समाचार

    Showing 2,101-2,110 of 10,127 items.
  • वराहक्षेत्र मेयर लिग कप : पहिलो खेल बराबरी,दोस्रो खेलमा वडा नं ३ को जित

    चतरा/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताू अन्तर्गत बिहीबार सम्पन्न खेलमा वडा नं ७ र वडा नं ९ को खेल बराबरीमा टुंगिएको छ। निर्धारित र अतिरिक्त समयसम्म एक-एक गोलमा रोकिएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन्। यस बराबरीसँगै दुई खेल खेलेको वडा नं ७ ले १ अंक मात्र जोड्न सकेको छ भने वडा नं ९ ले १ जित र १ बराबरी गर्दै ४ अंक पुर्‍याएको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ७ का सोहन बस्नेत म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँसहित ट्रफी प्राप्त गरे। त्यस्तै, बिहीबारकै दोस्रो खेलमा वडा नं ३ ले वडा नं ८ ला

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रथम कोशी प्रदेश खेलकुद महोत्सव: प्रदेशस्तरीय कबड्डीको उपाधि मोरङलाई

    विराटनगर/  कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । बुधबार विराटनगरस्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो । मोरङले झापाको २० अंकविरुद्ध ३१ अंक हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको हो। कोशी प्रदेशका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा मोरङले उपाधिसँगै ट्रफी, मेडल र एक लाख नगद पुरस्कार प्राप्त गरेको छ भने झापाले उपविजेताको ट्रफी , मेडल र ५० हजार नगद पुरस्कारमा चित्त बुझाएको छ

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सात वर्षमा पनि सञ्चालनमा आएन डेरी उद्योग: अनुदान र लगानी बालुवामा पानी?

    इलाम/  इलाम नगरपालिका–५ मा नेपाल सरकारको अनुदानमा स्थापित डेरी उद्योग सात वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। एक जिल्ला, एक उत्पादन कार्यक्रमअन्तर्गत करोडौँ रुपैयाँको लगानीमा स्थापना गरिएको उद्योग सञ्चालन नहुँदा अनुदान मात्र पचाइएको आशंका गरिएको छ। डेरी उद्योगका लागि २०७३/०७४ मा १ करोड ६७ लाख ५० हजार रुपैयाँ अनुदान प्राप्त भए पनि उद्योग सञ्चालनमा आउन सकेको छैन। २०७४ मै भवन निर्माण र मेसिन खरिद भए पनि अहिलेसम्म मेसिन परीक्षण र जडानको काम अधुरो छ। सरकारले ५० प्रतिशत अनुदान र ५० प्रतिशत स्थानीय लगानीको मोडेलमा उद्योग स्थापना गरेको थियो। इलाम एग्रिटेक प्रालि नामक कम्पन

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चाँदनीको शव फेला प्रकरण प्रेम सम्बन्धका कारण हत्या

    विराटनगर/ विराटनगरमा खाल्डोभित्र शव फेला परेकी १४ वर्षीया चाँदनी यादवको हत्याको मुख्य कारण प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट पत्ता लागेको छ । घटनामा ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।प्रहरीले बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का आधारमा सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर ज्यान सम्बन्धी कसुरमा मंगलबार मुद्दा दर्ता गरेको हो । चाँदनीको हत्या आफ्नै अभिभावक र मावली परिवारका सदस्यले गरेको यकिन भएको छ । विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्रै माघ ११ गते दिउँसो चाँदनीको हत्या भएको थियो । घाँटी थिचेर मारेपछि राति मामाघरनजिकै खाल्डो ख

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपांगता बिद्यालयमा भौतिक संरचनाको अभाव

    धरान/ बौद्धिक आगताहरुलाई लक्षित गरी धरान १६ मा सञ्चालित सुस्त मनःस्थिति बाल कल्याण विद्यालयले सोमबार ३७ औ अभिभावक दिवस एवम् बार्षिक उत्सवसँगै विद्यार्थीहरुलाई लक्षित गरी बनाइएको छात्रावासको उद्घाटन कार्यक्रम सम्पन्न गर्‍यो । सो अवरमा सञ्चालन समितिका पदाधिकारी, शिक्षक ता कर्मचारीहरुले सरकारी स्तरबाट पर्याप्त सहयोग नहुदा बौद्धिक अपांगता भएकाहरुको क्षमता अभिवृद्धिमा समस्या भएको बताएका थिए । धरान १६ मा रहेको सुस्त मनस्थिति विद्यालय जसले धरानमा रहेका बौद्धिक अपांगता भएका बालबालिकालाई शिक्षा प्रदानसँगै हेरचाहमा ठूलो सहयोग पुगेको छ । अहिले यो विद्यालयमा ८८ जना बौद्धिक अपांगता भएकाहरु अध्य

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 524 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप : वडा नं. ५ र ४ को शानदार जित, वडा नं. ११ बाहिरियो

    चतरा/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय "वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड" फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न खेलहरूमा वडा नं. ५ र वडा नं. ४ विजयी भएका छन्। पहिलो खेलमा वडा नं. ५ ले वडा नं. १० लाई १-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो। यो जितसँगै वडा नं. ५ ले ६ अंक जोड्दै लिग तालिकामा बलियो स्थान बनाएको छ। निर्णायक गोल गरेका अर्जुन कुवर म्यान अफ द म्याच घोषित भए, जसले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे। त्यस्तै, बुधवारकै दोस्रो खेलमा वडा नं. ४ ले वडा नं. ११ लाई १-० गोल अन्तरले पराजित गर्यो। यो जितसँगै वडा नं. ४ ले प्रतियोगितामा

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 478 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महाशिवरात्रीमा पिण्डेश्वर मन्दिरमा भक्तजनको घुइँचो, धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड

    धरान/आज महाशिवरात्री, भगवान शिवको विशेष दिन । कोशी प्रदेशभरका शिवालयझैँ धरान–१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा पनि विहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। महाशिवरात्रीलाई हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व मानिन्छ। धार्मिक ग्रन्थहरू अनुसार यो चार प्रमुख रात्रीहरूमध्ये एक हो, जसलाई ‘कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री’ भनिन्छ। यस दिन शिव पूजाअर्चना, व्रत बस्ने र दूध, धतुरो तथा बेलपत्र चढाउने परम्परा रहँदै आएको छ। धरानको पिण्डेश्वर मन्दिरको धार्मिक महत्वका कारण यहाँ साउन महिनाको सोमबारझैँ शिवरात्रीमा पनि ठूलो संख्यामा भक्तजनहरू आउने गर्छन्। मन्दिर व्यवस्थापन समि

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 456 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सौखबाट समृद्धिसम्म : धरानका लाहुरे बस्तीमा फूलखेतीले फस्टायो व्यवसाय

    धरान/  कुनै समय सौख पूरा गर्न रोपिएको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको मुख्य स्रोत बन्न पुगेको छ। घर सजावटका लागि रोपिएका फूलहरूले व्यवसायिक रूप लिँदै मासिक लाखौँ आम्दानी दिने माध्यम बनेका छन्। धरान-१९ का विश्व लिम्बूले आफ्नै घर सजावटका लागि फूल सङ्कलन गर्ने रहरले नै व्यावसायिक फूलखेतीमा हात हाल्ने प्रेरणा दिएको बताउँछन्। आठ वर्षदेखि नर्सरी सञ्चालन गर्दै आएका लिम्बूले हाल मासिक एक लाख रूपैयाँसम्मको फूल बिक्री गर्छन्। धरान-११ की शिवमाया राईले पनि मनी प्लान्टका दुईवटा बिरुवाबाट सुरु गरेको सौख अहिले मासिक दुई लाख आम्दानी दिने व्यवसायमा परिणत भएको छ। धरानका लाहुरे बस्तीमा अहिले ग

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २५ जोडीको दाइजो निषेध सामुहिक विवाह

    झापा/ झापाको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गरिदिन पत्राचार गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए। विश्व हिन्दू परिषद् नेपालसँगको सहकार्यमा अर्जुनधारा नगरपालिका–७ स्थित धामको मन्दिर परिसरमा सामूहिक विवाह उत्सवको आयोजना गरिएको हो । उनका अनुसार नयाँ वर्ष २०८२ को वैशाख २ गते विवाहको मिति निर्धारण गरिएको छ। वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेका आधारमा अभिभावकको उपस्थितिमा जोडीहरुको हिन्दू परम्पराअनुसार

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 702 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोलियाबाट २२ करोड,किसानले पाउँदैनन् उचित मूल्य

    इलाम/ इलामबाट वार्षिक रूपमा गोलिया काठ निकासीबाट २२ करोडभन्दा बढी राजस्व संकलन हुने गरेको छ। डिभिजन वन कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७९/८० मा २३ करोड २१ लाख रुपैयाँ संकलन भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षमा ६० लाख दुई हजार पाँच सय ६९ क्युबिक फिट काठ निकासी भएको थियो। जिल्लाबाट साल, उत्तिस, मलातो, चिलाउने, मौवालगायतका काठ गोलियाको रूपमा बिक्री हुने गर्दछ। वन पैदावार आपूर्ति समिति, सामुदायिक वन विकास, बेवारिसे मुद्दामा बरामद काठ बिक्री, निजी वन र राष्ट्रिय वनबाट राजस्व संकलन गरिएको हो। इलाममा गोलिया कटान तथा निकासी गर्ने व्

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 548 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved