एमाले मोरङका नवनिर्वाचित पदाधिकारी जितेर पनि त्रसित, ऋषिकेश पोखरेलको बधाई बेगर बैधानिक महसुस गरेनन् ऋषिकेश पोखरेलको बधाई बेगर बैधानिक महसुस गरेनन्

  • चैत ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  भर्खरै सम्पन्न नेकपा एमाले मोरङका नवनिर्वाचित केही पदाधिकारी जितेर पनि त्रसित रहेको पाइएको छ । 

एमाले मोरङको १० औँ अधिवेशनमा पार्टी संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्दै पदाधिकारीमा अनपेक्षितरुपमा प्यानलै निर्वाचित भएपनि पदाधिकारी मध्ये सवैभन्दा बढी त्रसित उपाध्यक्ष सागर थापा रहेको देखिएको छ ।

उपाध्यक्ष थापाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र एमाले मोरङका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बधाई नदिएसम्म आधिकारीक जित महसुस गर्न नसकेको उनी निकट स्रोत बताउँछ ।

उनले सवैले बधाई दिएपनि ढकाल र पोखरेलले बधाई नदिएको भन्दै आफु निकट व्यक्ति र कार्यकर्ताहरुसँग गुनासो गर्ने गरेका छन् । थापाले आफुले ढकाल र पोखरेलबाट बधाई नपाएको सञ्चार माध्यमहरुमा प्रतिकृयासमेत दिँदै गुनासो गर्ने गरेको उनका एक विश्वास पात्रले बताए ।

‘जितेपछि भानु दाई र ऋषि दाईले बधाई नदिएको भनेर सागर कमरेड आफु उपाध्यक्ष होइनकी भन्ने जस्तो कुरा गर्नुहुन्छ ।’ उनले भने,‘दुई चार वटा मिडियालाई त बाइटनै दिई सक्नुभयो ।’मानगढ खानेपानीको विवादका कारण उपाध्यक्ष थापा विवादमा मुछिएका थिए । तत्कालिन एमाले विराटनगरको अध्यक्ष रहेका थापाले पार्टीले आधिकारीक रुपमा अघि सारेका उम्मेदवारलाई पराजित गर्न खुलेरै लागेका थिए ।

सोही कारण उनलाई एमाले मोरङले साधारण सदस्य समेतबाट निलम्बन गरि कारबाही गरेको थियो । तर, केही महिनापछि नेताहरुको पहलमा उनले पार्टी प्रदेश कमिटी समक्ष गल्ति स्वीकार गरि आगामी दिनमा गल्ति नदोहर्याउने प्रतिवद्धता जनाएपछि कारबाही फुकुवा भएको थियो ।कारबाही फुकुवापछि एमाले प्रदेश कमिटीको  एउटा विभागमा सचिवको जिम्मेवारी दिएको थियो ।

तर, उनी हाल उपाध्यक्षमा निर्वाचित भएपनि पार्टी अनुशासन विपरित नेताहरुविरुद्ध खुलेरै संगठित रुपमा लागि परेको स्रोतको भनाई छ ।

उपाध्यक्ष थापाले ढकाल र पोखरेलले बधाई नदिएको प्रचार गरेपनि सवैभन्दा पहिले पोखरेललेनै अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिएको पाइएको छ ।

अधिवेशन फागुन १७ देखि १९ गतेसम्म तोकिएपनि लम्बिएको थियो । अधिवेशन अन्तर्गत पदाधिकारीको निर्वाचन परिणाम फागुन २२ गते राति सार्बजनिक भएपछि नेता पोखरेलले भोलिपल्ट अर्थात फागुन २३ गतेनै सामाजिक सञ्जालबाट सार्बजनिकरुपमै बधाई दिएका थिए ।
                              

तर, थापाले निकटका कार्यकर्ता माझ पोखरेल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट रहेको र ओलीले अघि सारेका उम्मेदवार पराजित भएका कारण आहत पुगेपछि बधाई नदिएको भन्दै प्रचार गराउदै हिडिरहेको एक कार्यकर्ताले बताए ।
निर्वाचन स्वच्छ प्रतिष्पर्धा भएपनि पार्टी नेतृत्व एवम् नेताहरुलाई खुइल्याएर आफु स्थापित हुने कुरा असम्भव रहेको र उल्टै थापाकै धरातल कमजोर बन्दै जाने उनका शुभचिन्तकहरुको भनाई छ ।
उपाध्यक्ष थापाले ओली र उनी निकट नेताहरुविरुद्ध कार्यकर्ताहरु माझ ‘आगो ओकल्ने’ गरेपनि अधिवेशनमा इतर समूहबाटै निर्वाचित अध्यक्ष अजम्बर राई, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवा र उषा झा ठाकुरले भने सार्बजनिक रुपमा कुनै गुनासो गरेका छैनन् । \

थापा संस्थापन पक्षलाई पेलेर जानुपर्छ भन्ने लाइनमा रहेपनि बहुमत पदाधिकारीहरु सवैलाई मिलाएर लानुपर्ने र पार्टी एक ढिक्का बनाएर अघि बढ्नुपर्ने पक्षमा रहेको एक पदाधिकारीले बताए । ‘छलफलमा सागर कमरेड पदाधिकारीमा प्यानलनै जितेका हौँ । मौका यहि हो, पेलेर जानुपर्छ भन्नुहुन्छ ।’ ती पदाधिकारीले भने,‘अरु हामी सवै पदाधिकारीहरु कसैलाई काखा र कसैलाई पाखा नगरि मिलाएर पार्टीलाई एक ढिक्का बनाएर लाने पक्षमा छौँ । हाम्रो पार्टीको आन्तरिक प्रतिष्पर्धा हो । अधिवेशनका तित्तता र आपसी असमझदारीलाई चिर्दै अघि बढ्छौँ ।’

उसो त उपाध्यक्ष थापा निर्वाचित हुनेवित्तिकै अध्यक्ष राईलाई समेत वाईपास गर्दै आफैलाई सर्वेसर्वा ठान्न थालेको भन्दै उनलाई साथ दिनेहरुनै टाढिन थालेका छन् । निर्वाचित भएदेखिनै थापा दिनहुँजसो ‘रक्सि’ को नसामा लठ्ठ भएरै पार्टी कार्यालय आउँदा आफुहरु लज्जित हनुपरेको एक कार्यकर्ताले बताए ।

थापाको हर्कतले विपक्षीलाई सजिलै ‘मसला’ मिलिरहेको भन्दै पार्टी कार्यालय परिसरमा भेटिएका ति कार्यकर्ताले चिन्ता व्यक्त गरे । ‘उहाँको हर्कतले जग हसाई भएको छ । हामीलाई कार्यकर्ता भन्न पनि लाज लाग्न थालेको छ । उहाँलाई जिताउन बेकार लागिएछ ।’ उनले भने ।


थापा उपाध्यक्ष भएपनि आफुनै अध्यक्ष रहेको निकटका कार्यकर्ताहरुसँग बताउने गरेको स्रोतले जनाएको छ । ‘अध्यक्ष त पुत्ला मात्र हो । पार्टी चलाउने मैले हो । उहाँको अनुहार मात्र हो । सवै निर्णय मेरै हुन्छ’ थापाले भन्ने गरेको उनकै निकट रहेका एक कार्यकर्ताले बताए ।

biratnagar

WhatsApp Image 2025-03-19 at 10.30.31 (2) WhatsApp Image 2025-03-19 at 10.29.07

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved