विकेट गुमाउदै ८५ रन जोडेको थियो ।

प्रतिउत्तरमा ८६ रनको बिजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको बिश्वआदर्शले १० दशमलव २ बलमा ५ विकेट गुमाउदै जीत हात पारेको हो । माघ १३ गतेदेखी भएको क्रिकेट प्रतियोगितामा सुनसरीका ११ वटा कलेजहरुको सहभागिता रहेको थियो । यसैवीच इटहरीका पत्रकार कृष्ण वहाब भट्टराई २५ हजार राशीको हिसान पत्रकारिता पुरस्कारबाट सम्मानित यस वर्ष सम्मानित गरिएको छ ।

kkkk
===========================================================================
धरान मेघा हिमालयन र धरान उच्च मावि हिसान बास्केटवल च्याम्पियन
बिकास चाम्लिङ राई
हिसान सुनसरीको ११ औ स्पोर्टस मिट अन्तर्गत भएको हिसान बास्केटवल च्याम्पियनसिपको उपाधि धरान मेघा हिमालयन कलेज र धरान उच्च माविले चुमेको छ ।

hishan basketball
धरान मेघा हिमालयनले पुरुष तर्फको उपाधि चुमेको हो भने धरान उच्चले महिला तर्फको उपाधि चुमेका हुन । पुरुष तर्फको फाइनल खेलमा धरान मेघाले धरान उच्चलाई ४६–२५ र महिला तर्फको खेलमा धरान उच्चले धरान मेघालाई २०–१८ अंकले पराजित गर्दै उपाधि जितेका हुन । उपाधि संगै धरान मेघा र धरान उच्चका खेलाडिहरुले ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगिताको उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयरको उपाधि पुरुष तर्फ धरान मेघा कलेजका प्रशान्त तामाङ र महिला तर्फ धरान उच्चका कासाङमा लिम्वु घोषित भए । यसैगरि फाइनल तर्फको म्यान अफ द म्याच पुरुष र महिला दुवै तर्फ धरान मेघा हिमालयनका सेजेन गुरुङ र स्वेता राई घोषित भए । उनिहरुले ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । यसै गरि फाइनल खेलका टिम क्याप्टेन, कोच, म्यानेजर र व्यक्तिगत पुरस्कार विजेता खेलाडिहरुलाई प्रतियोगिताका प्रायोजक केआइइसि इटहरी र एक्सपर्ट भिसा सर्भिसले गिप्mट ह्याम्पर प्रदान गरेको थियो ।
पुरुष तर्फको फाइनल खेलमा सहज जित निकालेका धरान मेघा र धरान उच्चले प्रत्येक क्वाटरमा ८–४, १५–४, ९–२ र १४–१५ अंक जोडेका थिए । यसै गरि महिला तर्फको खेल भने प्रतिश्पर्धात्मक रहेको थियो । प्रत्येक क्वाटरमा धरान उच्च र धरान मेघाले २–५, ९–०, ३–६ र ६–७ अंक जोडेका थिए । विजेता तर्फ उपविजेता खेलाडिहरुलाई प्रतियोगिताका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई, सिहान केन्द्रिय सदस्य गंगा चौलागाई, हिसान सुनसरी उपाध्यक्ष नेत्र सुवेदि लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता व्यवस्थापन तथा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघले गरेका थिए । प्रतियोगिामा महिला तर्फ ३ र पुरुष तर्फ १० टिमले सहभागिता जनाएको थियो ।।

 

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved