समाचार

    Showing 1,151-1,160 of 10,004 items.
  • धरान–५ मा पुलको काम ६ वर्षदेखि अलपत्र: ठेकेदार सम्पर्कविहीन, मन्त्रीहरू मौन

    धरान/  धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा निर्माणाधीन पुल दुई वर्षअघि नै सकिनुपर्ने भए पनि अझै अपूरो अवस्थामा छ। झण्डै १६ मिटर लम्बाइको उक्त पुल निर्माणका लागि प्रदेश सरकारले रु १,२१,५८,१३२.४४ (एक करोड  एकाइस लाख अठ्ठावन्न हजार एकसय बत्तीस रुपैयाँ चौवालीस पैसा) को सम्झौता गरी २०७७ सालमा ठेक्का दिएको थियो।    पुल २०८० सालभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। तर हालसम्म निर्माण पूरा नहुनुमा ठेकेदारको लापरबाही मुख्य कारण भएको वडाध्यक्ष मान कुमार लिम्बूले जानकारी दिनुभयो।    ठेकेदार सम्पर्कविहीन, मन्त्रीसमक्ष बारम्

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नागपञ्चमी आज , घर-घरमा नागको पूजा गरिँदै

    सुनसरी/ प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी मनाइँदैछ ।  वैदिक सनातन परम्पराअनुसार आज देशभर नागपञ्चमी पर्व श्रद्धाका साथ मनाइँदैछ। घरका मूल ढोकामा नागको तस्बिर टाँसी गाईको दूध, दुबो, अक्षता, खीर, रोटी अर्पण गरी नाग देवताको पूजा हुँदैछ। सर्प, नाग र बिच्छीजस्ता जीवबाट सुरक्षा, चट्याङ, मेघ र अग्निको भयबाट मुक्तिका लागि गरिने यो पूजाले प्रकृतिप्रतिको सम्मान र सहअस्तित्वको सन्देश दिन्छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपञ्चमीको परम्परा वैदिक युगदेखि चलिआएको हो। भगवान् शिवले नागको म

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 410 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पब्लिक हाईस्कुलमा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीहरू आत्मविश्वासी

    धरान/ धरान–१२ स्थित पब्लिक हाईस्कुलमा सञ्चालित एक साताको उद्घोषण कला तालिम सोमबार सम्पन्न भएको छ। पब्लिक मञ्चको आयोजनामा भएको तालिमले बर्खे बिदाको सदुपयोग गर्दै विद्यार्थीको आत्मविश्वास, वाककला र नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याएको छ। कार्यक्रमकी प्रमुख अतिथि, ८८ वर्षीया समाजसेवी सरला कायस्थले विद्यार्थीलाई मिहिनेत र अनुशासनको बाटो समात्दै उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्दै शुभकामना दिइन्। शिक्षक–अभिभावक संघ अध्यक्ष राजेन्द्र किरातिले अध्ययनसँगै सामाजिक र अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहन विद्यार्थीलाई आग्रह गरे। विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 622 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोसाइँकुण्डमा स्नानका क्रममा डुबेर मोरङका दुई युवाको मृत्यु

    रसुवा/  धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर दुई युवाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोरङको बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन्। प्रहरीका अनुसार उनीहरू साउन १० गते काठमाडौँबाट रसुवातर्फ गएका थिए भने साउन ११ गते गोसाइँकुण्ड पुगेका थिए। कुण्डमा स्नान गर्ने क्रममा एक्कासि डुबेर बेपत्ता भएका उनीहरूको खोजी गर्दा आज बिहान दुवै जनाको शव फेला परेको हो। डुबेको देखेपछि तीर्थयात्रीहरूले तत्काल सुरक्षाकर्मीलाई जानकारी गराए पनि तत्काल उद्धार सम्भव नभएको बताइएको छ। त्यसपछि नेपाल प्रहरी, सशस्त

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 703 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको मेचीनगरमा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण, वर्षौंदेखिको यात्रा सहज

    झापा/  झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा करिब चार करोड ३८ लाख रुपैयाँको लागतमा ३५० मिटर लामो र पाँच फिट चौडा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। सहरी विकास मन्त्रालयको लगानीमा बनेको उक्त पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ। पुल निर्माणसँगै बर्षौंदेखि बर्खायाममा आवतजावतका लागि ५ किलोमिटरभन्दा बढी दूरी पार गर्न बाध्य स्थानीयले सहज र सुरक्षित यात्रा गर्न पाउने भएका छन्। अघिल्लो वर्षसम्म त्यहाँ कुनै पुल नहुँदा पूर्व–पश्चिम राजमार्ग वा भद्रपुरको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। पुल निर्माणका लागि २०७९ अस

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 575 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा जय नेपाल खेलकुद मञ्च गठन, खेललाई व्यवसायीकरण गर्दै अघि बढ्ने घोषणा

    बराहक्षेत्र/ खेलकुद क्षेत्रलाई व्यवसायिकरण गर्दै युवा पुस्तालाई समर्पित बनाउने उद्देश्यसहित सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ३ मा ‘जय नेपाल खेलकुद मञ्च’ गठन गरिएको छ। खेलकुद मार्गदर्शन २०८१ को परिच्छेद ३ र ४ अनुसार मञ्च गठनको प्रक्रिया अघि बढाउँदै तदर्थ समिति गठन गरिएको हो। गठन लगत्तै आयोजित पदस्थापन कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेश सदस्य तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले खेलकुद क्षेत्रको व्यावसायिक विकासमार्फत युवालाई आकर्षण गर्नुपर्ने धारणा राख्नुभयो। “खेलाडीला

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 418 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्याटु बनाउने निहुँमा नशाको व्यापार, धरानबाट ब्राउन सुगरसहित ७ जना पक्राउ

    धरान/सुनसरीको धरान उप–महानगरपालिका–१५ स्थित ट्याटु हाउसको आडमा लुकेर सञ्चालन गरिएको लागू औषध कारोबार प्रहरीले भण्डाफोर गरेको छ। विशेष सूचनाका आधारमा आईतवार  साँझ ७:३५ बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ट्याटु हाउसमा छापा मारेको हो। धरान–१५ का ३७ वर्षीय योजन राईले सञ्चालन गरेको सो ट्याटु हाउसमा खानतलासी गर्दा लागू औषध ब्राउन सुगर ६८० मिलिग्राम पदार्थ, Tramadol १०५४ चक्का, Calero ९८५ चक्का र Decolmin ३४ चक्का बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट योजन राईसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। पक्र

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 2,440 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज साउनको दोस्रो सोमबार: शिवालयमा भक्तजनको घुइँचो

    धरान/ आज साउन महिनाको दोस्रो सोमबार पर्न आएकाले बिहानैदेखि देशका विभिन्न शिव मन्दिरहरूमा भक्तजनहरूको बाक्लो उपस्थिती देखिएको छ। विशेषगरी धरानको  पिण्डेश्वर धाम, सप्तकोशी धाम र भालुखोप शिवालयमा श्रद्धालुहरूको भीड लागेको छ। धरान र आसपासका क्षेत्रबाट बोलबम नारा लगाउँदै भक्तजनहरू नाङ्गो खुट्टा पैदल हिँडेर पिण्डेश्वरमा जल चढाउन आएका छन्।  कतिपय भक्तजनहरू विभिन्न टोली बनाएर झाँकी सहित धार्मिक गीतसंगीत बजाउँदै पिण्डेश्वर धाम पुगेका छन्। "साउन सोमबार शिवजीलाई जल चढाउँदा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वासले हामी वर्षैपिच्छे बोलबम यात्रा गर्छौं," धरान १२ का एक भक्त रविन राईले भने। धर

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 417 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बंगुरमा स्वाइन फिवर,किसानलाई २ करोडको क्षति

    सुनसरी/  बङ्गुरमा फैलिएको अफ्रिकन स्वाइन फिवरको प्रकोपबाट यसबर्ष सुनसरीका किसानले दुई करोडको क्षति ब्योहोरेका छन् । गत भदौ महिना देखी फैलिएको अफ्रिकन स्वाइन फिबर अहिलेसम्म नियन्त्रण हुन नसक्दा थप क्षति हुनसक्ने भन्दै किसान चिन्तित छन् ।गत भदौमा रामधुनी नगरपालिकाका किसानले पालेको बङ्गुरमा देखिएको अफ्रिकन स्वाइन फिबरको प्रकोप क्रमशः अन्य स्थानीय तहका फर्महरूमा फैलिएको थियो । रामधुनी सहित बङ्गुर पालनको लागि प्रसिद्ध मानिएको धरान, दुहबी र वराहक्षेत्रमा फैलिएको प्रकोपले यो वर्ष मात्र १ करोड ९७ लाख ८ हजार बराबरको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा.

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 651 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहलाई सहकारीलाई संकटग्रस्त घोषणा गर्न माग

    धरान/ बराह वचत तथा ऋण सहकारी लिमिटेड धरानलाई पीडितहरुले संकटग्रस्त घोषणा गर्नको लागि माग गरेका छन। बराह पीडित स्वततन्त्र समहुले काठमाण्डौमा पत्रकार सम्मेलन गरि उक्त बराह सहकारीलाई संकटग्रस्त घोषणा गर्नको लागि माग गरेका हुन् । स्थानीय सरकार धरान उपमहानगरपालिकाले सङ्कटग्रस्त सहकारी घोषणा नगरी कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसक्ने भएकाले पत्रकार सम्मेलनमा समूहका संयोजक शङ्कर थापाल सङ्कटग्रस्त सहकारी घोषणा नगर्दा सहकारीको सम्पत्ति थप हिनामिना हुने भएकोले नगर प्रमुख हर्क साम्पाङलाई थप आग्रह गर्नको लागि माग गरेका छन् । धरान उमहानगरपालिकाले तत्काल सहकारीलाई सङ्कटग्रस्त घोषणा गर्ने

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 641 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved