'सत्ता सुन्दैन' प्रतिपक्ष बोलिरहन्छ'— संसदमा हर्क साम्पाङ

  • असार ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए।

प्रतिपक्ष बोलिरहने, सत्ता पक्ष नसुनी अगाडि बढिरहने गर्न नहुने भन्दै सरकार र संसद दुवै जिम्मेवार बन्नुपर्ने बताए ।

उनले नेताहरूको व्यवहार र नैतिकतामाथि टिप्पणी गर्दै पद र पहिरनले मात्र मानिस जिम्मेवार नबन्ने भन्दै ‘हामी जिम्मेवार बन्नुपर्छ, नैतिकता र जवाफदेहिता आवश्यक छ,’उनले भने।

त्यसैगरी, उनले अर्थ मन्त्रालयसँग सम्बन्धित बजेट कागजात वितरणमा भएको ढिलाइबारे प्रश्न उठाए।

रक्षा मन्त्रालयको बजेट बुक अझै उपलब्ध नभएको भन्दै उनले यो व्यवस्थापनको कमजोरी हो वा नियतगत समस्या भन्नेबारे स्पष्टता माग गरे।

सूचना तथा सञ्चार मन्त्रालयले अघिल्लो दिन सार्वजनिक गरेको ५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ब्रेकडाउनमा पनि उनले असंगति देखिएको दाबी गरे।

उनका अनुसार वास्तविक विवरणमा करिब १ अर्ब ६१ करोड मात्र देखिएको र बाँकी रकम प्रदेश तथा स्थानीय तहमा जाने भनिए पनि स्पष्ट विवरण नदिइएको भन्दै उनले वित्तीय पारदर्शितामा प्रश्न उठाए।

त्यस्तै, उनले भारतको पटनामा नेपाली नागरिकहरूलाई नेटवर्किङको नाममा ठगी गरी बन्धक बनाइएको भन्ने सूचना आएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए। उनले पीडित नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरे।

सांसद राईले वैदेशिक रोजगारीका कारण नेपाली युवा बाध्य भएर विदेशिनु परेको भन्दै देशमै रोजगारी सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved