वराहक्षेत्र चतरामा जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा छलफल

  • पुस २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. २ चतरामा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी एकदिवसीय कार्यशाला सम्पन्न भएको छ।

स्थानीय तहमा नवीन सोच र रचनात्मक योजना प्रयोग गरी छिटो विकासका सम्भावनाहरू, नयाँ व्यवसाय र परियोजनाबारे सहभागीहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यशालाको आयोजना राष्ट्रिय विपद् व्यवस्थापन सञ्जाल नेपाल र महिला सरोकार समाज वराहक्षेत्रले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रम विशेष गरी तमोर करिडोरभित्र पर्ने र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका वडा नं. १ र २ का समुदायलाई केन्द्रमा राखेर सञ्चालन गरिएको महिला सरोकार समाज वराहक्षेत्रकी अध्यक्ष कमला थापाले बताइन्।

कार्यशालासँगै सुरु हुन लागेको परियोजनामा संयुक्त राष्ट्र संघ विकास कार्यक्रम ९युएनडिपी० को सहयोग रहेको छ। सात महिनासम्म सञ्चालन हुने पहिलो चरणका लागि ४२ लाख रुपैयाँ बजेट स्वीकृत भइसकेको अध्यक्ष थापाले जानकारी दिइन्।

परियोजनाअन्तर्गत हात्तीको आतङ्क नियन्त्रण, भू–कटान रोकथाम, कृषि कार्य, वृक्षारोपण लगायत जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीहरू न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने छ। जलवायु अनुकूल वातावरण निर्माण र विपद् जोखिम व्यवस्थापनका उपायहरूको बारेमा पनि सहभागीहरूलाई जानकारी गराइयो।

सोमबार वडा नं. २ को सभाहलमा आयोजित कार्यशालामा राष्ट्रिय विपद् व्यवस्थापन सञ्जाल नेपालका सल्लाहकार तथा योजना निर्देशक रोहितकुमार यादवले सहजीकरण गरे। महिला सरोकार समाज वराहक्षेत्रकी अध्यक्ष कमला थापाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम रहेका थिए भने नेपाल रेडक्रस सोसाइटी वराहक्षेत्रका सभापति तथा वडा नं. २ का पूर्व अध्यक्ष हरिकृष्ण भट्टराई विशिष्ट अतिथि थिए।

कार्यशालामा सामुदायिक वनका पदाधिकारी, वडाका जनप्रतिनिधि, वन कार्यालयका अधिकारी र स्थानीय समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सगरमाथा युवा क्लबका अध्यक्ष युवराज भट्टराईले गरेका थिए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved