किरात धर्मका संरक्षक गुरु लाफयङ देव बहादुर तुम्बापोको गत सोमबार ७६ बर्षको उमेरमा निधन

  • वैशाख २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

किरात धर्मका संरक्षक गुरु लाफयङ देव बहादुर तुम्बापोको गत सोमबार ७६ बर्षको उमेरमा निधन भएको छ । दुई बर्ष अघि पक्षघात भई थलिएका तुम्बापोको सोमबार साँझ ८ वजे इलामको चुलाचुली १ हातिलेदास्थित आफनै निवासमा निधन भएको हो ।झापाको विर्तामोडमा अवस्थित विर्तासिटी अस्पतालमा उनको उपचार भइरहेको थियो । तुम्बापोलाई पक्षघातसहित मुटु, नसा, निमोनिया लगायतका रोगले थिलथिलो बनाएको थियो ।गुरु तुम्बापो विश्व किरात महासंघ नेपालका संरक्षक समेत रहेका थिए क्ष्गुरुको निधनप्रति गहिरो दुस्ख व्यक्त गर्दै महासंघले श्रद्धान्जली व्यक्त गरेको छ क्ष्सत धर्म, सत कर्म, सत विचारका पथ प्रदर्सक, धर्म (संस्कार संस्कृतिका मुली, किरात धर्मका संरक्षक गुरु तुम्बापोको निधनबाट अत्यन्तै मर्माहत भएको महासंघका अध्यक्ष डम्बर कुमार तुम्बापोले बताए क्ष्गुरुको दर्शन र अपुरो कामहरुलाई पुरा गर्ने जिम्मेवारी अहिलेको पुस्तामा आएको अध्यक्ष तुम्बापोले बताए क्ष्उनले भने( ुुमुनधुमलाई रेकर्ड गर्ने,लिखित अलिखित भएकाहरुलाई संरक्षण गर्ने, चाम्जिंग मुन्धुम लगायतका मुन्धुमलाई अनुसरण गर्ने,मान्गहिममा मासिक सेवा पुजा गर्ने, महिलाहरुलाई बचत गर्न थालनी गराई आत्मनिर्भर बनाउन श्रोत परिचालनको अभियान चलाउने, गाउका महिलाहरुलाई ससक्तिकरण गर्ने लगायतका कार्यहरुलाई निरन्तरता दिनेछौुुक्ष् वि।सं। २००१ साल मंसिर १० गते बुबा काशिहाङ र आमा कौशिलाको कान्छा सुपुत्रको रुपमा पाचथरको फिदिम नगरपालिकाको चोकमागुमा जन्मिएका किरात धर्म गुरु तुम्बापो इलामको चुलाचुलीमा बस्दै आएका थिए । महागुरु फाल्गुनन्दको पदमार्गलाई पछयाउदै आएका उनले विभिन्न मुन्धुमहरु मध्ये चम्जिक मुन्धुमका प्रखर मानिन्थे । गत वर्ष श्रीमती गुमाएका किरात धर्म गुरु ‘लाफायोङ्’ देव बहादुर तुम्बापोका १ छोरा १ छोरी रहेका छन् । किरात धर्मगुरु तुम्बापोले किरात धर्म, संस्कृति, संस्कार, भाषा लिपि संरक्षण, विकास र प्रबर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका थिए । यसैबीच नोमान्गेना सेवा संघ र सेवासावा सेवासामा परिचालन समिति इलामले स्वर्गीय किरात धर्म संरक्षक गुरु देब बहादुर तुम्बापोको निधनले मर्माहत भइरहेको यस दुखद घडीमा मान्ग्सेबुंग दर्सन अनलाईन मिडिया तथा बिभिन्न सामाजिक संजालबाट गुरुप्रति श्रद्धान्जली दिने क्रममा किरात धर्म गुरु मुहिगुम अन्ग्सिमांग लिंग्देंन आत्मानन्द सेइन्गको चेला भनि सम्बोधन गरि गुरु लाफयंगको बिषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ क्ष्गुरु आत्मानन्द लिंग्देंन र गुरु लाफयंगको समाजमा आ(आफ्नो स्थान र योगदान रहेको बताउदै यथार्थ कुरालाई स्वीकार नगरी झुटो समाचार सम्प्रेषण गरेर गुरु फल्गुनन्दको मार्ग दर्शनलाई नै पतनको बाटोमा लैजाने कार्य गरिनु अत्यन्तै निन्दनीय भएको समितिका संयोजक मणिकुमार इधिन्गो, फल्गुनन्द नोमान्गेना सेवा संघका महासचिव नाम्लिंग हांग चेम्जोंग र संघका उपाध्यक्ष दिल कुमार आन्ग्देम्बे द्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ क्ष्बिज्ञप्तिमा उल्लेख भए अनुसार वास्तबमा गुरु लाफयंग को जन्म बि।स। २००१ साल मंगसिर १० गते भएको र गुरु आत्मनन्दको जन्म बि।स। २०११ साल मंगसिर १८ गते भएको हो क्ष्त्यसैले गुरु आत्मनन्द जन्मदा गुरु लाफयंगले दशौ बसन्त पार गरिसक्नु भएको थियो र उहाले १३ बर्षको उमेरमा सानो गुरु बद्रिनन्द बाट दीक्षा लिएर गुफा समाधिमा बस्नुभएको कुरा जगजाहेर छ क्ष्गुरु लाफयंग ले सत्यहांगमा को दीक्षा लिएको समयमा गुरु आत्मानन्द अढाईरतिन बर्षको नावालक हुनुहुन्थ्यो र उहाले सत्यहांग मा दीक्षा सम्भवत लिनु भएकै थिएन क्ष्त्यसैले गुरु लाफयंग लाई निराधार रुपमा गुरु आत्मनन्दको चेला भनेर सम्बोधन गरिनुले गुरु फल्गुनन्दका सम्पूर्ण अनुयायी सत्यहांगमा पन्थिहरु बिचको सदभावमा खलल पुर्याउने र स्वयम् गुरु आत्मनन्दको प्रतिष्ठामाथि नै आच आउने तथा सत्यहांगमा पन्थका अनुयायीहरूमा गलत सन्देस जाने र सत्यहांगमा पन्थीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक हुने भएकाले उक्त समाचारलाई सच्याएर पुनस् सम्प्रेषण गरिदिन र भविष्यमा यस्तो निन्दनीय कार्य नदोहोर्याउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ 

भोजपुरमा एकै परिवारक ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ ...

मोवाइल अनुगमन: भएन प ...

धरान/ व्यवसायिक फर्महरुमा सम्बन्धित निकायले जतिपटक ...

सरकारकै कारण सार्वजन ...

विर्तामोड/सार्वजनिक यातायातमा एक कन्चो लगानी नगरेको सरक ...

आज हरिशयनी एकादशीः च ...

धरान/आज हिन्दू धर्मावलम्बीहरूले आस्था र श्रद्धापूर्वक ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved