सुनसरीको लौकहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • कार्तिक १६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई प्रहरीले शंका लागेर जाँच गर्दा शरीरका गोप्य भागमा लुकाएर ल्याएको ब्राउन सुगर फेला परेको हो।

कात्तिक १६ गते साँझ ५ः३० बजे जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही र कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट कुकुरसहित खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ३१ वर्षीय बद्री स्याङ्बो तामाङ र पाँचथरको याङवरक गाउँपालिका–१ की २१ वर्षीया निस्मा राई रहेका छन्।

शरीर जाँच गर्ने क्रममा निस्मा राईले गोप्य अंगभित्र लुकाएर ल्याएको ११ ग्राम १३ मिलिग्राम र बद्री स्याङ्बो तामाङले मलद्वारमा लुकाएर ल्याएको ६ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लक तोडेर मोटरसाइकल ...

वीरगञ्ज/ पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडेर ...

मलद्वारभित्र लुकाएर ...

धरान/ सुनसरीको इनरुवामा मलद्वारभित्र लागूऔषध लुकाएर ल्य ...

धरानमा गाँजासहित ५ ज ...

धरान/  सुनसरीको धरान–२० च्यानडाँडामा गा ...

सुनसरीमा च्याउ खेतीब ...

सुनसरी/ वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्या ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved