हङकङमा धरानका पत्रकार कार्की सम्मानित

  • चैत २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

हङकङ/  नेपालको धरानबाट प्रकाशित हुने ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित हुनुभएको छ।

गत अप्रिल ५ तारिखका दिन आयोजित पुर्खा दिवसुको आयोजित कार्यक्रममा गोरखा सेमिट्रिज ट्रष्ट हङकङको निमन्त्रणामा हङकङ पुग्नुभएका कार्कीलाई यहाँस्थित दुई क्रियाशील संस्थाहरूले विशेष सम्मान गरेका हुन्।

द नेप्लिज् एशोसिएशन हङकङु र नेपाल क्लव हङकङु द्वारा विहीबार एभेरेष्ट होटलमा आयोजित एक स्वागत तथा भेटघाट समारोहमा सम्पादक कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। पत्रकारिताको माध्यमबाट सामाजिक सेवामा पुर्‍याएको अनवरत योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्।

सम्मान कार्यक्रममा द नेप्लिज् एशोसिएशन हङकङका अध्यक्ष प्रदिप थापा, हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ, पूर्व अध्यक्ष हेम राई, र नेपाल क्लव हङकङकी अध्यक्ष रीता गुरूङलगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

सो अवसरमा बोल्दै हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष हेम राईले पत्रकारिता क्षेत्रले समाजको ऐनाका रूपमा काम गर्ने उल्लेख गर्दै कार्कीलाई पत्रकारितामार्फत समाज परिवर्तनको यात्रालाई निरन्तर जारी राख्न सुझाव र शुभकामना दिनुभयो।

हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष नारद राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा याउ चिम मङ  (Yau Tsim Mong) डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरूङ, समाजसेवी कुलबहादुर गुरूङ, शिक्षासेवी देवराज राई, महासंघका पूर्व अध्यक्ष टङ्क राना, गोरखा सेमिट्रिज ट्रष्टका अध्यक्ष अमोद राईलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रवासको व्यस्त भूमिमा पनि आफ्नै आँगनको सुवास र आत्मीयता महसुस गराउँदै गरिएको यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र सधैं प्रेरणा दिइरहने नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्व सचिवसमेत रहनु भएका कार्कीले बताउनुभयो।

हङकङमा रहेका नेपाली संस्थाहरूको यो प्रेम र सद्भावले प्रवास र स्वदेशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको उहाँले बताउनु भयो ।

पत्रकार कार्की ट्रष्टको निमन्त्रणामा गत अप्रिल ३ तारिक दुई हप्ताका लागि हङकङ आउनु भएको थियो ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved