वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका क्रियासिल रहेक चक्रघट्टी जेसिजले महिला सशक्तिकरण तथा नेतृत्व क्षमता बिषयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।
मङलवार चक्रघट्टी जेसिजले सप्तकोशी बहुमुखि क्याम्पसमा अध्यनरत छात्रा विद्यार्थीहरुलाई उक्त महिला सशक्तिकरण तथा नेतृत्व क्षमता बिषयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखिकरण कार्यक्रमा ३६ जना छात्रा विद्यार्थीहरुको सहभागिता रहेको थियो।
क्याम्पसको सभाहलमा आयोजना भएको कार्यक्रममा नेपाल जेसिज क्षेत्र क तालिम संयोजक लक्ष्मी वराहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख शुशिल कोईराला विशिष्ट अतिथि रहेका थिए । अभिमुखिकरणमा जीवन विज्ञानका प्रशिक्षक तारा गिरी, पुर्व राष्ट्रिय उपाध्यक्ष सुमित्रा भट्टराईले सहजिकरण गरेका थिए ।
चक्रघट्टी जेसिजका अध्यक्ष शरण कुमार लिम्बुको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु, जुनियर जेसिजका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । महासचिव अर्जुन तामाङ (शिशिर) ले कार्यक्रम संचालन गरेका थिए ।