सुनसरीबाट भन्सार छलीका लत्ता कपडा बरामद

  • चैत ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको देवानगंज गाउँपालिका–४ मुसहरी टोलमा अवैध रूपमा भन्सार छली गरी ल्याइएका लत्ता कपडा प्रहरीले बरामद गरेको छ ।

मंगलबार प्रहरी चौकी कप्तानगंजबाट खटिएको चेकिङ टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेको एक व्यक्ति बोरा फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फालिएको बोरा खोली जाँच गर्दा अन्दाजी ४६ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ता कपडा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामान नियन्त्रणमा लिएर प्रहरी चौकी कप्तानगंजमा राखिएको छ भने आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved