समाचार

    Showing 2,191-2,200 of 8,412 items.
  • मजदुरको आँखा उपचार नि:शुल्क

      धरान/  धरान आइ केयर सेन्टरले मजदुर तथा आश्रित परिवारको आँखा चेकजाँच तथा मोतिबिन्दुको शल्यक्रिया निशुल्क गरिदिने भएकोछ । शुक्रबार सेन्टरका प्रमुख मनोज सुनामले, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीका अध्यक्ष भीमज्वाला राई सहितका नेतृत्वसंगको छलफलमा सेन्टरले यस्तो घोषणा गरेको हो । सेन्टरले मजदुर तथा मजदुरका आश्रित परिवारको आँखाको चेकजाँच, औषधी, शल्यक्रिया निशुल्क गरिदिने घोषणा गरेको हो । सहमति अनुसार आँखा चेकजाँ मंसिर २२ गतेदेखिनै सुरु हुनेछ, जाँच गरिएकामा मोतिबिन्दु देखिएमा मंसिरको २९ र ३० गते शल्यक्रिय

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • 1,694 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्वसाधारणलाई सुरक्षा देऊ

    जङ्गली हात्तीको आक्रमणबाट यसै मङ्सिर महिनामा मोरङ, सुनसरी र झापामा चारजनाको मृत्यु भएको छ । मोरङ, सुनसरी र झापामा पर्ने चारकोसे जङ्गलमा पछिल्लो समय हात्तीको बथानले विध्वंस मच्चाइरहेका समाचार विभिन्न सञ्चारमाध्यममार्पmत् प्रकाशमा आइरहेका छन् । २५–३० वटा हात्तीको बथानले उपर्युक्त तीन जिल्लामा पूर्व–पश्चिम लोकमार्गबाट उत्तरी र दक्षिणी क्षेत्रमा प्रवेश गरेर हात्तीले आतङ्क मच्चाएको समाचारमा उल्लेख छ । हात्तीको बथानले मानव बस्तीमै प्रवेश गर्ने गरेको समाचारले सबैलाई त्रस्त बनाएको छ । त्यस क्षेत्रमा जङ्गली हात्तीले आतङ्क सिर्जना गरेको यो पहिलोपटक होइन । यसअघि पनि सो क्षेत्रमा हात्तीले बा

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 415 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आफ्नो पार्टी र नेतृत्वविरुद्ध गतिबिधि भएको भन्दै प्रदेशसभामा एमालेको विरोध

    विराटनगर/ पार्टी र नेतृत्व विरुद्ध कोशी प्रदेशमा विरोध प्रदर्शन चरणबद्ध रुपमा हुन थाले पछि एमालेका संसदहरुले प्रदेशसभा विरोध जनाएका छन् । एमाले अहिले संकल्प यात्रा झुलाघाट–चिवाभञ्ज्याङको अभियानमा छ । अभियानका क्रममा कोशी प्रदेशमा विरोध प्रदर्शन गर्ने भन्दै प्रचारबाजी गरिदै आएको छ । बुधबारको कोशी प्रदेशसभा बैठकमा दलको तर्फबाट समय लिएर बोल्दै तिलकुमार मेन्याङ्बोले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ‘प्रवेश गर्न नदिने’ भन्दै गरिएको प्रचारप्रति विरोध गरेको छन् । मुलुकका पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गर्ने प्रचार दुःखद् र संविधान विरोधी भएक

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 322 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी कोभिड अस्पतालका औजार उपकरणमा खिया लाग्दै

    विराटनगर/  कोभिडको महामारीको बेला नागरिक, दातृ संस्था र प्रदेश सरकारले स्थापना गरेको कोशी कोभिड अस्पताल सञ्चालनमा समस्या भएको छ । प्रदेश सरकारले पटक पटक नाम र उद्देश्य फेरेर अस्पताल सञ्चालनको प्रयास गरे पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । कोभिड महामारीका बेला सञ्चालनमा आएको अस्पताल अढाई वर्षदेखि सञ्चालन हुन नसक्दा त्यहाँ रहेका अर्बौँ रुपैयाँका औजार उपकरण बिग्रने अवस्थामा पुगेका छन् । अस्पतालमा अहिले एक सय ३० वटा अत्याधुनिक बेड रहेका छन् । अस्पतालमा ८० वटा आइसियु, भेन्टिलेटर ३० र अल्ट्रासाउन्ड मेसिन ४ वटा रहेको कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्विस सरकारले उक्त

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 419 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अदुवा खेतिबाट कृषक लाभान्वित

    धरान/ अदुवाले यस बर्ष उच्च मूल्य पाएको छ । भारतमा अत्याधिक अदुवाको माग बढेसँगै विगतका बर्षहरुको तुलनामा मूल्य अत्याधिक बृद्धि भएको कृषि उपज बजारले जनाएको छ । उच्चतम् मूल्य बृद्धिको सूचिमा यो बर्ष अदुवाले रेकर्ड नै राखेको धरान स्थित कृषि उपज बजार स्थलले जनाएको छ । मूल्य बढेपछि कृषक र व्यापारी उत्साहित देखिएका छन् । धनकुटाको साँगुरीगढी ७ का कृषक पूर्णबहादुर राई अदुवाले यस बर्ष उच्चतम मूल्य पाएकोमा दंग देखिन्थे । उनले आफूले अदुवाको खेति गरेदेखिको अहिलेसम्म यतिको मूल्य कहिल्यै नपाएको बताए । कुनै बेला अदुवाको भाउ नभएर बारीमै कुहाएर राख्नुपर्ने अवस्थासम्म रहेको स्मरण गर्दै उनले विगतमा प्रतिक

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • 719 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विकास संस्थाले बचत तथा ऋणको कारोबार गर्न नपाउने

    इटहरी । इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई बचत तथा ऋण सम्बन्धी कारोबार गर्न रोक लगाएको छ । सामाजिक कार्य गर्ने टोल विकास संस्थाहरू बचत तथा ऋणको कारोबार गर्दै सहकारी बन्न खोजेको भन्दै इटहरी उपमहानगरपालिकाले आर्थिक कारोबार गर्न रोक लगाएको छ । इटहरीका २० वटै वडाका सबै टोल विकास संस्थाहरूले बचत तथा ऋणको कारोबार गर्दै आएका थिए । इटहरी उपमहानगरपालिकाले सोमबार वडा कार्यालय मार्फत सम्पूर्ण टोल विकास संस्थाहरूलाई एक परिपत्र जारी गर्दै बचत तथा ऋण सम्बन्धी कुनै पनि आर्थिक कारोबार नगर्न, नगराउन भनेको छ । उपमहानगरपालिका द्वारा जारी पत्रमा भनिएको छ, ‘टोल विकास संस्थाहर

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विष्णुमा मिनी प्रदर्शनी सम्पन्न

    धरान । दशै तिहारको बिदामा गृहकार्य स्वरुप दिइएको गृहकार्यमा विद्यार्थीहरुले तयार गरेको सचेतनामुलक सामग्रीहरुको धरान स्थित विष्णु मेमोरियल उच्च माध्यमिक विद्यालयले मिनि प्रदर्शनीको आयोजना गरेको छ । दशै देखि छठ सम्मको विदामा विद्यार्थीहरुले विद्यार्थीहरूले कक्षाकोठामा हासिल गरेका विभिन्न विषयको सैद्धान्तिक ज्ञान तथा सृजनात्मक क्षमतालाई व्यवहारिक रुपमा सिक्न सिकाउन गृहकार्य दिएको थियो । विद्यार्थीहरुलाई विविध परियोजना कार्य तथा मोडेल तयार गर्नका निम्ति दिइएको गृहकार्यका रुपमा तयार गरेका परियोजना कार्य तथा मोडेल समावेश गरि गत मंसिर १७ गते प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा विद्यार्थी र अभिभावक

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 431 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भूकम्पपीडितका लागि एमाले धरानद्वारा राहत रकम हस्तान्तरण

    धरान । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पिडित बनेकाहरुलाई राहत स्वरुप सहयोग गर्ने नेकपा एमालेको केन्द्रिय घोषणालाई सहयोग गर्न एमाले धरान उपमहानगर कमिटीले संकलन गरेको रहक हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि रुकुम र जाजरकोटका भूकम्पपीडितका लागि १ लाख ६६ हजार ४ सय २५ रुपैया एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज शेरधन राईलाई रकम हस्तान्तरण गरेको हो । भूकम्पपीडितका लागि १ लाख ६१ हजार १ सय २५ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ भने १८ नम्बर वडा कमिटीबाट प्राप्त नगद ५ हजार तीन सय रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गर

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘लोकतन्त्र माथि प्रहार हुँदा पनि गठबन्धन सरकार मौन छ’

    धरान । देशमा अस्थिरता पैदा गरेर लोकतन्त्र माथि प्रहार भइरहेको अवश्थामा पनि गठबन्धन सरकार मौन बसेको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले आरोप लगाएका छन् । अनेक बहानामा प्राप्ती उपलब्धीलाई ध्वस्त पार्न धावा बोलिरहेको अवश्थामा पनि गठबन्धन सरकार कान तेल हालेर बसेकै कारण एमालेले संकल्प यात्रा शुरु गर्नुपरेको उनले दाबी गरे । मंगलबार नेकपा एमाले धरान उपमहानगर कमिटीद्वारा आयोजित भुकम्प पिडितलाई राहत रकम हस्तान्तरण तथा संकल्प अभियानको विषयमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रममा संस्थापक मुख्यमन्त्री समेत रहेका राईले लोकतन्त्रलाई अप्ठ्यारोमा धकेल्ने काम भइरहँदा गठबन्धन सरक

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 395 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुईदिने धरान म्युजिक फेस्ट सम्पन्न दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान

    धरान/  लामो समय सुस्ताएको धरानको साङ्गीतिक चहलपहल ‘धरान म्युजिक फेस्ट’ सँगै पुनः जुर्मुराएको छ । मङ्सिर १५ र १६ गते दुई दिन धरानको पब्लिक हाइस्कुलको खेल मैदानमा आयोजित ‘म्युजिक फेस्ट’ मा धरान गुञ्जायमान बन्यो । धरानको सांगीतिक माहोललाई तताउँदै दर्शकहरुको बाक्लो उपस्थितिमा भव्य रुपमा सम्पन्न ‘धरान म्युजिक फेस्ट’ धरानका उदाउँदो प्रतिभालाई ठूलो ‘प्लेटफर्म’ दिन र पूर्ण मनोरन्जनका प्रदान गर्न आयोजना गरिएको आयोजक सिल्भर इन्टरटेन्टमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए । सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा भएको ‘धरान म्युजिक फेस्ट

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • 464 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved