विराटनगर/ विराटनगर महानगरपालिकाको आयोजनामा नौमती पञ्चेबाजा सम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले एक समारोहका बीच उद्घाटन गरेकीछिन् । कार्यक्रममा उपमेयर कार्कीले महानगरले भौतिक संरचनाको विकास सँगसँगै अन्य क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेको जानकारी दिईन । उनले महानगरले सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, परम्परा र रितिरिवाज सम्मान गर्नुका साथै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । पछिल्लो समय सहर बजारमा समेत नौमती पञ्चेबाजाप्रतिको आकर्षण बढ्दै गएको उनको भनाइ थियो । उपमेयर कार्कीले नेपाली भौतिक संस्कृतिसँग जोडिएको नौमतीब
धरान/ निजि क्षेत्रबाट संचालित उद्योगहरुको विद्युत प्राधिकरणले लाइन काट्न थाले पछि उद्योगी व्यवसायीहरुले आपत्ति जनाउँदै लाइन जडान गरि उद्योग संचालनमा सहजता प्रदान गर्न माग गरेका छन् । प्रधानमन्त्रीको निर्देशनमा हजारौ सर्वसाधारणलाई रोजगारी प्रदान गर्दै आएको उद्योगहरुको लाइन काटेको विषयमा सुनसरी उद्योग वाणिज्य संघ र सम्बन्धित उद्योगहरुले आपत्ति जनाउदै संचालनमा सहजता प्रदान गर्न माग गरेका हुन् । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा पत्रकार सम्मलेनको आयोजना गर्दै उद्योगको लाइन काटेको विषयमा आपत्ति जनाएको हो । संघका अध्यक्ष विजय श्रेष्ठले कोभिडको महामारी पश्चात मुलुकको अर्थतन्त्र लयमा फर
इलाम/ आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । सूर्योदय नगरपालिका १ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । ‘ वर्षमा २७ देखि ३१ मन सम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक रु. आठ–दश लाख बचत हुन्छ’ उनले भने । अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको उनले बताए । जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँ
विराटनगर/ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङ व्यापार संघ ट्रेड एक्सपो अवलोकन गरेका छन् । उनी बुधबार अपरान्ह एक्सपो स्थल विराटनगर– २ स्थित शंकरपुर मार्ग पुगेका थिए । आफूसहित सुरक्षाकर्मी र सचिवालयका कर्मचारीको नाममा एक सय दरका दशवटा टिकट आफै खरिद गरे । त्यसपछि प्रवेशद्वारमा खटिएका प्रतिनिधिलाई टिकट देखाएर एक्सपो परिसरभित्र प्रवेश गरे । व्यापार संघका अध्यक्ष नविन रिजालले भने,“टिकट काटेर नै यस्ता आयोजनाहरु अवलोकन गर्नुपर्छ भन्ने विराटनगरबासीलाई सन्देश दिन मुख्यमन्त्रीले प्रयास गर्नु भएको हो ।” मुख्यमन्त्री कार्कीका स्वकीय सचिव दिवश राजवंशीका अनुसार कार्कीले
झापा/ मनमोहन अस्पताल बिर्तामोड र मृतकको परिवारबीच सहमति भएको छ । सहमतिसँगै मंगलबार विहानदेखि अस्तापलमा भएको तनाव सकिएको छ । अस्पतालले घटनाको छानविन गर्ने भनेपछि दुई पक्षबीच सहमति भएको अस्पतालका कार्यकारी प्रमुख रोमणी भट्टराईले जानकारी दिए । पीडित परिवारले दुई जना बच्चाको शिक्षा र भरणपोषण अस्पतालले व्यवहोर्नुपर्ने सर्त राखेको थियो । सूचना अनुसार अस्पतालले १३ लाख क्षतिपूर्ति दिएको बुझिएको छ । तर, अस्पतालका कार्यकारी प्रमुख भट्टराईले नगदको विषय खुलाएनन् । सोमवार विहान खुट्टा सुन्निएर उपचारका लागि बिर्तामोड–३ निवासी नर्वदा बाँस्कोटालाई मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचार
विराटनगर/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले सम्भावित उमेदवारको नाम सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लागत रुपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरको हो । कांग्रेस कोशी प्रदेश समितिका सूचना तथा संचार संयोजक बासु कोइरालाका अनुसार संघीय सरकारमा यसअघि मन्त्री रहिसकेका चार जना सिफारिसमा परेका छन् । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मिनेन्द्र रिजाल र सूजाता कोइरालाको नाम सिफारिस भएको छ । प्रदेश समितिले पूर्वसांसद डिला
इनरुवा/ सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धूप बनाउनेसम्बन्धी एकदिने तालिम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष विनीता दाहालका अनुसार इनरुवा नगरपालिका–३ र ५ नम्बर वडाका दाहाल गृहिणी दिदीबहिनी महिलाहरुलाई व्यावसायिक बनाउन धूप बनाउने तालिम प्रदान गरिएको छ । इनरुवाका दुई वटा वडाका ४० जना गृहिणी महिलालाई धूप बनाउने तालिम दिइएको दाहालले जानकारी दिईन । तालिमको समापनको अवसरमा संस्थाका अध्यक्ष दाहालले सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने
दमक/ हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण एवम् मानव–हात्ती सहअस्तित्वका लागि नेपाल र भारत दुबैतर्फ काम सुरु भएको छ । भारतको अछामदेखि पश्चिम बङ्गाल राज्यको महानन्द वाइल्डलाईफ सेङ्गचुरी हुँदै कोशीटप्पुसम्म घुम्न आउने जङ्गली हात्तीले गर्दा झापामा मानव–हात्ती द्वन्दको अवस्था विकराल बन्दै गएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती नियन्त्रणका लागि भएका असल अभ्यासको अनुसरण र जोखिम न्यूनीकरणका लागि चासो राखेपछि यहाँ भएका असल अभ्यासहरूको विषयमा लिखित रूपमा जानकारी गराएको मेचीनगर नगरपालिका–४ का वडा अध्यक्ष अर्जुन कार्कीले बताए । मुख्यमन्त्री कार्
धरान/ किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व शुरु भएको छ । पुर्वका विभिन्न शहरहरुमा किरातजन्य सामाजिक संघसंस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम गरि पर्व मनाउन शुरु गरेका हुन् । धरानमा पनि किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा पाँच दिने चासोक तङनाम मंगलबार देखि शुरु भएको छ । मंगलबार बिहान बृहत र्याली प्रदर्शन गर्दै चुम्लुङ हिममा चासोक शुरु भएको हो । उनीहरुले यस वर्ष कोशी प्रदेशको नामाकरण खारेजीको मागलाई प्रमुख नारा बनाएका छन् । छाताचोकस्थित पुरानो हस्पिटलबाट सुरु भएको र्याली भानुचोक हुँदै धरान १५ स्थित चुम्लुङ हिममा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा स
धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ मा पर्ने भेडेटार पर्यटकीय गन्त्वय स्थलको रुपमा नेपालमात्र हैन भारतमा समेत प्रख्यात बन्दै गएको छ । समुद्री सतहबाट १४२० देखि १७०५ मिटरको उचाइसम्म रहेको यो स्थानलाई सिएनएनको सर्वेक्षणले विश्वको घुम्नै पर्ने १२ गन्तव्य स्थलको रुपमा समेत लिएको छ । यसले गर्दा पनि भारतीय पर्यटकको आगमनमा वृद्धि हुदै गएको हो । विगतमा फाट्टफुट्ट भारतीय पर्यटक देखिने भेडेटारमा अहिले भारतीय पर्यटक अत्याधिक आउने गरेको पाइएको छ । अझ प्रत्येक बर्ष होटल एसोसिएसन भेडेटारले आयोेजना गदै आएको फुडफेस्टिवलले यहाँ आउने भारतीय पर्यटक तान्ने माध्यम बनेको छ । ‘भेडेटार प्रकृति