इटहरी/ इटहरी ६ मा अवस्थित मोडर्न प्रिपरेटोरी स्कुलमा ६२औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
मोडर्न बाल क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले वक्तृत्वकला, नृत्य, नाटक, कविता, गीत तथा सांस्कृतिक फेसन शो लगायतका विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले बालबालिकासँग सम्बन्धित विभिन्न विषयमा सामाजिक सचेतना जगाउने गीत तथा नृत्य प्रस्तुत गरेका थिए। विशेषगरी मोबाइल फोनको दुरुपयोग तथा यसको लतका विषयमा विद्यार्थीहरूले प्रस्तुत गरेको नाटकले प्रविधिको सही प्रयोग र बालबालिकामा यसको प्रभावबारे सन्देश दिएको थियो
त्यस्तै, कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा र सिर्जनात्मक क्षमता प्रस्तुत गर्दै विविध सांस्कृतिक कार्यक्रममार्फत बाल दिवसलाई थप उत्साहपूर्ण बनाएका थिए।
मोडर्न बाल क्लबको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता कक्षा ९ की छात्रा प्रशिका निरौलाले गरेकी थिइन्।
बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनात्मकता विकास तथा सामाजिक विषयप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।