कोशी सरकारले २०८२ मा ६ दिन बिदा थप्यो

  • चैत १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोशी प्रदेश सरकारले आगामी नयाँ बर्ष २०८२ मा ६ दिन थप सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
मंगलबार सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको बताए । उनका अनुसार २०८२ सालमा ६ दिन सार्वजनिक बिदा थप गर्ने निर्णय भएको छ ।

संघीय सरकारले दिएको भन्दा बाहेक प्रदेश सरकारले ६ दिन थप बिदा दिने निर्णय गरेको भण्डारीले जानकारी दिए ।बैठकअनुसार बैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए ।
यसैगरी भदौ १२ गते ऋषि पञ्चमी (महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णिमा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको भण्डारीले जानकारी दिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved