दमकमा भारतीय नक्कली नोटसहित दुई जना पक्राउ

  • असोज १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

दमक/ झापाको दमकमा भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

बुधबार साँझ करिब ५ बजे दमक नगरपालिका–६ स्थित देवकोटा चोकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शंकास्पद अवस्थामा भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको किसनगन्ज जिल्ला, खनियाबाद–३ फतेपुरका २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलम रहेका छन्।

प्रहरीले उनीहरूको शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा माजिदको साथबाट भारतीय ५०० रुपैयाँ दरका ७० थान नोट फेला पारेको थियो।

बरामद नोटको नम्बरमध्ये अधिकांश दोहोरिएको पाइएपछि प्रहरीले नक्कली नोटको आशंकामा परीक्षणका लागि नेपाल राष्ट्र बैंक, विराटनगर पठाएको थियो।

परीक्षणपछि बरामद भएका सबै ७० थान भारतीय नोट नक्कली रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

पत्रकार गोविन्द बस्न ...

धरान/ धरान खेलकुद मञ्चले आयोजना गरेको तेस्रो धरान ...

सुनसरीमा सडक किनारमा ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ ...

लागुऔषधसहित सुनसरीम ...

इनरुवा/  सुनसरीको सीमावर्ती कोशी गाउँपालिका क्षेत् ...

युएन–नवोदय कलेजमा नव ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन&ndash ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved