२५ औं गोधुली रनिङ कपको उपाधि भिडन्त बिहीबार

  • चैत २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरानमा जारी २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको फाइनल बिहीबार १४ नं. वडा र १५ नं. वडाबीच प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि यी दुई टोली आमनेसामने हुने भएका हुन्।

मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा १४ नं. वडाले १७ नं. वडालाई ३–२ को गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

खेल सुरु भएको तेस्रो मिनेटमै विवाद उत्पन्न भएको थियो। १४ नं. वडाका डिफेन्सले डिबक्स भित्र १७ नं. वडाका तपन कार्कीलाई फल गरेको भन्दै निर्णायक मो. फारुख अहमदले १७ नं. वडालाई पेनाल्टी दिने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो।

सो निर्णयप्रति असन्तुष्टि जनाउँदै १४ नं. वडाका खेलाडीले खेल्न अस्वीकार गरेपछि आयोजकले मध्यस्थता गर्यो। अन्ततः, १७ नं. वडाले पेनाल्टी प्रहार गर्ने तर गोल नगर्ने सहमति भएपछि खेल पुनः सुचारु भयो। कप्तान दिवस सुनुवारले बल केवल गोलरक्षकलाई पास गरेका थिए।

विवादका कारण पहिलो हाफमा ३३ मिनेट समय थप गरिएको थियो। खेलको ५० औं मिनेटमा सबिन राईको पासमा कृष्ण राईले गोल गर्दै १७ नं. वडालाई अग्रता दिलाए। तर, ४ मिनेटपछि नै १४ नं. वडाका कप्तान विवेक राईले दिपेश बस्नेतको क्रस पासमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।

खेलको ६५ औं मिनेटमा विपिन श्रेष्ठको पासमा निमेश तामाङले हेड गोल गर्दै १४ नं. वडालाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफको ३४ औं मिनेटमा कृष्ण राईको पासमा सुशिल राईले गोल गर्दै १७ नं. वडालाई पुनः बराबरीमा ल्याए। गोलकिपरलाई लागेर रिबाउण्ड भएको बललाई सुशिल राईले पुनः प्रहार गर्दै जाली चुमाएका थिए।

तर, ४ मिनेटपछि नै १४ नं. वडाका निमेश तामाङले निर्णायक गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए। यो नतिजासँगै १७ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ।

अब बिहीबार हुने फाइनलमा १४ नं. वडाले १५ नं. वडासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैयाँ हात पार्नेछ।

साथै, क्वार्टरफाइनलसम्म पुगेका टिमहरूले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिश केसीले जानकारी दिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved