बिहानै इटहरीतर्फ जाँदै गरेको मोटरसाइकल डिभाइडरमा ठोक्कियो, २९ वर्षीय अनिल राईको मृत्यु

  • असोज २, २०८३
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/ सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् ।

कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्पनजिक शुक्रबार बिहान करिब ४ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पानी परिरहेका बेला उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो ।

दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय मोटरसाइकल चालक अनिल राई गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि सुरुमा सामुदायिक अस्पताल इटहरी लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल रेफर गरिएको थियो ।

विराट शिक्षण अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले राईलाई बिहान ५ः२० बजे मृत घोषणा गरेको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भिरगाउँकै २६ वर्षीय सन्दीप राई घाइते भएका छन् । उनको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पानी परिरहेका कारण सडक चिप्लो हुँदा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

भोटेकोशी बाढीपीडित ब ...

धरान/  भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभ ...

मोडर्न प्रिपरेटोरी स ...

इटहरी/ इटहरी ६ मा अवस्थित  मोडर्न प्रिपरेटोरी स्कु ...

ड्युटीमा रहेका प्रहर ...

धरान/ सुनसरीको धरानमा ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँ ...

बाँदर खेदाउँदै गर्दा ...

सुनसरी/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved