धरान/ वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारविरुद्धको अभियान अन्तर्गत एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले मिति २०८२।१०।०५ गते राति धरान उप–महानगरपालिका वडा नं. २ स्थित ट्याक्सी स्टेण्डबाट धनकुटा नगरपालिका–१ निवासी १८ वर्षीय विशाल भनिने बुद्ध तामाङलाई खानतलासीका क्रममा पक्राउ गरेको हो।
खानतलासीका क्रममा तामाङको साथबाट लागूऔषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १५० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषधसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको छ।
प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाइने जनाएको छ।