जेनजीले पत्याएनन् मेयर हर्कराजलाई

  • भदौ ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

धरान/ प्रधानमन्त्री बन्ने चाहना बोकेर काठमाण्डौ गएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई जेनजीले मन्त्री पनि दिएनन् ।

राजधानी काठमाण्डौबाट मेयर राई रित्तो हात लिएर फर्किएका छन ।

स्थानीय स्तरमा बजेट संकट, कामको अलमल र जनप्रतिनिधिहरूबीचको विवादले आलोचना खेपिरहेका राईले राजधानी यात्रा गर्दै ठूलो अवसर खोजेका थिए ।तर सत्तारूढ जेनजी (जनता–नेता गठबन्धन) ले मन्त्री छनोट प्रक्रियामा राईलाई कुनै स्थान दिएन धरान फर्कन लागेका मेयर राईलाई स्थानीय तहमा ‘नगर प्रमुखको जिम्मेवारी पन्छाएर व्यक्तिगत राजनीतिक आकांक्षालाई प्राथमिकता दिएको’ भन्दै आलोचना बढ्ने देखिन्छ ।

उनले काठमाण्डौमा मन्त्री बन्ने सपना बोके पनि जेनजीले न मन्त्री दिए, न त ठूला समितिहरूमा संलग्न गरायो ।
यसरी, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको काठमाण्डौ यात्रा बिना उपलब्धि सकिएको छ भने नगरको बजेट संकट र विकास योजनामा झन् अन्योल थपिएको छ ।६ दिनअघि काठमाडौं आइपुगेका हर्कले सुरूवातमै आफू जेनजीको तर्फबाट प्रधानमन्त्री बन्न आएको स्वघोषणा गरेका थिए । 

हर्कले यता प्रधानमन्त्री ताकिरहँदा उनले नेतृत्व गरेको धरान उपमहानगर भने लथालिंग छ । उनकै हठका कारण आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन सकेको छैन । स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार प्रत्येक आर्थिक वर्षको बजेट असार १० गतेभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर, भदौ सकिँदासम्म पनि धरानले बजेट पाएको छैन । नयाँ बजेट पारित नहुँदा उपमहानगरमा विकास निर्माण, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक सेवा तथा अन्य आर्थिक कारोबार ठप्प छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved