धरान/ केही दिन अगाडिदेखि निरन्तर आएको बर्षाद्ले सडक सञ्जाल अवरुद्ध हुदा धरानमा सब्जीको मूल्य आकासिएको छ । पूर्वी पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट आउने सागसब्जी बर्षाद्ले बारीमै नष्ट गरिदिएको र सडक सञ्जाल अवरुद्ध हुदा बजारसम्म सागसब्जी आइनपुगेका कारण बजारमा आउने भन्दा खपत बढी हुदा मूल्य आकाशिएको कृषि उपज बजारले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विष्णु आचार्य भान्सामा दैनिक चाहिने सागसब्जी किन्न जाँदा बजार भाउ सुनेर छक्क परिन् । अरु बेला ४० देखि ५० रुपैयासम्म पर्ने टमाटार होलसेलमै १ सय १० र खुद्रामा किन्दा १ सय ५० सम्म पर्ने भएपछि सर्वसाधारणले किनेर
काठमाडौं । काठमाण्डौमा जारी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ ।उमेरको हदका सवालमा दुई पक्ष भएपछि बुधबार साँझ विज्ञप्ती जारी गरेर सम्मेलन स्थगित भएको जनाइ्रएको छ । अखिल क्रान्तिकारीका केन्द्रिय सचिब खेम रणपहेलीले दिएको जानकारी अनुसार सम्मेलनमा उमेर हदबन्दी गर्ने कि नगर्ने भन्ने सवालमा विवाद बढेपछि स्थगित गरिएको बताए । उनले भने,“नयाँ प्रतिनिधी विद्यार्थीहरुले उमेरको हदवन्दी कायम गर्नु पर्छ भनेर अडान लिए,यता पदाधिकारीहरुले भने उमेरको हदबन्दी लाउन नहुने भनेर दुई पक्षीय अडानले हाललाई स्थगित भएको छ,हेरौ के हुन्छ ?”२३ औं सम
धरान/ सुनसरी जिल्लाकै शान्ति सुरक्षाको विषयमा धरानमा सरोकारवालाहरुवीच छलफल भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा निकट रहेको वडा दशै, नेपाल सम्बत र छठ पर्वको शुभकामना आदानप्रदानसँगै शान्ति सुरक्षा सम्बन्धी वृहत छलफल भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, कोशी प्रदेशका प्रहरी प्रवक्ता, इलाका प्रशासन कार्यालय धरानका प्रमुख, सशस्त्रका प्रमुख, जिल्ला ट्राफिक कार्र्यालयका प्रमु्ख, कोशी प्रदेश साँसद, विभिन्न राजनैतिक दलसँग आवद्ध स्थानीय नेतृत्व, सामाजिक संघ संस्थाका प्रतिनिधि एवम् सर्वसाधारणको छलफलमा उपस्थिति रहेक
धरान । कोशी प्रदेशमा अविरल बर्षासँगै बाढी पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसम विभागको अनुमान रहेको छ । विभागका अनुसार कोशी प्रदेशभरी आज दिनभरी नै बर्षा हुने जनाइ्रएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भू(भागमा डुबानको जोखिम हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ । सुनसरीको तरहरासँगै मोरङको केराबारी, हरैंचा, बाहुनी, उदयपुरको उदयपुरगढी, झापाको बाहुनडाँगी, दमक, अनारमणिविर्ता, इलामको कन्काई माईचुली, खोटाङ, भोजपुर लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ ।म
धरान । धरानका निर्माण व्यवसायीहरु संगठित भएका छन् । धरानमा पहिलो पटक नेपाल निर्माण व्यवसायी संघ समिती गठन गरेसँगै व्यवसायीहरु संगठित भएका हुन । मंगलबार धरानमा निर्माण व्यवसायहरुको बृहत भेलाद्धारा व्यवसायी महासंघ कोशीका अध्यक्ष जनसेव भण्डारीको प्रमुख आतिथ्यतामा समिती गठन भएको हो ।उक्त भेलाद्धारा महेन्द्र प्रधानको नेतृत्वमा ९ सदस्य कार्य समिती बनेको छ । उक्त समितीमा प्रथम उपाध्यक्षमा उत्तम कुमार श्रेष्ठ,द्धितीय उपाध्यक्ष विजय तामाङ ,महासचिब, अशीष कटवाल,सचिव विश्वबन्धु लिङ्थेप र कोषाध्यक्षमा नारायण लिम्बूलाई सर्व सम्मत चयन गरिएको छ । सदस्यहरुमा क्रमसः प्रकाश थापा मगर,जयप्रकाश शर्मा र नरेन कुमार
विराटनगर/अविरल बर्षासँगै कोशीको बहाब बढेपछि भारतको दरभंगामा फुटेपछि आसपासका गाउँ जलमग्न भएको छ । भारतको दरभंगा जिल्ला स्थित किरातपुर ब्लकको भु भाग गाउँ नजिकै कोशीको पश्चिमी बाँध भत्किएको हो । गाउँ संरक्षण गर्नको लागि कोशीको बाँध टुटपछि दरभंगा जिल्लाका गाउँहरू बाढीको चपेटामा परेको विहार सरकारको जल संसाधन विभागले जनाएको छ । विभागले सरकारी अधिकारीहरूले बाढी र तटबन्धको अवस्थाबारे समीक्षा समेत गरेको उल्लेख गरेको छ । गाउँहरूलाई डुबानबाट बचाउनका लागि युद्धस्तरमा काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको जनाइएको छ । प्रभावित क्षेत्रमा तत्कालै सुरक्षा सहयोग पुर्याउन सरकारी अधिकारीहरूलाई
इलाम/ शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । ती जिल्लाका सदरमुकामसहित सबै गाउँ–नगर अन्धकार बनेका हुन् । विद्युत् अवरुद्ध हुँदा यी जिल्लाबाट प्रसारण भइरहेका एफएम रेडियो, पत्रपत्रिका र अनलाइनलगायत सञ्चारमाध्यम बन्द भएका छन् । मोबाइल चार्ज गर्न समस्या हुँदा सेवाग्राही प्रभावित भएका छन् । विद्युत् अवरुद्ध सेवा हुँदा सानाठूला उद्योग समस्यामा परेका छन् । बाढीले काबेली करिडोर एक सय ३२ किलोभोल्ट (केभी) प्रसारण लाइनमा क्षति पुगेपछि वि
धरान/ बर्षादका कारण तीन बर्ष अगाडि सम्म बर्षैनी धरानसँग सम्बन्ध विच्छेद हुने विष्णुपादुकाबासीलाई अहिले जस्तोसुकै बाढी आए पनि उनीहरुलाई कुनै त्रास छैन, खोलामा पुल निर्माण भएपछि धरान आउजाउमा समस्या छैन भने गाउँमा उत्पादन भएको कृषि सामाग्री निर्धक्क ल्याउन पाएका छन् । विगतमा बर्षाद्को समयमा विष्णुपादुका बासी त्रासमा बाच्न बाध्य थिए । धरान ११ र धरान २० जोड्ने सर्दुखोलामा पुल नहुदा खोलामा आएको बाढीले धरानसम्म आउन मुस्किल थियो, त्यसबेला विष्णुपादुका धरान उपमहानगरपालिकाभित्र परे पनि कृषि पकेट क्षेत्र विष्णुपादुकाको कृषि उत्पादन बजारसम्म ल्याएर विक्री गर्न समेत मुस्किल थियो । तर ०७८ सालमा पुल न
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । सो केन्द्रीय राहतकोषमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरुले दश–दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् । स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र स
काठमाडौं/ अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म २०५ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २०५ जनाको मृत्यु भएको हो । विपदमा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० ज