सौखबाट समृद्धिसम्म : धरानका लाहुरे बस्तीमा फूलखेतीले फस्टायो व्यवसाय

  • फागुन १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कुनै समय सौख पूरा गर्न रोपिएको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको मुख्य स्रोत बन्न पुगेको छ।

घर सजावटका लागि रोपिएका फूलहरूले व्यवसायिक रूप लिँदै मासिक लाखौँ आम्दानी दिने माध्यम बनेका छन्।

धरान-१९ का विश्व लिम्बूले आफ्नै घर सजावटका लागि फूल सङ्कलन गर्ने रहरले नै व्यावसायिक फूलखेतीमा हात हाल्ने प्रेरणा दिएको बताउँछन्। आठ वर्षदेखि नर्सरी सञ्चालन गर्दै आएका लिम्बूले हाल मासिक एक लाख रूपैयाँसम्मको फूल बिक्री गर्छन्।

धरान-११ की शिवमाया राईले पनि मनी प्लान्टका दुईवटा बिरुवाबाट सुरु गरेको सौख अहिले मासिक दुई लाख आम्दानी दिने व्यवसायमा परिणत भएको छ।

धरानका लाहुरे बस्तीमा अहिले गेटदेखि छतसम्म फूलैफूल देख्न सकिन्छ।

कतिपयले घरको आँगनलाई नै बगैँचा बनाएका छन्। यसले फूल व्यवसायलाई झनै फलिफाप बनाएको छ।

धरान-८ की प्रमिला राईले १७ वर्षदेखि नर्सरी सञ्चालन गर्दै आएकी छन् भने धरान-२० का युमेनहाङ राईले सौखकै भरमा सुरु गरेको फूल खेतीबाट राम्रो आम्दानी गरिरहेका छन्।

नगरप्रमुख हर्क साम्पाङको अगुवाइमा धरानमा सडक किनार र सार्वजनिक स्थानहरूमा फूल रोप्ने अभियान चलिरहेको छ।

धरानमा हाल तीन दर्जनभन्दा बढी नर्सरी सञ्चालनमा छन्, जसबाट वार्षिक तीन करोडभन्दा बढीको कारोबार हुने गरेको छ।

धरानमा सौखले सुरु गरेको फूलखेती अब व्यवसायिक रूपमा फस्टाउँदै गइसकेको छ।

यो प्रवृत्तिले स्थानीय आर्थिक उन्नति मात्र होइन, धरानलाई 'फूलहरूको शहर' बनाउन पनि योगदान पुर्‍याइरहेको खबर राससले प्रकाशित गरेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved