वराहक्षेत्र मेयर लिग कप : वडा नं. ५ र ४ को शानदार जित, वडा नं. ११ बाहिरियो संगम बिष्ट

  • फागुन १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय "वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड" फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न खेलहरूमा वडा नं. ५ र वडा नं. ४ विजयी भएका छन्।

पहिलो खेलमा वडा नं. ५ ले वडा नं. १० लाई १-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो।

यो जितसँगै वडा नं. ५ ले ६ अंक जोड्दै लिग तालिकामा बलियो स्थान बनाएको छ। निर्णायक गोल गरेका अर्जुन कुवर म्यान अफ द म्याच घोषित भए, जसले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे।

त्यस्तै, बुधवारकै दोस्रो खेलमा वडा नं. ४ ले वडा नं. ११ लाई १-० गोल अन्तरले पराजित गर्यो।

यो जितसँगै वडा नं. ४ ले प्रतियोगितामा पहिलो ३ अंक जोड्न सफल भयो, भने लगातार दुई खेलमा पराजित भएपछि वडा नं. ११ प्रतियोगिताबाट बाहिरियो। निर्णायक गोलकर्ता दिपक तामाङ्ग म्यान अफ द म्याच घोषित भए र उनले पनि २,१०० रुपैयाँ नगद र ट्रफी प्राप्त गरे।

लिग फर्म्याटमा चलिरहेको प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल वडा नं. ७ र वडा नं. ९ बीच तथा दोस्रो खेल वडा नं. ३ र वडा नं. ८ बीच हुनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं. ७, देबिघाटस्थित बसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिता "खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान" भन्ने नाराका साथ सञ्चालन भइरहेको छ।

 Messenger_creation_F62FB99F-A95F-4BE9-9949-B25598F1BFD7 Messenger_creation_5ABC6B53-F1DB-46B6-A9A5-1960C5129763 Messenger_creation_B27B9DBB-27E8-4AAC-B378-C0C262E1505E Messenger_creation_552CEE6C-91E6-4A53-803A-42CB37967F9F

 

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved