वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा ८ शुक्रबारे स्थित जनता आधारभुत बिद्यालयमा अध्यनरत् बिद्यार्थीहरुलाइ न्यानो कपडा ( ट्र्याकसुट ) बितरण गरिएको छ । वडा नं ८ को कार्यलयले वालशिक्षा देखि कक्षा ७ सम्म अध्यनरत् ८३ जना बिद्यार्थीहरुलाइएक सेट न्यानो कपडाको रुपमा ट्र्याकसुट बितरण गरिएको हो । उक्त न्यानो कपडा आज शुक्रबार बिद्यालयमा पुगेर वडाध्यक्ष रोशन खड्का , शिक्षा अधिकृत उत्तम भारति,, वडा सचिव गंगा लिम्बू तथा वडाका सदस्य नविना बिश्बकर्मा , सुरेन्द्र राजधामि , तुलसा राई , देवनाराण मोचेले बिद्यार्थीहरहलाई बितरण गरेका थिए । प्राय बिपन्न परिवारका बिद्यार्थीहरु पढ्ने बिद्यालयमा वडा
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा पाचौं माध्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ वराहक्षेत्र नगरपालिका खेलकुद बिकास समितिको आयोजनामा शनिवारबाट नगर स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । पाचौं नगर स्तरीय माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले गरेका थिए । नगर खेलकुद बिकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष कपिल आचार्यको सभाध्यक्षतामा आयोजना भए
सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८० आइतबार देखी सुरु हुने भएको छ । शुक्रबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी १० औं संस्करणको स्पोर्ट्स मिट माघ १४ देखी २० गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो । एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धीचाल र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भटराईले जानकारी दिए । गत बर्षदेखी सुरु गरिएको हिसान ५ किलोमिटर रनलाई यसबर्ष पनि निरन्तरता दिने
धरान/ धरानका उद्योगी तथा व्यवासयीहरुको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा ‘धरान एक्स्पो २०८०’ हुने भएको छ । धरान १६ स्थित रंंगशालामा फागुन ११ देखि २३ गते सञ्चालन हुने सो एक्सोमा व्यवसायीहरुका हस्ताकला, वैज्ञानिक कृषि स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकतामा राखेर निकासी र पैठारी गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । यसका अलावा एक्स्पोमा व्यवसायिक चेतना अभिवृद्धि, सूचना तथा प्रविधिसम्बन्धी जानकारी, आन्तरिक तथा वाह्य पर्यटकलाई लोपोन्मुख कला संस्कृति र धार्मिक स्थलको मह
धरान/ धरानमा मुख्य कार्यालय रहेको मितेरी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय धरानलाई एक थान कम्प्युटर र एक थान पिन्टर प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय धरानको परिषरमै पुगेर राष्ट्र बैंकले तोकेको मापदण्ड अनुरुप आर्जन गरेको मुनाफाबाट समाजका आवश्यक परेका क्षेत्रमा सहयोग गर्ने इलाका प्रहरी कार्यालयलाई एक थान कम्प्युटर र एक थान पिन्टर प्रदान गरेको हो । विभिन्न सामाजिक क्षेत्रमा आर्जन गरेको मुनाफाको केही प्रतिशत सहयो गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानलाई समेत कम्प्युटर र प्रिन्टर सहयोग गरिएको मितेरी बैंकका सिइओ तुलसीप्रसाद वस्तीले बताए । सो अवसरमा बोल्दै इलाक
धरान/ र्याडिकल लाईट नेपाल प्रा.लि.ले आयोजना गरेको धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिताको बुधबार भएको दोश्रो चरणबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेश गरेका छन। फाईनलमा प्रबेस गर्नेहरुमा धरान उच्च का स्नेहा श्रेष्ठ र बिदिसा अग्रवाल, शारदा बालिका नमुना मा.बि. का अनुस्का राई, यु.एन. नबोदयका स्नेहा निरौला र शितल अधिकारी रहेका छन। यसैगरी मेघा–हिमालयनका सम्पन्न सुवेदी, शिक्षा सदन मा.बि. का जेनिसा राई, चन्द्र संस्कृत मा.बि. का सृजन खतिवडा र ऋषि राज गौतम र ज्ञानोदय मा.बि. का अनिशा कार्की फाईनलमा प्रवेस गरेका छन। धरान–१३ स्थित वडा कार्यालय परिसर
विराटनगर/ संघीय सांसद सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले कानुनहरु बिचौलियाले बनाउने गरेको बताएका छन् । विराटनगरमा मानव अधिकार एलायन्स र इन्सेकले आयोजना गरेको कार्यक्रममा पोखरेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले भन्दा पनि कुनै बिचौलियाको टिमको सेटिङमा मात्र बन्ने गरेको उल्लेख गरे । ‘हामीले लोकतन्त्र र प्रजातन्त्रको कुरा गरेपनि अझै कानुन निर्माणको क्रममा लोकतन्त्र आएको छैन, ब्युरोक्रासीको राज छ, उनले भने, कानुन बनाउनु प¥यो या संशोधन गर्नु प¥यो भनेँ बिचौलियाको समूहसँग सेटिङ गरेर कानु बन्छ ।’ कर्मचारी तन्त्र प्रति असन्तुष्ट देखिएका सभापति पोखर
धरान/ सामुदायिक तथा नीजि विद्यालयलहरुले प्राविधिक शिक्षासँगै खेलकुदका गतिविधिलाई जोड दिन थालेका छन् । प्राविधिक शिक्षाले स्वरोजगार बनाउने र खेलकुदले शारीरिक रुपमा तन्दरुस्त बनाउने भएकाले पनि खेलकुद प्रशिक्षण नै राखेर खेलकुदका गतिविधिलाई जोड दिँदै आएका छन् । प्राय गरेर हरेक विद्यालयमा भलिवल, फुटबल, बास्केट बल जस्ता शारीरिक व्यायाम हुने खेलसँगै चेस, चाइनिज चेकर जस्ता बुद्धि बढाउने खेलहरु समावेश हुन्छन् । प्रतियोगिता विद्यालयभित्रैका कक्षाहरुमा समेत प्रतिष्पर्धा गराइन्छ भने प्रतिष्पर्धाबाट सक्षम भएकाहरुलाई अन्तर विद्यालय प्रतियोगितामा समेत समावेश गराइने गरिएको छ । हरेक विद्यालय
धरान/ एलाइनेट जिमको आयोजनामा यहि चैत्र २३ र २४ गते पाचौ मि. कोशि वडिविल्डिङ च्याम्पियनसिप हुने भएको छ । एलाइनेट जिमको २१ औ प्रस्तुतिको रुपमा पाचौ मि। कोशि आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । प्रतियोगितामा ५५ केजि, ६० केजि, ६५ केजि, ७० केजि र ७५ केजि गरि कुल पाच तौल समुहका करिव ५० प्रतिश्पर्धिहरुले सहभागिता जनाउने छ । प्रत्येक तौल समुहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ । फाइनल चरणका विजेता पाचौ मि। कोशिको उपाधि विजेता घोषित हुने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जनाए । प्रतियोगिताका
विराटनगर/ ‘उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं’ भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला-नगर उद्योग वाणिज्य संघहरुले सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा मंगलबार सुन्दर हरैचामा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र समस्याका रुपमा देखिएको स्विकार्दै यसको व्यवस्थापनका लागि हातेमालो गरेका हुन । सामुहिक भेला पश्चात जारी ६ वुँदे सम्झौतामा उधारो कारोवारको नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्न नेपाल सरकार समक्ष सामुहिक पहल गर्ने, जिल्ला÷नगर उद्योग वाणि