मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भव्य रूपमा मनाइयो

  • असार २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/विसं २०४९ सालमा स्थापना भई कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल, इटहरी–६ मा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा विद्यार्थी केन्द्रित साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयको कला तथा साहित्य क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले भानुभक्तका कृतिहरूको सस्वर वाचन गर्नुका साथै उहाँको जीवन र नेपाली भाषा–साहित्यमा पुर्‍याउनुभएको योगदानबारे प्रस्तुति दिएका थिए।

क्लबकी अध्यक्ष दृष्टि सिग्देल को सभापतित्वमा सम्पन्न कार्यक्रममा जनता बहुमुखी क्याम्पसकी प्राध्यापक तथा साहित्यकार टीका आत्रेय प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको सञ्चालन कक्षा ७ की छात्रा प्रज्ञा भट्टराई र आभास्न्ना वाग्ले ले आत्मविश्वासका साथ गरेका थिए।

विद्यार्थीहरूले भानुभक्त रामायण को सुन्दरकाण्ड, भक्तमाला, प्रश्नोत्तरमाला, बधूशिक्षा तथा अन्य फुटकर रचनाहरू सस्वर वाचन गरेका थिए। साथै, आदिकवि भानुभक्तको जीवनी र साहित्यिक योगदानबारे पनि प्रकाश पारिएको थियो।

कार्यक्रममा विद्यालयका शिक्षिका इन्दिरा पौडेल र यमुना बिष्ट ले समेत भानुभक्तका कविता वाचन गर्दै कार्यक्रमलाई थप गरिमामय बनाउनुभएको थियो। कार्यक्रमको सम्पूर्ण सञ्चालन र प्रस्तुति विद्यार्थीहरूले नै गरेका थिए।

प्रमुख अतिथि टीका आत्रेय ले यस्ता साहित्यिक कार्यक्रमले विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको माया बढाउनुका साथै अध्ययन, अभिव्यक्ति र सिर्जनशील क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

विद्यालयले सिर्जना गरेको साहित्यिक वातावरण अनुकरणीय रहेको उल्लेख गर्दै उहाँले आफ्ना साहित्यिक अनुभवहरू पनि विद्यार्थीहरूसँग साझा गर्नुभयो।

विद्यालयका प्राचार्य पद्मरज सापकोटा ले विद्यालयले शैक्षिक उपलब्धिसँगै साहित्य, कला, संस्कृति र व्यक्तित्व विकासलाई समान प्राथमिकता दिँदै आएको बताउनुभयो।

यसअघि सिद्धिचरण श्रेष्ठ जयन्ती, बुक टक लगायतका कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन हुने यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र परिस्कृत रूपमा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका अनुसार साहित्यिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूमा भाषा सीप, पठन संस्कृतिको विकास, सार्वजनिक रूपमा बोल्ने क्षमता, नेतृत्वदक्षता, आलोचनात्मक चिन्तन तथा आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ।

यस्ता कार्यक्रमले विद्यालयको सिकाइ वातावरणलाई थप जीवन्त बनाउनुका साथै अभिभावक र समुदायमाझ संस्थाप्रतिको विश्वास बढ्ने, विद्यालयको शैक्षिक गुणस्तर र सामाजिक प्रतिष्ठा सुदृढ हुने तथा समग्र मूल्याङ्कनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

विसं २०४९ सालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलले अतिरिक्त क्रियाकलापलाई शिक्षण–सिकाइको अभिन्न अंगका रूपमा अघि बढाउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।IMG-20260713-WA0034

भानु जयन्तीमा हिबिस् ...

धरान/ आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरम ...

धरानमा पहिलोपटक ‘राज ...

धरान/  धरानमा पहिलोपटक प्रदेशस्तरीय ‘राजभगत ...

कोशी अस्पतालको अतिक् ...

विराटनगर/  विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित ...

सुनसरीमा ब्राउन सुगर ...

धरान/ सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved