सरकार, गणेश नेपालीको हत्यारा हो

  • असार २६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं/ आत्मदाहको निर्मम बाटोे रोज्न बाध्य बनाएकाले सरकार राइडसेर श्रमिक गणेश नेपालीको हत्यारा भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ ।

सरकारका संरचनाहरु जल्लादको भूमिकामा गरिब जनताको हत्यारा रहेको बताएको छ । 

संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात श्रमिक तथा सडकप्रयोगकर्तामाथि ट्राफिक जरिवानाको आतंक, अभद्र व्यवहार, अत्याचार र चरम अपमान कतिसम्म थियो भन्ने उदाहरण नेपालीको आत्मदाहको घटनाले स्पष्ट गरेको बताएकाछन् ।  

शुक्रबार विज्ञप्ती जारी गर्दै गरिखाने श्रमिकलाई आत्मदाहजस्तो निर्मम बाटोे रोज्न बाध्य बनाउने सरकार भएको उल्लेख गर्दै वर्तमान सरकारका संरचनाहरु जल्लादको भूमिकामा रहेको आरोप लगाएका छन् ।

ट्राफिक जरिवानाको नाममा सडकमा आतंक सिर्जना गर्ने, श्रमिकलाई अपराधीकरण गर्ने कार्यहरू अशोभनीय रहेको उल्लेख गर्दै गणेश नेपालीको हृदयविदारक घटनाले देशभरका करिब १३ लाख श्रमिकलाई त्रस्त बनाएको उल्लेख छ ।

संगठनले गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही गरिनुका साथै उनको आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेको छ । त्यस्तै ट्राफिक जरिवाना र दण्डको नाममा गरिने दमनकारी अभ्यास तुरुन्त रोक्न सरकारसंग माग राखेको छ ।

सरकारले जारी गर्न लागेको जरिवाना वृद्धि सहितको सवारी तथा यातायात ऐन २०८३ का श्रमिक प्रतिकूल दफाहरु परिमार्जन गर्नुपर्ने सरकारसंग माग रहेकोछ ।

त्यस्तै सडकमा वर्षौँदेखि भइरहेका राज्य आतंकलाई अन्त्य नगर्ने हो भने गणेश नेपालीको आत्मदाहजस्ता घटनामा बढोत्तरी भई थुप्रै श्रमिकले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना हुने उल्लेख गर्दै सार्वजनिक यातायात सुधारका लागि भौतिक पूर्वाधारको सुधार र श्रमिकमैत्री नीति निर्माण गर्न माग राखेको छ ।

यातायात श्रमिकलाई सडकमा हुने दुव्र्यवहार र अपमानको अन्त्य, सुरक्षित पूर्वाधार, स्वच्छ कार्यस्थल, तथा सामाजिक सुरक्षा सहितको सुरक्षित जीवनको ग्यारेन्टी लगायतका चारबुँदे ध्यानाकर्षण गराएको छ ।

बिहीबार मध्यान्ह त्रिपुरेश्वरस्थित राहदानी विभाग अघि मुगुका २५ वर्षीय गणेश नेपालीको मोटरसाइकलमा नगर प्रहरीले ह्वीललक लगाएर जरिवाना काटेपछि आफ्नो गल्ती नभएको जिकिर गरे ।

घण्टौँ मोटरसाइकल नछाडेपछि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए उनको उपचारको क्रममा शुक्रबार निधन भएको थियो ।

Majdur

युएन नवोदय कलेजका व ...

धरान/सुनसरीको धरान १६ मा अवस्थित युएन नवोदय +२ कलेजले क ...

नागाल्यान्डमा नेपालक ...

धरान/ धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कु ...

‘सीम्याट पास नगरी बि ...

धरान–१६ स्थित यूएन नवोदय कलेज कोशी प्रदेशमै होटल ...

२०८२/८३ को बजेट अन्त ...

काठमाडौँ/ आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तर्गत सरक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved