समाचार

    Showing 10,011-10,020 of 10,062 items.
  • किरात धर्मका संरक्षक गुरु लाफयङ देव बहादुर तुम्बापोको गत सोमबार ७६ बर्षको उमेरमा निधन

    किरात धर्मका संरक्षक गुरु लाफयङ देव बहादुर तुम्बापोको गत सोमबार ७६ बर्षको उमेरमा निधन भएको छ । दुई बर्ष अघि पक्षघात भई थलिएका तुम्बापोको सोमबार साँझ ८ वजे इलामको चुलाचुली १ हातिलेदास्थित आफनै निवासमा निधन भएको हो ।झापाको विर्तामोडमा अवस्थित विर्तासिटी अस्पतालमा उनको उपचार भइरहेको थियो । तुम्बापोलाई पक्षघातसहित मुटु, नसा, निमोनिया लगायतका रोगले थिलथिलो बनाएको थियो ।गुरु तुम्बापो विश्व किरात महासंघ नेपालका संरक्षक समेत रहेका थिए क्ष्गुरुको निधनप्रति गहिरो दुस्ख व्यक्त गर्दै महासंघले श्रद्धान्जली व्यक्त गरेको छ क्ष्सत धर्म, सत कर्म, सत विचारका पथ प्रदर्सक, धर्म (संस्कार संस्कृतिका मुली, किरात धर्

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 1,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘स्व.देवबहादुर तुम्बापो महागुरु फाल्गुनन्दको अनुयायी तथा जिवनी लेखक थिए’

    धरान । लिम्बु समुदायका समाजसुधारक अग्रज लफयङ संरक्षक धार्मीक गुरु देवबहादुर तुम्बापो लाई गुरु फाल्गुनन्द लिङदेनको चेला भनिएकोमा सेवासावामा परिचालन समिति, फाल्गुनन्द नोमाङगेन्ना सेवा संघ, फाल्गुनन्द लफयङ बहुभाषिक पाठशालाले आपत्ति जनाएको छ । गुरु तुम्बापोको हालै ७६ वर्षको उमेरमा माङसेबुङ इलाममा दुःखद निधन भएको थियो । महागुरु फाल्गुनन्द लिङदेनको जीवनकालमा अनुयायी भएर उनको समाज सुधारका कार्यमा लागेका थिए तुम्बापो । उनि फाल्गुनन्द लफयङ बहुभाषिक पाठशालाका संरक्षक समेत थिए । उनको निधनमा श्रद्धाञ्जली दिने, दुःख प्रकट गर्ने निहुँमा मिडियाहरु र सामाजिक सञ्जालमा स्वर्गिय देवबहादुर तुम्बापो वर्तमान माङस

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 1,838 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बैंक तथा वित्तिय संस्था आज देखि खुल्ने

    धरान । लकडाउनका कारण चैत्र ११ गते देखि बन्द रहेको बैंक तथा वित्तिय संस्थाहरु आज (आइताबर) देखि खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्था मार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरे पछि आज (आइतबार) बाट देशभरका बैंक तथा वित्तीय संस्था सञ्चालन हुने भएका हुन्। मन्त्रिपरिषद्को गत वैशाख २४ गतेको निर्णय अनुसार बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका हुन् । बैंक तथा वित्तीय संस्थाका शाखाहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । एक पटकमा ५ जनालाई मात्र प्रवेश दिने

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 1,371 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक महीनापछि खुल्यो पानीट्यांकी नाका

    वैशाख २७, भद्रपुर । झापाको काँकडभिट्टास्थित पूर्वी नाका शनिवारदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीट्यांकी नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महीनापछि खुलेको हो । मेची भन्सार कार्यालयका प्रमुख धव्र विश्वकर्माले भारतबाट शनिवार ३० मालवाहक गाडी नेपाल भित्रिएका बताए । उनका अनुसार सीमावर्ती पानीट्यांकीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी दिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले शनिवार नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइल

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 1,161 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज हावाहुरीसहित असिना पानी पर्ने

      धरान /आगामी मंगलबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने वंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम नरोकिने जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान रहेको छ । दिउँसोसम्म पहाडी र तराइका केही क्षेत्रमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुर , कपिलवस्तु र पर्सामा गरि थप ७ जनमा कोरोना पुष्टि , संक्रमित संख्या १०९ पुग्यो

    धरान /नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षणामा उदयपुरका ३ , पर्सा १ र कपिलवस्तु ३ जना गरि जम्मा ७ जनामा संक्रमण देखिएको हो । उदयपुरका १८ , ४५ र ६५ वर्षीय महिला,  पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका १७, १८ र १८ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।                               &

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 1,065 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालगञ्जका थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो

    नेपालगञ्जका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।उनका अनुसार नयाँ संक्रमित १६ वर्षीया बालक हुन । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । कुल संक्रमित मध्ये कोरोना निको हुनेको संख्या ३० जना पुगेको छ । कोशी अस्पतालमा उपचारत ८ जना निको भएर शुक्रबार भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास डा देवेकाटाका अनुसार पीसीआर विधिबाट हालसम्म १५ हजार ४ सय ९२ वटा नमूना परीक्ष

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 961 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छोरोले गरे बाबुआमाको हत्या

    तेह्रथुम । सामान्य घरायसी विवादमा एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका छन् । फेदाप गाउँपालिकाको वडा नम्बर ५ स्थित इसिबुका २० वर्षिय कञ्जन लिम्बुले आफ्नै बाबुआमाको हत्या गरेका हुन् । उनले बाबुआमालाई बञ्चरोले हानेर दुवैको हत्या गरेका हुन् । कञ्चनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङको बिहीबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनले बाबुआमाको हत्या गरेपछि १०० नम्बरमा फोन गरेर ‘मैले बुबाआमालाई मारेँ’ भनेका थिए । फोनमा त्यस्तो भनेपछि प्रहरी घटनास्थल पुग्यो र उनको पिछा गर्न थाल्यो । कञ्चनलाई भाग्दै गरेको अवस्थामा पोक्लाबाङबाट पक्रा

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 848 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कपिलवस्तुका थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या १०१ पुग्यो

    कपिलवस्तुका २ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्र मण पुष्टि भएको हो । संक्रमित हुने कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका दुई पुरुष छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका जनाए ।                            

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,458 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जंगली हात्तीको आक्रमणमा परि एक महिलाको मृत्यु

    धरान जंगली हात्तीको आक्रमणमा परि विहिवार विहान सप्तरीमा एक महिलाको ज्यान गएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट बस्ती पसेको हात्तीको आक्रमणमा परि शम्भुनाथ नगरपालिका २ भल्वाईकी ३८ वर्षीया जानकी मगरको ज्यान गएको हो । मृतकका पति पेशल मगरका अनुसार विहान करिब १ बजे सुतिरहेको बेला हात्तीले घर नै तोडफोड गर्न थालेपछि भाग्ने क्रममा उनलाई हात्तीले कुल्चेर घाइते भएको थिएन । घाईते मगरलाई उपचारकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,563 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved