लक तोडेर मोटरसाइकल लैजाँदै गर्दा एक युवक पक्राउ

  • कार्तिक १६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वीरगञ्ज/ पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडेर डोर्‍याउँदै भाग्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोड सडकखण्डबाट प्रहरीले बाराको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरञ्ज महानगरपालिका–२४ रामगढवाका ३० वर्षीय विकास कुमार कुशवाहाको नाममा दर्ता रहेको मधेस प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो पल्सर मोटरसाइकल सडकछेउमा पार्किङ गरी राखिएको थियो ।

आज बिहान करिब ९ः३० बजे उक्त मोटरसाइकलको लक तोडेर डोर्‍याउँदै भागिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान बढाइएको छ ।

सुनसरीको लौकहीमा ब्र ...

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन् ...

मलद्वारभित्र लुकाएर ...

धरान/ सुनसरीको इनरुवामा मलद्वारभित्र लागूऔषध लुकाएर ल्य ...

धरानमा गाँजासहित ५ ज ...

धरान/  सुनसरीको धरान–२० च्यानडाँडामा गा ...

सुनसरीमा च्याउ खेतीब ...

सुनसरी/ वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्या ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved