धरान/ धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्याम्पसको एक हप्ते वार्षिक खेलकुद उत्सव २०८० शुक्रवार सम्पन्न भएको छ । फागुन २० गते देखि सुरु भएको एक हप्ते वार्षिक खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि म्यानेजमेन्ट फेकल्टिले चुमेको छ । म्यानेजमेन्ट टिमले १५ गोल्ड, ८ सिल्भर र १० व्रन्ज मेडल जित्दै डिपो खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि माथि कव्जा जमाएको हो । यसै गरि साइन्स फेकल्टिले १३ गोल्ड, १९ सिल्भर र १५ व्रन्ज मेडल प्राप्त गर्दै दोस्रो भए । विविएसले ४ गोल्ड, ३ सिल्भर र २ व्रन्ज मेडल जित्दै तेस्रो भए । च्याम्पियन टिमलाई विजेता ट्रफि प्रदान गरिएको थियो शुक्रवार विविएस र म्यानेजमेन्ट टिम
धरान/ धरान–१६ स्थित यु.एन. नबोदय कलेजबाट बि.एच.एम.आठौ सेमेस्टरमा कोशी प्रदेस प्रथम हुने छात्रा प्रीजा डाङ्गीलाई शुक्रवार कलेजले सम्मान गरेको छ । कलेजको हलमा एक कार्यक्रमको आयोजना गरि प्रीजालाई सम्मान गरिएको हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए । प्रीजाले त्रिभुवन विश्वविद्यालयले लिएको बि.एच.एम. आठौ सेमेस्टरको अन्तिम परीक्षामा जि.पि.ए. ३ दशमलव ८५ प्राप्त गरी कोशी प्रदेस प्रथम गरेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, अध्यापकहरु अनिमेस बास्तोल
धरान/ तामाङ जातिको पहिचान, संस्कार, संस्कृति तथा पर्वलाई संरक्षण गर्दै नेपाल तामाङ घेदुङ धरान नगर समितिको आयोजनामा ‘सोनाम ल्होसार पर्व’ शनिबार देखि धरानमा शुरु भएको छ । नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा धरान १२ स्थित पब्लिक उच्च माविको खेलमैदानमा २८६० सोनाम ल्होसारको अवसरमा बृहत् सांस्कृतिक महोत्सव सुरू गरेको हो । फागुन ५ गते सम्म चल्ने महोत्सवको पहिलो दिन धरानका तामाङ जातिहरू जातीय पोसाक पहिरन, परम्परागत डम्फु बजाउँदै र्याली झाँकी सहितको प्रदर्शन गरेका थिए । तामाङ जातिहरूको २८६० नयाँ वर्षको अवसरमा महोत्सवले तामाङको ऐतिहासिक परम्पराको संरक्षण गर्दै
धरान/ विगत २७ दिन देखि भद्र अवज्ञा गर्दै आन्दोलनमा रहेका वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र व्यवस्थापन पक्ष बिच ६ बुँदे सहमति भए पछि चिकित्सक र कर्मचारीहरु काममा फर्किएका छन् । प्रतिष्ठानको व्यवस्थापन पक्ष र शिक्षक कर्मचारी समाज संयुक्त संघर्ष समिति बीच शनिबार पुनः वार्ता बसेपछि ६बुँदे सहमति भएको हो प्रतिष्ठानको व्यवस्थापन पक्षसँग वार्ता सौहार्दपूर्ण भएअनुरुप नै सहमति भएकाले शनिबारनै ३ बजे देखि सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरि काममा फर्किएको शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले बताए । सहमतिपत्रमा कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार
वुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटीले अग्रज मजदुरलाई सम्मान र मजदुरका छोराछोरीलाई छात्रवेतिका लागि ७ लाखको कोष स्थापना गरेकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशको शुक्रबार सम्पन्न योजना बैठक मार्फत कोषका लागि रकम विनियोजन गरेको हो । विनियोजित रकमबाट प्राप्त व्याजबाट अग्रज यातायात मजदुरहरुलाई सम्मान र यातायात मजदुरका छोराछोरीहरुलाई छात्रवृति प्रदान गर्न कोष स्थापना गरिएको संगठनका लुम्बिनी प्रदेश अध्यक्ष मोहनबहादुर केसीले जानकारी गराउनुभयो । पुराना, इमान्दार र अनुशासित मजदुरहरुलाई सम्मान गर्ने, यातायात मजदुरका छोराछोरीलाई शिक्षामा सहयोग गर्ने र
कपिलवस्तु/ यातायात मजदुरहरुको आन्दोलनमा अग्रणी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भौतिक संरचनामा समेत बलियो रहेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएकोछ । बिहिबार बाणगंगामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु जिल्ला कमिटीको भवन शिलान्यास गर्नुहुँदै अध्यक्ष राईले २०३६ सालदेखि यातायात मजदुरहरुको हक, हित, अधिकार र सुरक्षामा लडाँई गर्दै आइरहेको इतिहाँसको स्मरण गराउनुहुँदै भौतिक संरचनाको उपलब्धता र सम्पन्नताले यातायात मजदुर आन्दोलनलाई थप बलियो बनाउँने बताउँनुभयो । कपिलवस्तुको बाणगंगा ८ स्थित पुल्चोकमा यातायात मजदुर भवन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु
वराहक्षेत्र/ आगमि चैत्र – २७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई सफल बनाउन नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहनशरण देवचार्य झाडु बोकेरसंगै सरसफाइ कार्यमा निस्किएका छन् । बिहिबार बिहान प्राचीन हरिद्बार चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई केन्द्रीत गरेर नगरपालिकाले सरसफाई कार्यक्रम आयोजना गरेको थियो । कुम्भ स्तभ अगाडि , कुम्भ परिसर तथा घाट क्षेत्रमा गरिएको सरसफाई कार्यक्रममा नगर प्रमुख कार्की, नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहनशरण देवचार्यसंगै नगर उप–प्रमुख नन्दक
धरान/ विराटनगरको उच्च अदालतले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन रोकिएको छैन । बुधबार प्रतिष्ठानको अवरुद्ध शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुनी बाटो खुले पनि शिक्षक तथा कर्मचारीहरु नै एक मत नहुदा आन्दोलन नरोकिएको हो । बढुवा प्रक्रिया विरुद्ध परेको मुद्दामा न्यायाधिश विपुल न्यौपाने र सुर्यनाथ प्रकाश अधिकारीको इजलाशले बुधबार आन्तरिम बढुवा सम्बन्धी कारबाहीको हकमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको हठर गरेको थियोे । उक्त इजलाशले प्रचलित कानुन वमोजिमको मापदण्ड एवं प्रक्रिया पुरा गरेर नियमित एवं आवध
धनकुटा/ धनकुटाको चौवीसे गाउँपालिकाका महिलाहरुले आफूले उत्पादन गरेको अचार ब्राण्डेड गर्ने अभियानमा जुटेका छ । गाउँपालिकाको अभियान अन्तर्गत उनीहरुले आफूले उत्पादन गरेको अचारलाई ब्राण्डेड बनाउने अभियानम लाग्ने भएका हुन् । गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने लक्ष्य लिएको छ । महिलाहरुको सोचलाई गाउँपालिकाले सार्थकता प्रदान गर्ने २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान समेत गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिइन् । उनले भनिन्–‘यो तालिम पश्चात महि
सुनसरी/ पूर्वी पहाडलाई तराईसँग जोड्ने मात्र नभई भारत र चीन जोड्न् सबैभन्दा छोटो मार्ग तमोर करिडोर रहेको छ । राष्ट्रिय गौरवको यो आयोजना अहिले कालोपत्रे गर्ने चरणमा छ तर यो आयोजनालाई कालोपत्रे गर्न बजेट अभाव हुँदा काम समेत प्रभावित हुन थालेको छ । सुनसरीको चतराबाट धनकुटा हुदै पाँचथरसम्मकाृे १ सय ५५ किमी दूरीमध्ये ठेक्का लागेको ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथरखण्डका लागि बजेट बजेट अभाव भएको हो । सडकको ११२ किमी सडक कालोपत्रेका लागि भएपनि २०७९ कार्तिकमा ४ अर्ब १६ करोड रुपैयमा ठेक्का लागेको थियो । यो सडक सडक स्तरोन्नति गर्न गत बर्ष ४८ करोडको काम भएको थियो । यो आर्थिक बर्षमा ५८ करोड विनियोज