पौषे औँसी श्राद्ध मेलालाई सम्मान गर्दै धरानमा शुक्रबार स्थानीय बिदा

  • पुस २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पौषे औँसीको अवसरमा धरान उपमहानगरपालिका–२० मा अवस्थित प्रसिद्ध धार्मिक स्थल बिष्णुपादुका मा यस वर्ष पनि श्राद्ध, तर्पण, पिण्डदान तथा धार्मिक मेला लाग्ने भएको छ।

पितृहरूको स्मरण र उद्धारका लागि औँसीका दिन बिष्णुपादुकामा श्राद्ध गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ, जसका कारण हरेक वर्ष यहाँ श्रद्धालुको उल्लेख्य भीड लाग्ने गर्दछ।

यसै धार्मिक एवं सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै स्थानीय सरकार धरानले ले मिति २०८२/०९/०४ गते (पुस) शुक्रबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले उक्त दिन धरानभित्रका स्थानीय तहका कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा दिने प्रस्ताव पारित गरेको हो।

धार्मिक मान्यताअनुसार भगवान् विष्णुको पादुका रहेको विश्वास गरिने मा पौषे औँसीका दिन श्राद्ध, पूजा तथा पिण्डदान गरे पितृहरू सन्तुष्ट हुने र परिवारमा सुख–शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास छ।

यही विश्वासका कारण सुनसरी, मोरङ, झापा लगायत पूर्वका विभिन्न जिल्लाबाट मात्र होइन, देशका अन्य स्थानबाट समेत श्रद्धालुहरू बिष्णुपादुका आउने गर्दछन्।

औँसीको दिन बिष्णुपादुका क्षेत्रमा धार्मिक कर्मकाण्डसँगै मेला पनि लाग्ने गर्दछ। मेलामा पूजा सामग्री, फलफूल, प्रसाद, धार्मिक सामग्री तथा स्थानीय परिकारका पसलहरू रहनेछन्।

यसले धार्मिक गतिविधिसँगै स्थानीय व्यापार व्यवसायलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।

मेलाको अवसरमा भीड व्यवस्थापन, सुरक्षा, सरसफाइ तथा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाइने उपमहानगरपालिकाले जनाएको छ।

साथै, आयोजक तथा स्थानीयवासीले श्रद्धालुहरूलाई धार्मिक मर्यादा कायम राख्दै सुरक्षित र व्यवस्थित रूपमा श्राद्ध तथा पूजा सम्पन्न गर्न आग्रह गरेका छन्।

पौषे औँसीको दिन बिष्णुपादुकामा लाग्ने श्राद्ध तथा मेला धरानको महत्वपूर्ण धार्मिक, सांस्कृतिक र पहिचानसँग जोडिएको पर्वका रूपमा रहँदै आएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved