धरानसहितको सुनसरी–१ मा एमालेको उम्मेदवार फेरबदल, टीकाराम माङ्लेनलाई टिकट

  • माघ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धरानसहितको सुनसरी क्षेत्र नं. १ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ।

यसअघि उम्मेदवार बनाइने भनिएका सूर्य पान्धाकको स्थानमा टीकाराम माङ्लेनलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।

एमालेको केन्द्रीय निर्णयअनुसार सुनसरी–१ बाट अनेरास्ववियु सुनसरीका पूर्व अध्यक्षसमेत रहेका माङ्लेनलाई टिकट दिइएको हो।

यसअघि सार्वजनिक गरिएको उम्मेदवार सूचीमा सूर्य पान्धाकको नाम रहे पनि अन्तिम समयमा सुनसरी–१ को उम्मेदवारमा हेरफेर गरिएको एमाले स्रोतले जनाएको छ।

धरान उपमहानगरपालिका समेत समेटिएको सुनसरी–१ मा उम्मेदवार परिवर्तन भएपछि स्थानीय राजनीतिक वृत्तमा चासो बढेको छ।

एमालेले निर्वाचनको तयारी तीव्र बनाउँदै उम्मेदवारलाई केन्द्रमा राखेर अभियान अगाडि बढाउने जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved