पुष ९ गतेदेखि ‘विराट ट्रेड एक्स्पो’ हुदै, ३५ करोडको कारोबार हुने

  • मंसिर २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङ उद्योग ब्यापार संघ विराटनगरको आयोजनामा यसपटकको विराट ट्रेड एक्स्पो २०२५ आगामी पुष ९ गतेदेखी १९ गते सम्म आयोजना हुने भएको छ ।

पुष दोस्रो सातादेखि विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खाली मैदानमा अन्तराष्ट्रिय स्तरिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो हुने भएको हो ।
मोरङ उद्योग व्यापार संघले विराटनगरमा सोमबार पत्रकार सम्मेलनगरी ११ दिन सम्म एक्स्पो हुनेबारे जानकारी गराएको छ ।

यसपटकको एक्स्पोको संयोजक संघका सचिव अमित कुमार सारडालाई तोकिएको छ । यसपटकको एक्स्पो विगतको भन्दा व्यापक रुपमा लगाउने तयारी भईरहेको एक्स्पोको संयोजक अमित कुमार सारडाले पत्रकार सम्मेलनमा जानकारी गराए । एक्स्पोको लागि यसपटक २३० वटा स्टल रहने जनाईएको छ ।

हाल सम्म २६ वटा स्टल विदेशी कम्पनीहरुले बुक गरिसकेको आयोजकले जनाएको छ । एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगहरुका साथै भारत, बंगलादेश, पाकिस्तानका उत्पादित वस्तुहरुका स्टल राखिने जनाइएको छ ।

एक्स्पो सञ्चालनका लागि अढाई करोड खर्च हुने र करिव ३५ करोडको कारोवार हुने बताईएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले विराटनगरमा प्रदर्शनी स्थल नहुँदा समस्या भएको बताए ।

उनले प्रदर्शनी स्थलका लागि विराटनगर महानगरपालिका, प्रदेश सरकार, संघीय सरकारलाई पटक–पटक भनेपनि सुनुवाई हुन नसकेको गुनासो गरे । प्रर्दशनी स्थल नुहँदा हरेक पटक एक्स्पो फरक–फरक स्थानमा आयोजना गर्नु परेको उनले बताए ।

साथै यसपटकको एक्सपोमा दर्शकहरुलाई मनोरन्जन प्रदान गर्न विभिन्न राष्ट्रिय व्याण्ड कुमा सागर, रकहेड्स ईलिमेन्टस, कुटुम्व , स्वप्न सुमन, मेलिना राई लगायत यहाँका स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने भएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved