किताबी पढाइसँगै सेवाभाव सिकाउँदै हिबिस्कसका विद्यार्थी मन्दिर सरसफाइमा

  • भदौ ३०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलअन्तर्गतको हिबिस्कस बाल क्लबले विद्यार्थीलाई पढाइसँगै सामाजिक सेवामा जोड्ने उद्देश्यले मन्दिर परिसरमा सरसफाइ कार्यक्रम  गरेको छ।

बाल क्लबले आफ्नो मासिक सरसफाइ अभियानअन्तर्गत मंगलबार धरान–८ स्थित शनि मन्दिर र विश्वकर्मा मन्दिर परिसरमा सरसफाइ गरेको हो।

यसअघि क्लबले सडक क्षेत्रलगायत विभिन्न स्थानमा नियमित रूपमा सरसफाइ गर्दै आएको विद्यालयले जनाएको छ।

आगामी बिहीबार असोज १ गते विश्वकर्मा पूजा हुने भएकाले उक्त मन्दिरमा भक्तजनको अत्यधिक भीड हुने भएकाले पनि पूजा अगावै मन्दिर क्षेत्र सफा गरिएको विद्यालयका निर्देशक गंगराम कुलुङ राईले बताए।

विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सामाजिक कार्यमा सहभागी गराउँदै सामाजिकरण र सेवाभावको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राईले बताए।

हिबिस्कस बाल क्लबले सरसफाइसँगै विभिन्न समयमा विद्यार्थीले आफ्नै खाजा खर्चबाट बचाएको रकम संकलन गरी मानवीय सेवाका कार्यसमेत गर्दै आएको छ।

क्लबले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापसमेत सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ।

मोडर्न प्रिपरेटोरी स ...

इटहरी/ इटहरी ६ मा अवस्थित  मोडर्न प्रिपरेटोरी स्कु ...

ड्युटीमा रहेका प्रहर ...

धरान/ सुनसरीको धरानमा ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँ ...

बाँदर खेदाउँदै गर्दा ...

सुनसरी/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका&ndas ...

उपाध्यक्षले मागिन् ४ ...

धरान/  सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved